दुबईमा अल्ट्रा–लक्जरी पेन्टहाउस सबैभन्दा महंगो कीर्तिमानसहित १८ अर्ब १२ करोडमा बिक्री

दुबईमा अल्ट्रा–लक्जरी सेगमेन्टका प्रोपर्टी निर्माण तथा खरिद–बिक्रीमा एकपछि अर्को रोकर्ड ब्रेकिङ सम्झौताहरु हुँदै आइरहेका छन् ।

367B408218B985F-icon.png
1222views
BCD55B14FC55BAE-Como-Residences-Penthouse-by-Nakheel-_18bd80c6056_large.jpg

दुबई । दुबईमा अल्ट्रा–लक्जरी पेन्टहाउस ५०० मिलियन दिराम अर्थात् १८ अर्ब १२ करोड रुपैयाँमा बिक्री भएको छ ।

दुबई भूमि विभागको रेडर्कअनुसार पाम जुमेराहको मुटुमा अवस्थित नखिलको कोमो रेसिडेन्सेस पेन्टहाउसले दुबईमा बिक्री भएको सबैभन्दा महंगो पेन्टहाउसको उपाधि प्राप्त गरेको छ । 

विश्‍व कै फास्ट ग्रोइङ सिटी दुबईमा अल्ट्रा–लक्जरी प्रोपर्टीहरुको माग निरन्तर बढ्दै गइरहेको छ । दुबईमा अल्ट्रा–लक्जरी सेगमेन्टका प्रोपर्टी निर्माण तथा खरिद–बिक्रीमा एकपछि अर्को रोकर्ड ब्रेकिङ सम्झौताहरु हुँदै आइरहेका छन् ।

दुबईका कोमो रेसिडेन्सेस पेन्टहाउस संसारमा बनाइएको र बिक्री गरिएको तेस्रो सबैभन्दा महंगो पेन्टहाउस बनेको छ । 

सबैभन्दा महंगो पेन्टहाउसका रुपमा मोनाकोको ओडियन टावर पेन्टहाउस शीर्ष स्थानमा छ, जसको मूल्य ४४० अमेरिकी डलर (५८ अर्ब ५८ करोड रुपैयाँ) रहेको छ । दोस्रो शीर्ष स्थानमा वन हाइड पार्क लन्डनको पेन्टहाउस डी रहेको छ, जसको मूल्य २३७ मिलियन डलर अर्थात् ३१ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।

दुबईको कोमो पेन्टहाउस २१ हजार ९४९ वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ पाँचवटा विलासी बेडरुम रहेका छन् । यो विलासी जीवनको प्रतीक हो ।

यसको सावधानीपूर्वक डिजाइन गरिएको इन्टेरियरले समकालीन सौन्दर्यशास्त्र र कालातीन परिस्कारको फ्युजन देखाउँछ ।

यस अपार्टमेन्टमा गोपनीयता र सुरक्षामा ध्यान दिँदै प्राइभेट लिफ्टको व्यवस्था गरिएको छ । पेन्टहाउस एक अत्याधुनिक होम अटोमेसन प्रणालीले सुसज्जित छ, जसले परिवारका सदस्यहरुलाई विलासी आवासको अनुभूति दिलाउँछ ।

सायद कोमो रेसिडेन्सेस पेन्टहाउसको सबैभन्दा उल्लेखनिय विशेषता दुबई स्काइलाइनको विश्मयकारी दृश्य हो ।

अपार्टमेन्टमा राखिएका विशाल झ्यालहरुले एक लुभावनी परिदृश्य प्रदान गर्छ । आवासका बासिन्दाहरुलाई अरबी खाडीको चम्किलो पानीदेखि प्रतिष्ठित गगनचुम्बी भवनहरुसम्म शहरको दृश्यको सौन्दर्यमा डुब्न अवसर दिन्छ ।

सन् २०२७ को तेस्रो त्रैमाससम्म निर्माण सम्पन्‍न हुने अनुमान गरिएको कोमो रेसिडेन्सेस पेन्टहाउस दुबईमा विलासी जीवनको लागि नयाँ मानक (बेञ्‍जमार्क) सेट गर्न तयार छ ।

सको आइकोनिक स्टाटसले अत्यन्तै परिस्किृत विलासी जीवनशैली खोज्‍न‍े धनाढ्य परिवारलाई आकर्षित गर्ने छ ।

‘कोमो रेसिडेन्सेस पेन्टहाउस केवल निवास मात्र होइन, यो एउटा परम विलासिता र विशिष्टताको समिश्रण हो, यसको बिक्री दुबई रियल इस्टेट परिदृश्यमा एक ऐतिहासिक क्षण हो, जसले आफ्नो स्थानलाई आगामी पुस्ताहरुका लागि समृद्धिको स्थायी प्रतीकको रुपमा बलियो बनाउँछ’ प्रोभिडेन्ट इस्टेटका एशोसियट पार्टनर साम होरानीले भने । -एजेन्सी

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन