सस्तिन थाल्यो बैंकको कर्जा, साढे १० प्रतिशत स्थिर ब्याजमा घरकर्जा

यसअघि बैंकमा तरलता अभाव भएर घरकर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तैपनि बैंकबाट कर्जा पाउनु भनेको भगवान भेट्याउनु सरह थियो ।

367B408218B985F-icon.png
2162views
7C572C1665AB84D-fixed_rate_home_loans.original.png

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि कर्जाको ब्याजदर घट्न थालेको छ । मुद्दती बचतको ब्याजदर एकल बिन्दूमा झर्न थालेपछि कर्जा पनि सस्तिन थालेको हो ।

अहिले बैंकहरु कम ब्याजदर राखेर कर्जाका स्किम ल्याउन प्रतिस्पर्धा गर्न थालेका छन् । बैंकले १० प्रतिशतको लाइनमा फिक्स रेट (स्थिर ब्याजदर)को घरकर्जाका स्किम सार्वजनिक गरिरहेका छन् । 

जबकी, यसअघि बैंकमा तरलता अभाव भएर घरकर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । तैपनि बैंकबाट कर्जा पाउनु भनेको भगवान भेट्याउनु सरह थियो । अहिले बैंकले बचत थुप्रिन थालेपछि ग्राहकलाई फोन गरेरै कर्जा लिइदिन आग्रह गर्न थालेको बताइन्छ ।

निजी क्षेत्रको अग्रणी नबिल बैंकले स्थिर ब्याजदरको ‘नबिल सस्टेनेवल हाउजिङ लोन’ स्किम ल्याएको छ । १०.४९ प्रतिशत स्थिर ब्याजदर तोकिएको यो कर्जा सात वर्षसम्मका लागि पाइने छ । 

तर, यो कर्जा लिनका लागि केही शर्तहरु पालना गर्नुपर्ने हुन्छ । इको फ्रेन्ड्ली सुविधाहरु वाटर हार्भेस्टिङ, वाटर म्यानेजमेन्ट, उर्जा किफायती सामाग्रीको प्रयोज, वैकल्पिक उर्जाको प्रयोग, अन्डरग्राउन्ड एयर कन्डिसन सिष्टम जडान गरेका घरलाई कर्जा उपलब्ध गराउने जनाएको छ ।

यस्तै, निजी क्षेत्रकै ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थिर ब्याजदर घरकर्जा स्किम ल्याएको छ । यो कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको तीन दिनमै स्वीकृत गर्ने बैंकले जनाएको छ ।

एनमबि बैंकले स्थिर ब्याजदरको ‘शुलभ घरकर्जा’ स्किम सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर (फिक्स रेट) को घरकर्जा योजना ल्याएको हो । 

‘हुनेछ सुरुवात समृृद्ध भविष्यको, जब बन्छ घर आफ्नै सपनाको’ भन्‍ने नारासहित बैंकले सस्तो ब्याजदरको घरकर्जा योजना ल्याएको जनाएको छ । 

बैंकले ल्याएका सुलभ ब्याजदरका कर्जा स्किमले घर खरिद गर्न वा निर्माण गर्ने योजनामा रहेका ग्राहकहरु लाभान्वित हुनेछन् । यो स्किम अन्तर्गत घरकर्जा लिँदा बजारमा जतिसुकै उतारचढाव आएपनि ब्याजदर तलमाथि हुने छैन् । 

पिक्स रेटको ब्याजरले ग्राहकलाई आफ्नो आम्दानीअनुसार ढुक्क भएर कर्जा लिने योजना बनाउन पनि सहज हुने अनुमान छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर