बढ्न थाल्यो व्यक्तिगत आवासीय घरकर्जा, चार महिनामा साढे २८ अर्ब कर्जा प्रवाह

हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको आवासीय व्यक्तिगत घरकर्जा तीन खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको देखिन्छ ।

367B408218B985F-icon.png
593views
2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । बैंकले ब्याजदर घटाउन थालेपछि आवासीय व्यक्तिगत घरकर्जा बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले साढे २८ अर्ब व्यक्तिगत घरकर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा करिव आठ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको थियो । 

राष्ट्र बैंकले चालू मौद्रिक नीतिमार्फत आवासीय व्यक्तिगत घरकर्जा शिर्षकमा अधिकतम दुई करोड रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो कर्जा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म पाउने व्यवस्था थियो ।

पछिल्लो समय बैंकको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ । बैंकहरुले एकल बिन्दूको फिक्स ब्याजदरमा घरकर्जा योजना ल्याउन थालिसकेका छन् । साथै, अर्थतन्त्रका अन्य सूचकहरु समेत सुधारतर्फ गएपछि घरजग्गा कारोबारमा फेरी कन्फिडेन्स देखिन थालेको सरकारकै उच्चअधिकारी बताउँछन् । 

हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको आवासीय व्यक्तिगत घरकर्जा तीन खर्ब ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको देखिन्छ । 

तर, रियल इस्टेट कर्जा भने ऋणात्मक देखिएको छ । चार महिनामा रियल इस्टेट कर्जा चार अर्ब ६८ करोड रुपैयाँ ऋणात्मक छ । कमर्सियल रियल इस्टेटतर्फ प्रवाह हुने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै भएपछि समग्रमा रियल इस्टेट कर्जा ऋणात्मक देखिएको हो ।

रियल इस्टेट शिर्षकमा चार महिनामा रेसिडेन्सियल रियल इस्टेटतर्फ (दुई करोडसम्मको आवासी व्यक्तिगत घरकर्जा बाहेक) ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै, कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा दुई अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

तर, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्सतर्फ एक अर्ब ९१ करोड र अन्य रियल इस्टेट शिर्षकतर्फ पाँच अर्ब ८८ करोड रुपैयाँ ऋणात्मक कर्जा देखिएको छ । कमर्सियल प्रयोजनका लागि जग्गा खरिद तथा प्लटिङमा दुई अर्ब १५ करोड रुपैयाँ नयाँ कर्जा थपिएको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर