सञ्चय कोषबाट घर सापटी कर्जा कसरी लिने ? यस्तो छ ब्याजदर

सञ्चय कोषको कर्जाको ब्याजदर अरु बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

367B408218B985F-icon.png
39105views
D490492BFB00BBD-sanchaya kosh.jpg

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई आवासको व्यवस्था गर्न घर सापटी कर्जा दिँदै आएको छ । कोषले ०८० भदौदेखि ‘सञ्चयकर्ता घर सापटी कर्जा’ दिन सुरुवात गरेको हो । 

तर, घर सापटी कर्जा लिनका लागि सञ्चय कोषको सञ्चयकर्ता हुनैपर्छ । सञ्चयकर्ताले घर बनाउन सञ्चय कोषले दिने घर सापटी कर्जा सबैभन्दा उपयुक्त हुन सक्छ । 

सञ्चय कोषको कर्जाको ब्याजदर अरु बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

कर्जाको ब्याजदर

कोषले ब्याजदर आर्थिक वर्ष ०८०/८१ का लागि विशेष सापटी कर्जाको ब्याजदर ८.६० प्रतिशतदेखि ९.७५ प्रतिशतसम्म कायम गरेको छ । 

विशेष सापटीतर्फ सञ्चय कोष रकमको ८० प्रतिशतसम्म कर्जा लिन पाइन्छ, जसको ब्याजदर सबैभन्दा सस्तो ८.६० प्रतिशत रहेको छ । 

घर सापटी कर्जा र जग्गा खरिद सापटी कर्जा अधिकतम एक करोड रुपैयाँसम्म लिन पाइन्छ, जसको ब्याजदर ९.२५ प्रतिशत रहेको छ । घर मर्मत सापटी २५ लाखसम्म लिन पाइन्छ । यो कर्जाको ब्याजदर ९.२५ प्रतिशत रहेको छ । 

यस्तै, शैक्षिक सापटी १० देखि २५ लाख रुपैयाँसम्म ९.२५ प्रतिशत ब्याजदरमा र सरल चक्रकर्जा ३० लाखसम्म ९.२५ प्रतिशत ब्याजदर रहेको छ ।

घर सापटी कर्जा लिने प्रकृया

सञ्चय कोषले नयाँ घर निर्माण गर्न, घरको तला थप गर्न र घर खरिद गर्न कर्जा सापटी दिने गर्छ ।  

योग्यता: 

एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्ष सेवा बाँकी रहेको 
 
सीमा:  

धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा रु. १ करोड: 

  • २-५ बर्ष सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा ८ बर्षको तलबमान । 
  • ५-१० बर्ष ‍‍‍ सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ बर्षको तलबमान 
  • १० बर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ बर्षको तलबमान 

 
अवधि:

ग्रेश अवधि सहित अधिकतम २० बर्ष 
 
सापटी प्रवाह:

कम्तीमा २ किस्ता र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा अधिकतम ४ किस्ता, प्रथम किस्ता ५० प्रतिशत सम्म हुने, तर घर खरिदको हकमा एकमुष्ठ प्रदान गरिने ।
 
सापटी प्रवाह:

डिपीसीको कार्य सम्पन्न भए पछि मात्र प्रवाह हुने, एउटै धितोले खामे सम्म पती पत्नी दुबै जनाको तलबमानबाट सापटी दिन सकिने

आवश्यक कागजातहरु

  • कोषको परिचयपत्र 
  • सम्बन्धित कार्यालयको सिफारिस सहितको दरखास्त फाराम
  • जग्गाको लालपूर्जा 
  • स्वामित्व प्राप्ति लिखत 
  • जग्गाको नापी नक्सा र नापी शाखाबाट प्रमाणाित ट्रेस पेपर
  • घर निर्माणको इजाजतपत्र 
  • जग्गा धनी तथा ऋणीको नागरिकता र नाता प्रमाणित पत्र 
  • चार किल्ला ( ९सक्कल पत्र)
  • नापी नक्सा  ( ९सक्कल)
  • चालु आवको मालपोत तिरेको रसिद
  • सम्बन्धित कार्यलयबाट अवकाश हुने मिति र तलवमान खुलेको पत्र
  • घर खरिदकर्ता र बिक्रिकर्ताको सम्झौता (घर खरिदको लागि मात्र)
  • ५० लाख भन्दा बढीको लागि स्वःघोषणा पत्र

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

4FBC54D34ACB045-Pic-3.jpg

चार अर्बको कजरिया टायल उद्योग ६ महिनाभित्र सञ्चालन, एभरेष्ट बैंकको अगुवाईमा सहवित्तीयकरण हुने

34C735EF4D88A54-CA74C300722FBF8-Black-List-Final-Photo.jpg

धितो लिलामीमा बैंकहरु आक्रमक, २ हजार ऋणी कालोसूचिमा