अहिले बजारमा सिमेन्ट र डन्डीको मूल्य कति छ ?

मन्दीका कारण लामो समयदेखि सिमेन्ट उद्योगीले परल मूल्यमा सिमेन्ट बिक्री गरिरहेका छन्, तर डन्डीको मूल्य भने अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्छ

367B408218B985F-icon.png
27384views
CEFFABC8C94A70F-D32B1260786918E-Dandi-n-Cement.jpg

काठमाडौं । निर्माण क्षेत्र अझै पनि लयमा नफर्किदा निर्माण सामाग्रीको बिक्री बढ्न सकेको छैन । अहिले पनि सिमेन्ट तथा डन्डी उद्योगहरु आधाभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन् ।

बजारमा निर्माण सामाग्रीको माग नबढेपछि मूल्य पनि बढ्न नसकेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले बताए । ‘पहिल्यैदेखि दशैं–तिहारको सिजन भनेको निर्माण सामाग्रीको माग घट्ने समय हो,’ उनले भने, ‘तिहारपछि निर्माण क्षेत्रले गति समात्ला कि भन्‍ने अपेक्षा छ ।’

अहिले सिमेन्ट उद्योगले पीपीसी सिमेन्ट भ्याटसहित प्रतिबोरा ४ सय रुपैयाँ र ओपीसी सिमेन्ट ५ सय रुपैयाँ हाराहारीमा डिलरलाई बिक्री गरिरहेका छन् । ब्रान्डअनुसार मूल्यमा केही तलमाथि हुन सक्छ ।

ढुवानी खर्च र डिलरले राख्‍ने नाफा जोड्दा पीपीसी सिमेन्ट ६ सय र ओपीसी सिमेन्ट ७ सय रुपैयाँको हाराहारीमा उपभोक्ताले पाउँछन् । 

मन्दीका कारण लामो समयदेखि सिमेन्ट उद्योगीले परल मूल्यमा सिमेन्ट बिक्री गरिरहेको व्यवसायीले बताएका छन् । यो बिचमा सिमेन्ट उत्पादक संघले प्रतिबोरा ५० रुपैयाँका दरले मूल्य बढाउने तयारी गरेको थियो । तर, बजारमा माग नै नबढेका कारण संघले मूल्य पनि बढाउन सकेन । 

टिएमटी डन्डीको मूल्य भने अन्तर्राष्ट्रिय बजारसँग निर्भर हुन्छ । डन्डी बनाउने फलाम आयात गर्नुपर्ने भएकोले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य थपघटसँग नेपालको बजार पनि प्रत्यक्ष प्रभावित हुन्छ । तर, सिमेन्ट स्वदेशी कच्चा पदार्थमा आधारित हुँदा अन्तर्राष्ट्रिय बजार मूल्यले प्रभाव पार्दैन ।

अहिले डन्डी उद्योगले कारखानाबाट भ्याटबाहेक ८३ रुपैयाँ प्रतिकिलोका दरले डिलरले डन्डी बिक्री गरिरहेका छन् । यो मूल्य ब्रान्ड हेरिकन पाँच रुपैयाँसम्म तलमाथि हुन सक्छ ।

भ्याट, ढुवानी खर्च र डिलरको नाफासहित सय रुपैयाँभन्दा कम मूल्यमै उपभोक्ताले डन्डी खरिद गर्न पाउने सर्वोत्तम स्टिलका सञ्‍चालक रहेका न्यौपानेले बताए । कतिपय ब्रान्डको मूल्य १०५ रुपैयाँसम्म रहेको छ । खासगरी, हिमाल, हामा, पञ्‍चकन्या लगायत ब्रान्डले पाँचदेखि १० रुपैयाँसम्म बढी मूल्यमा डन्डी बिक्री गर्दै आएका छन् । 

कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा फलामको मूल्य बढ्दा डन्डीको मूल्य प्रतिकिलो १४० रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै फलामको मूल्य घट्दा नेपाली उपभोक्ताले सरदर सय रुपैयाँ हाराहारीमा टिएमटी डन्डी किन्‍न पाउँछन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु