बिहीबारदेखि सुरु हुँदैछ घरजग्गा मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने तय

मन्दीले थला परेको रियल इस्टेट व्यवसायलाई माथि उठाउन (माहौल सिर्जना गर्न) पनि मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

367B408218B985F-icon.png
515views
7CA53A70C144E92-Property-Expo-2017.jpg

काठमाडौं । कोभिड महामारीपछि पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला आयोजना हुँदैछ । नेपाल जग्गा तथा आवास विकास संघले १२ देखि १५ पुससम्म आठौं रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो । 

मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक संस्थाले जनाएको छ । रियल इस्टेट एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम छ ।

संघले कोभिडअघि सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ । कोभिडपछि पहिलो पटक बृहत रियल इस्टेट एक्स्पो आयोजना गर्ने तयारी थालेको संघले जनाएको छ ।

एक्स्पोमा ६० भन्दा बढी स्टलहरु रहने बताइएको छ । एक्स्पोमा एक दर्जनभन्दा बढी रियल इस्टेट व्यवसायीका स्टल रहनेछन् । एक्स्पो अवधिभर करिब एक लाखभन्दा बढी दर्शकहरु आउने अपेक्षा छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवद्र्धक भएर ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजनामा आठौं रियल इस्टेट एक्स्पो आयोजना हुन लागेको हो । 

यो एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दू हुने अपेक्षा गरिएको छ । साथै, मन्दीले थला परेको रियल इस्टेट व्यवसायलाई माथि उठाउन (माहौल सिर्जना गर्न) पनि महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्‍वास छ । 

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना हुन लागेको भए पनि एक्स्पोमा व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने बताइएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश गरिने छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

8899C103BF2EBB4-1739600650-upP1D.jpg

'बुटवललाई सबैको रोजाइको सहर बनाउन लागिपरेका छौँ ' [अन्तर्वार्ता]