देशको पहिलो केबुलकार २६ वर्षमा, लक्जरी रिसोर्ट निर्माण हुँदै

मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्ट निर्माण भइरहेको छ, जहाँ ४० कोठा, स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ

367B408218B985F-icon.png
785views
73C60280F2BF434-manakamana20car-hotel_CxtXCEUx57_5s6n6uj80iq94epps2zw8mupqqmmeiqtesz2dn5ckwk0whs4rprz6ony6lfp_mRfwVIA6Fn_a5dvuxl2hpm11a9jivmsiemzfk0azll886m78s7c9h9rfopuwxppvq6pk6eo.jpg

काठमाडौं । देशकै पहिलो मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । मनकामना दर्शनले आगामी दिनमा अझ स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ ।

कम्पनीले माता मनकामनाको असीम अनुकम्पा र यात्रुजनको स्‍नेहले मनकामना केबुलकार सेवा यातायातको क्षेत्रमा विशिष्ट इतिहास रच्‍न सफल भएको बताएको छ । केबुलकारले हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मनकामना र वरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन अतुलनीय योगदान गरेको छ । 

केबुलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्‍वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यको रुपमा स्थापित भएको छ । ०५४ माघ अन्तिम साता निर्माण सुरु भइ ८ मंसिर ०५५ देखि केबुलकारबाट व्यावसायिक सेवा सुरु गरेको हो । 

देशमा सशस्त्र द्वन्द्व चलिरहेको बेला अनेकौं चुनौतीको सामना गर्दै ठूलो लगानीमा केबुलकार सेवा सञ्‍चालन गरेर कम्पनीले ठूला लगानीकर्ता एवं उद्यमी व्यवसायीमा उत्साह जगाउने काम गरेको थियो । मनकामना केबुलकारको थालनीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको सन्देश पनि प्रवाह गरेको थियो । 

सुरुका २/४ वर्ष अपेक्षाअनुरुप यात्रु नआए पनि अविचलित सेवालाई निरन्तरता दिएको थियो । मनकामना केबुलकारमा नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंक ऋण लगानी गरेका थिए ।

सेवा सुरु गरेको ६ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य रहेकोमा तत्कालीन विषम परिस्थितिका कारण ऋण चुक्ता गरिसक्न ७ वर्ष लागेको थियो । 

डिजिटल प्रविधिमा स्तरोन्‍नती

२५ वर्षको दौरानमा कम्पनीले केबुलकारको एनालग प्रविधिलाई नयाँ डिजिटल प्रणालीमा स्तरोन्‍नति गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी गराए ।

अस्ट्रियाको डोपलमेयर कम्पनीको डी–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्‍नति गर्ने काम सन् २०२१ मै सम्पन्‍न गरिसकेको कम्पनीले बाँकी काम आगामी सन् २०२४ को असोजसम्म सम्पन्‍न गर्ने लक्ष्य लिएको छ । सोको लागि आवश्यक केही उपकरण आयात भइसकेको छ । 

अबको चरणमा नियन्त्रण प्रणाली, सञ्‍चार केबुलका साथै केबुलकारलाई केबुलको लठ्ठा फेरेर पहिलेकै जस्तो नयाँ र स्तरीय प्रविधिको स्वरुपमा सञ्‍चालन हुनेछ । केबुलकार स्तरोन्‍नति गर्न करिब ४५ करोड रुपैयाँ लगानी हुनेछ । 

सुविधा सम्पन्‍न रिसोर्ट बन्दै

सन् २०२५ को सुरुबाटै सञ्‍चालन गर्ने गरी मनकामनामा केबुलकार हाताभित्र सुविधा सम्पन्‍न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । 

रिसोर्टस् बाई मनकामना केबुलकार प्रालिको नामबाट सञ्‍चालन हुने उक्त रिसोर्टमा करिब ५५ करोड रुपैयाँ हुने श्रेष्ठले बताए । रिसोर्ट सञ्‍चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने पनि उनको भनाई छ । 

मनकामना केबुलकारले सुरुआती वर्षमा २–३ लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ । 
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

53324A64B963E2C-461571337_1266715284762377_1108941673971643723_n.jpg

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

78A57F8F3998008-barpak-1728265672.jpg

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर