एनआइसीले बिक्रीमा राख्यो भद्रपुरदेखि सुर्खेतसम्म ७५ ठाउँको घरजग्गा, धेरै रुपन्देहीमा

बैंकले काठमाडौं, नेपालगञ्ज, सुर्खेत, बर्दिया, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन, कास्की, पर्वत, बारा, पर्सा, रौतहट, सिराहा, सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम, झापालगायत ठाउँको घरजग्गा बिक्री गर्न लागेको हो ।

367B408218B985F-icon.png
914views
77CFFA6CA523A76-NIC-Asia-copy.jpg

काठमाडौं । एनआइसी एशिया बैंकले देशभर ७५ ठाउँमा रहेको गैर बैंकिङ सम्पत्ति ‘घरजग्गा’ बिक्रीमा राखेको छ । बैंकले बुधबार आफ्नो नाममा रहेको घरजग्गा बिक्रीका लागि सात दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकले पूर्वको भद्रपुरदेखि पश्‍चिम सुर्खेतसम्म रहेका घरजग्गाहरु लिलाम बिक्री गर्न लागेको छ । 

अधिकांश घरजग्गा रुपन्देहीमा रहेका छन् । बैंकले रुपन्देहीको भैरहवा, बुटवल, लुम्बिनीजस्ता प्राइम लोकेसनमा रहेका घरजग्गा पनि बिक्रीमा राखेको छ ।

बैंकले काठमाडौं, नेपालगञ्‍ज, सुर्खेत, बर्दिया, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन, कास्की, पर्वत, बारा, पर्सा, रौतहट, सिराहा, सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम, झापालगायत ठाउँको घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दीबाट बिक्री गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

उल्लेखित घरजगगा खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

विस्तृत विवरण

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर