निर्माण क्षेत्रमा मन्दी कायमै, सिमेन्टको माग अझै बढ्न सकेन

परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

367B408218B985F-icon.png
373views
8D9998B542820C6-CNI.JPEG

काठमाडौं । मन्दीले निर्माण उद्योग तंग्रिन नसक्दा बजारमा सिमेन्टको माग अझै बढ्न सकेको छैन । नेपाल उद्योग परिसंघले गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा सिमेन्टको समग्र माग थप ७.३६ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्ष ०७९/८० को पहिलो त्रैमासमा सिमेन्टको समग्र माग ४०.१७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष ०७८/७९ सँगको तुलनामा हाल सिमेन्टको मागमा कूल ४४.५७ प्रतिशतले गिरावट आएको थियो ।

सिमेन्ट उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९ प्रतिशतले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९.५४ प्रतिशत गिरावट आएको परिसंघको सर्वेक्षणले देखाएको छ । 

यस्तै, अघिल्लो आर्थिक वर्षमा ८३.३३ प्रतिशत सिमेन्ट उत्पादकहरुले आफ्नो लगानीको योजना स्थगित गरेको बताएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५० प्रतिशतले आफ्नो लगानीको योजना स्थगित गरेको बताएका छन् ।

निर्माण व्यवसाय १६ प्रतिशतले घट्यो

निर्माण व्यवसाय क्षेत्रका उद्योगीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा थप १६.२० प्रतिशतले माग घटेको बताएका छन् । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो माग ४३.४३ प्रतिशतले घटेको थियो । 

निर्माण क्षेत्रका उद्योगहरुको कारोबार रकम अघिल्लो वर्ष ४३.७१ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा थप २०.८० प्रतिशतले घटेको देखिन्छ । यस्तै, यस क्षेत्रका उद्योगहरुमा ३३.३३ प्रतिशतले लगानी स्थगित गरेको जनाएका छन् । जबकी, अघिल्लो वर्ष ५३.८५ प्रतिशत उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगित गरेका थिए । 

औद्योगिक उत्पादनको समग्र मागमा १२ प्रतिशतले संकुचन

सर्वेक्षण अनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा १२.०६ प्रतिशतले संकुचन आएको छ । अघिल्लो वर्ष यस्तो मागमा २८.२८ प्रतिशतले गिरावट आएको थियो । 

आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासको तुलनामा ०८०/८१ मा उद्योगहरुको समग्र मागमा कुल ३६.९३ प्रतिशतले संकुचन आएको छ । यस्तै, उद्योगहरुको कारोबार रकम अघिल्लो वर्ष २४.९४ प्रतिशतले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ प्रतिशतले घटेको छ ।

परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन । समग्र बजार माग खस्किएको देखिएको छ । कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने