‘भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका’को मस्यौदा तयार, भूमि मन्त्रालयले माग्यो राय सुझाव

भूमि व्यवस्था मन्त्रालयले निर्देशिकाका मस्यौदा १८ मंसिरमा मन्त्रालयको आधिकारिक वेभसाइटमा राखेर राय सुझावका लागि सम्बन्धित सरोकारवालासँग अनुरोध गरेको छ ।

367B408218B985F-icon.png
1218views
B188EBBAD13054A-884A9BBAE4E4C85-Bhumi-Mantralaya-Final.jpg

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले ‘भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८०’ को मस्यौदा तयार पारेको छ । 

भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापनको माध्यमबाट अधिकतम र दीगो लाभ हासिल गर्ने उद्देश्यले सञ्चालन गनिे कार्यक्रमलाई व्यवस्थस्थित तुल्याउन भूउपयोग ऐन, २०७६ र नियमावली, २०७९ मा भएका व्यवस्थाहरुलाई मध्यनजर गरी मन्त्रालयले निर्देशिकाको मस्यौदा तयार पारेको हो ।

भूमि व्यवस्था मन्त्रालयले निर्देशिकाका मस्यौदा १८ मंसिरमा मन्त्रालयको आधिकारिक वेभसाइटमा राखेर राय सुझावका लागि सम्बन्धित सरोकारवालासँग अनुरोध गरेको छ ।

मस्यौदाको परिच्छेद २ मा भूउपयोग नक्सा डाटाको भण्डारण तथा संरक्षणबारे उल्लेख छ, जहाँ मन्त्रालय वा अन्तर्गतका निकायबाट तयार गरी हस्तान्तरण भएको भूउपयोग नक्सा डाटा प्रदेशको भूमि सम्बन्धी हेर्ने मन्त्रालय र स्थानीय तहले सुरक्षित तबरबाट संरक्षण तथा भण्डारण गरिराख्नुपर्ने छ । 

यो निर्देशिका जारी हुँदाका बखतसम्म पनि कुनै स्थानीय भूउपयोग परिषदको कार्य प्रारम्भ भएको रहेन्छ भने यो निर्देशिका जारी भएपश्‍चात यथाशीघ्र स्थानीय भूउपयोग परिषदको बैठक बोलाउनुपर्ने छ । 

निर्देशिकाको मस्यौदामा स्थानीय भूउपयोग परिषदको काम, कर्तव्य र अधिकार २४ बुँदामा उल्लेख गरिएको छ । यस्तै, ११ वटा स्थानीय भूउपयोग कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ । भूमि व्यवस्था मन्त्रालयका लागि ११ वटा काम, कर्तव्य र अधिकार तोकिएको छ । 

भूमि व्यवस्था सम्बन्धि विषय हेर्ने प्रदेश मन्त्रालयको काम कर्तव्य र अधिकार ९ वटा बुँदामा समेटिएको छ । १३ वटा बुँदामा स्थानीय तहको काम, कर्तव्य र अधिकार तोकिएको छ । नापी विभागको काम, कर्तव्य र अधिकार ५, भूमि व्यवस्थापन विभागको तीन, नापी कार्यालयको ४, मालपोत कार्यालयको ४ वटा काम, कर्तव्य र अधिकार तोकिएको छ । 

निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल र राय सुझाव लिएर आवश्यक परिमार्जन गरी मन्त्रिपरिषदबाट पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि बल्ल कार्यान्वयनमा आउने छ ।

यस्ताे छ ‘भूउपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८०’ काे मस्याैदा

Unable to display PDF file. Download instead.

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि