नेपाल बैंकले घडेरी किन्‍न ऋण दिने

केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा नदिँदा रोकिएको जग्गा बिक्रीलाई चलायमान बनाउन बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ ।

367B408218B985F-icon.png
1029views
EF399BB436CD18C-nbl-1703250362.jpeg

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले घडेरी किन्‍न कर्जा दिने भएको छ । ‘हामी तपाईंको सपनालाई वास्तविकतामा परिणत गर्छौं’ भन्‍ने स्लोगनसहित बैंकले २० वर्ष अवधिसम्मको कर्जा योजना ल्याएको हो । 

केही वर्षयता बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जा नदिँदा रोकिएको जग्गा बिक्रीलाई चलायमान बनाउन बैंकले घडेरी कर्जा ल्याएको बैंकले जनाएको छ । 

यस कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षसम्म हुने बताइएको छ । सरल प्रक्रिया र सुलभ ब्याजदरमा कर्जा दिइने भनिए पनि यति नै ब्याजदर भनेरसूचनामा खुलाइएको छैन । 

राष्ट्र बैंकले पछिल्लो समय जग्गा धितो राखेर फेयर मार्केट भ्यालूको काठमाडौं उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था गरेकाे छ । 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु कम ब्याजदरको घरकर्जा योजना ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । यस्ता योजनाले पछिल्लो समय सुस्ताएको घर जग्गाको कारोबारमा चलायमान हुने विश्‍वास व्यवासायीहरुको अपेक्षा छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर