चार अर्बको कजरिया टायल उद्योग ६ महिनाभित्र सञ्चालन, एभरेष्ट बैंकको अगुवाईमा सहवित्तीयकरण हुने

सहवित्तीयकरणमा नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् ।

367B408218B985F-icon.png
4583views
4FBC54D34ACB045-Pic-3.jpg

काठमाडौं । भारतीय कम्पनीसँगको साझेदारीमा स्थापना भइरहेको कजरिया रमेश टायल्स उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । करिव चार अर्ब लगानी हुने उद्योगमा भारतीय कजरीया सेरामिक्स र नेपाली रमेश कर्पको ५०/५० प्रतिशत लगानी हुनेछ ।

वार्षिक ८० लाख वर्गमिटर टायल उत्पादन क्षमता भएको उद्योगमा एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक मिलेर ऋण लगानी गर्ने भएका छन् । सहवित्तीयकरणमा नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकले लगानी गर्ने भएका हुन् । 

उद्योगमा लगानी सम्बन्धी सम्झौतापत्रमा एभरेष्ट बैंकका सिइओ सुदेश खालिङ र रमेश कर्पका तर्फबाट उपाध्यक्ष रोहित गुप्ताले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा सहवित्तीयकरणका अन्य सदस्य बैंकका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

नेपाललाई टायल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टमा बैंकहरुले तीन अर्ब कर्जा लगानी गर्नेछन् भने बाँकी सञ्चालकको इक्विटी रहनेछ । 

नेपालमा आधुनिक उपकरण प्रयोग गरी गुणस्तरीय टायल तथा सेरामिक्सका अन्य उत्पादन अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय हुने कम्पनीको दाबी छ । 

नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाइल्सले नेपालमा टाइल उत्पादनका लागि ग्रिनफिल्ड परियोजना सुरु गरेको हो ।

नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख वर्गमिटरको उत्पादन क्षमता भएको नेपालको सबैभन्दा ठूलो टायल उद्योग हुने कम्पनीको दाबी छ । 

यस उद्योगले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

FA49705C9BCA0DB-DdHL_LqAjj0Ou8JW_yV5FKksCOW.jpg

काठमाडौं, दोलखा, झापादेखि नेपालगञ्‍जसम्म ५२ ठाउँका घरजग्गा बिक्री गर्दै नबिल बैंक

D490492BFB00BBD-sanchaya kosh.jpg

सञ्चय कोषबाट घर सापटी कर्जा कसरी लिने ? यस्तो छ ब्याजदर