कात्तिकमा बिदैबिदा पर्दा घरजग्गा कारोबार प्रभावित, १५ दिनमा २६ हजार लिखत पारित

घरजग्गा कारोबार घटेपछि राजश्व असुली पनि प्रभावित भएको छ । कार्तिकमा देशभरीबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

367B408218B985F-icon.png
377views
0E42CB17CE284F9-BF4F6DDD67FB03E-BF54A001C3657E0-2C53261CDEEE605-9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । दशैं तिहारमा लामो समय बिदा हुँदा कार्तिक महिनाको घरजग्गा कारोबार प्रभावित भएको छ ।

दशैं, तिहार र शनिबार गरी १५ दिनसम्म मालपोत कार्यालयहरु बन्द हुँदा देशभरी २६ हजार ४६ घरजग्गाको लिखत पारित भएको छ । जबकी, अशोजमा ३९ हजार ७९३ घरजग्गाको कारोबार (लिखत पारित) भएको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

घरजग्गा कारोबार घटेपछि राजश्‍व असुली पनि प्रभावित भएको छ । कार्तिकमा देशभरीबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजश्‍व संकलन भएको छ । असोजमा ४ अर्ब ४३ करोड रुपैयाँ राजश्‍व संकलन भएको थियो ।

काठमाडौंमा दुई हजार लिखत पारित

काठमाडौंका तीन जिल्लामा रहेका नौ मालपोत कार्यालयबाट कार्तिकमा दुई हजार २० घरजग्गाको लिखत पारित भएको छ, जसका लगनखेलबाट ५०३, गोटिखेलबाट १०, भक्तपुरबाट ४६२, डिल्लीबजारबाट ११७, चावहिलबाट २६७, कलंकीबाट ३७१, साँखुबाट २०१, टोखाबाट ८९ लिखत पारित भएको छ । मनमैंजु मालपोतबाट कार्तिकमा एउटा पनि घरजग्गाको लिखत पारित भएको देखिदैन ।

सबैभन्दा धेरै इनरुवामा

कार्तिकमा पनि सबैभन्दा धेरै घरजग्गाको लिखत पारित (११८२) सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको छ । जनकपुर मालपोत कार्यालयबाट ११ सय ७, झापाको भद्रपुरबाट १ हजार ११, राजविराजबाट ८९५, बेलवारीबाट ७५५, मलंगवामा ६५२, सिरहामा ६३८, धनगढीमा ६३१, जलेश्‍वरमा ६२८, पर्सा कार्यालयबाट ६०६ घरजग्गाको लिखत पारित भएको छ ।
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F3BEEF298868AC7-IMG_2722.jpeg

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

F901A478E957F68-171696992_4213326522033978_614425562646410382_n.jpg

माघमा घरजग्गा किनबेच जेठयताकै उच्च, एक महिनामा ५१ हजार लिखत पारित

98E7069EBE1207D-20210116075823_Clipboard44.jpg

राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना