सिमेन्ट निर्यातले जगाउँदै आशा, ६ महिनामा पौने दुई अर्बको निर्यात

गत आर्थिक वर्षभरीमा करिव ७८ करोडको मात्रै सिमेन्ट निर्यात भएको थियो । यो वर्ष सिमेन्ट निर्यात पाँच अर्ब नाघ्ने अनुमान उद्योगीको छ ।

367B408218B985F-icon.png
328views
3EDCC2DA3BB1D5F-77434C5F108DFB1-42E442CE84AC361-Cement-final.jpg

काठमाडौं । आधुनिक निर्माणमा अत्यावश्यक मानिने निर्माण सामाग्री सिमेन्ट र क्लिंकरको बढ्दो निर्यातले आशा जगाएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा एक अर्ब ७६ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सिमेन्ट तथा क्लिंकर भारत निर्यात भएको छ । गत आर्थिक वर्षभरीमा ७८ करोडको मात्रै सिमेन्ट निर्यात भएको थियो । 

यो वर्ष सिमेन्ट र क्लिंकर निर्यात पाँच अर्ब नाघ्‍ने उद्योगीहरुको अनुमान छ । 

नेपाल विद्यूत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको बताउँदै सिमेन्ट उद्योगहरुमा बिजुलीको लाइन काट्दा समेत सिमेन्ट निर्यातमा कुनै असर देखिएको छैन् । उद्योगीहरुले भित्रभित्रै जेनेरेटर चलाएरै भएपनि सिमेन्ट उत्पादन गरी निर्यातलाई निरन्तरता दिएको बताइन्छ । 

नेपालबाट पहिलो पटक २३ असार ०७९ मा सिमावर्ती भारतीय बजारमा सिमेन्ट निर्यात गरिएको थियो । सुरुमा पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारतीय बजारमा पठाएको थियो । त्यसयता अर्घाखाँची, सर्वोत्तम, बालाजी, सिजी पाल्पालगायत सिमेन्ट उद्योगले पनि निर्यात सुरु गरिसकेका छन् । 

६ महिनाको अवधिमा ८७ करोड २० लाख ९७ हजार रुपैयाँ बराबरको दुई लाख २२ हजार ११७ टन अर्धप्रशोधित सिमेन्ट (क्लिंकर) निर्यात भएको छ । यसै अवधिमा ८९ करोड १२ लाख १३ हजार रुपैयाँ बराबरको १५ लाख ५० हजार २५० टन तयारी सिमेन्ट निर्यात भएको छ । 

मूल्यका हिसावले क्लिंकर र सिमेन्ट निर्यात करिव बराबर देखिन्छ । 

पछिल्लो समय निर्यात व्यापारमा सिमेन्टको हिस्सा निरन्तर बढ्दो छ । अरु वस्तुको तुलनामा सिमेन्टको निर्यात वृद्धि पनि उत्साहप्रद देखिन्छ । केही वर्षमै निर्यातमा सिमेन्ट उद्योगको हिस्सेदारी सबैभन्दा धेरै हुने देखिएको छ ।

नेपालमा मन्दीका कारण निर्माण क्षेत्र पुरै सुस्ताएको छ । जसले गर्दा सिमेन्ट, डन्डी, इँटालगायत निर्माण सामाग्रीहरुको माग अत्यन्तै न्यून छ । नेपालमा माग बढ्न नसकेको बेलामा भारतीय बजारमा निर्यात बढ्न थालेपछि सिमेन्ट उद्योगीहरु पनि उत्साहित छन् ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९.८० को बजेटमार्फत स्वदेशी वस्तु निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान र बिजुलीको महशुलमा समेत छुट दिने व्यवस्था गरेपछि उद्योग निर्यात गर्न कस्सिएका हुन् । 

पछिल्लो समय भारतमा निर्माणले तिब्रता पाइरहेको छ । भारत सरकारले हाइवे, रेलमार्ग, मेट्रो रेल, फ्लाइओभर लगायत संरचना निर्माणलाई तिब्रता दिइरहेको छ । निजी क्षेत्रले पनि आवासीयदेखि व्यवसायिक भवन निर्माणलगायतका गतिविधिमा लगानी ओइराइरहेका छन् । 

यही कारण पनि नेपाली सिमेन्टको भारतीय बजार सुनौलो रहेको उद्योगी बताउँछन् ।  

लचिलो मौद्रिक नीतिमा चेम्बरको जोड, घरजग्गा धितो कर्जालाई सहज बनाउन पहल गर्ने

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

800A21B9852146A-Nepali-cement-quality_202001191102431682231740.jpg

सात महिनामा दुई अर्बभन्दा बढीको साढे २१ लाख टन सिमेन्ट र क्लिंकर निर्यात