महिनैपिच्छे घट्दै ब्याजदर, अब बढ्ला कर्जा ?

मंसिरमा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती बचततर्फ सबैभन्दा बढी ब्याजदर १०.६ प्रतिशत र सबैभन्दा कम ८.९६ प्रतिशत कायम गरिएको छ ।

367B408218B985F-icon.png
1122views
D0EE95DCC7C8458-BankSketch_20220502160413.jpg

काठमाडौं । निक्षेपको ब्याजदर घट्न थालेपछि बैंकको कर्जा पनि सस्तिन थालेको छ । वाणिज्य बैंकहरुले महिनैपिच्छे बचतको ब्याजदर घटाउन थालेका छन् ।

मंसिरमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती बचततर्फ औषत ब्याजदर एकल बिन्दूमा झरेको छ । मंसिरमा औषत व्याजदर ९.७१ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागत निक्षेपको पनि ब्याजदर घटेर ७.५४ प्रतिशत कायम भएको छ ।

मंसिर महिनाका लागि बैंकहरुले बिहीबार नयाँ ब्याजदर प्रकाशित गरेका छन्, जसमा १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती बचतको ब्याजदर घटाएका छन् भने ६ बैंकको स्थिर र दुई बैंकको ब्याजदर बढेको छ । 

कुल २० वाणिज्य बैंकमध्ये १३ बैंकले संस्थागत बचतको ब्याजदर घटाएको देखिन्छ ।

अहिले व्यक्तिगत मुद्दती बचततर्फ बैंकको सबैभन्दा बढी ब्याजदर १०.६ प्रतिशत र सबैभन्दा कम ८.९६ प्रतिशत कायम भएको छ । 

हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसबिआइ बैंक र माछापुच्छे बैंकको ब्याजदर सबैभन्दा धेरै १०.६ प्रतिशत कायम छ । कुमारी बैंक, सनराइज बैंक र प्राइम कमर्सियल बैंकको ब्याजदर पनि १० प्रतिशतभन्दा माथि नै छ ।

सबैभन्दा कम ब्याजदर एनआइसी एसिया बैंकले तोकेको छ, जसले व्यक्तिगत मुद्दती बचतमा ८.९६ प्रतिशतमात्रै ब्याज दिने भएको छ । नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, प्रभु बैंक, एभरेष्ट बैंकले ९ प्रतिशत ब्याजदर तोकेका छन् ।

एकल बिन्दू ब्याजदर तोक्नेमा एनएमबि बैंक (९.७६%), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (९.५१%), ग्लोबल आइएमई बैंक (९.६%), कृषि विकास बैंक (९.५१%), नेपाल बैंक (९.२२%), सिटिजन्स बैंक (९.९५%), सिद्धार्थ बैंक (९.९९%) ब्याजदर तोकेका छन् ।

बैंकमा पर्याप्त लगानीयोग्य रकम बढ्दै गएपछि बैंकले असोजयता बचको ब्याजदर घटाउँदै लगेका छन् । बचतको ब्याजदर घटेपछि कर्जाको ब्याजदर पनि घट्न थालेको छ ।

बचतको ब्याजदर बढ्दा बैंकको लागत बढ्ने हुँदा आधारदर (बेसरेट) पनि बढ्न गइ कर्जाको ब्याजदर बढ्न जान्छ । बचतको ब्याजदर घट्दा लागत पनि घट्ने हुनाले बैंकको आधार दर घट्न गई कर्जाको ब्याजदर पनि घट्ने हुन्छ ।

बैंकले आधार दरमा निश्‍चित प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोक्ने गर्छन् । पछिल्लो समय घरजग्गा कर्जाकै ब्याजदर ११ प्रतिशत बिन्दूमा झर्न थालिसकेको छ । बैंकले कर्जाको ब्याजदर घटाएपछि कर्जा लगानी पनि बढ्दै जाने अनुमान गर्न सकिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो