नेपालको घरजग्गा अर्थतन्त्र ९९.९७ प्रतिशत अनौपचारिक

नेपालमा जग्गाको खरिद सम्पत्ति लुकाउने मध्यम भएको छ । लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुनजान्छ ।

367B408218B985F-icon.png
1196views
054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं । नेपालमा घरजग्गासम्बन्धि कारोबारहरु पुरै अनौपचारिक माध्यमबाट हुने गरेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले ९९.९७ प्रतिशत रियल इस्टेटसम्बन्धि कारोबार अनौपचारिक रहेको देखाएको हो । 

नेपालमा ०.३ प्रतिशतमात्र  घरजग्गासम्बन्धि कारोबार मात्रै औपचारिक माध्यमबाट हुने गरेको छ ।

नेपालमा लाइसेन्स प्राप्त दर्तावाल कम्पनीबाट भन्दा पनि व्यक्तिगत रुपमा बढी घरजग्गा सम्बन्धि करोबार हुने गरेकाे छ । नेपाल जग्गा तथा आवास विकास संघले पनि राज्यलाई कर बुझाउने गरी दर्ता भएका कम्पनीबाट हुने घरजग्गा कारोबार एक प्रतिशतभन्दा कम रहेको बताउँदै आइरहेको छ ।

नेपालमा सबैभन्दा धेरै अनौपचारिक कारोबार हुनेमा रियल इस्टेट क्षेत्र पहिलाे बनेको छ । सरकारले वर्षेनी बजेटमै दर्तावाल कम्पनीबाट मात्रै घरजग्गा सम्बन्धि कारोबार गराउने घोषणा गर्दै आए पनि अहिलेसम्म लागू हुन सकेको देखिदैन ।

अर्थशास्त्र विभागकाे अध्ययनमा अचल सम्पत्ति एवं आवास सेवाको उपभोग र घरजग्गाको कारोवार क्षेत्रअन्तर्गत स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता अचल सम्पत्तिका गतिविधिहरू र घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश गरिएको छ ।

यस क्षेत्रको प्रकृतिको कारणले गर्दा अधिकांश हिस्सा घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू पर्छन, जसलाई यस अध्ययनमा अनौपचारिक अर्थतन्त्र मानिएको छ । यस्तै, जग्गा कारोवार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठुलो मात्रामा रहेको छ । यो कुरा नेपालमा सामान्य मानिँदै आएको विभागले जनाएकाे छ । विभागका अनुसार नेपालमा जग्गाको खरिद सम्पत्ति लुकाउने मध्यम भएको छ । लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ ।

हाल जीडीपीमा यस क्षेत्रले लगभग १० प्रतिशत योगदान दिएको छ ।’ नेपालमा कृषि, बन र फिसिङ सम्बन्धि कारोबार ९६.४८ प्रतिशत अनौपचारिक रहेको छ । एकोमोडेसन तथा फुड सर्भिस गतिविधि ५०.४२  प्रतिशत अनौपचारिक रहेको छ । अध्ययनले राष्ट्रिय लेखा र मुद्रा माग दृष्टिकोण प्रयोग गरेर नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा प्रस्तुत गरेकोछ ।

राष्ट्रिय लेखा बिधिअनुसार आर्थिक वर्ष २०१० र ११  देखि २०२० र २१ सम्म औसतमा ४२.६६ प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको छ । अनौपचारिक अर्थतन्त्रको आकार ४०/४२ प्रतिशत हुनु भनेको धेरै हो । अनौपचारिक अर्थतन्त्रको आकारलाई क्रमश: घटाउदै  लैजानु पर्ने विभागको सुझाव छ । यो राम्रो नराम्रो ब्याख्या होइन अनौपचारिक अर्थतन्त्रका पनि अर्थतन्त्रमा देनहरु छन् । त्यसलाई मान्यता दिनु पर्दछ । मूल धारमा ल्याउनुपर्ने हुन्छ ।

आवास र खाद्य सेवाहरूको क्षेत्र, घरपरिवारद्वारा सञ्चालित लज र चिया पसलहरू धेरै कम मात्रामा सरकारी संस्थामा दर्ता भएका छन् । त्यसैले यसको अनौपचारिक हिस्सा ठुलो छ । यस क्षेत्रमा रेस्टुरेन्ट, क्याफेटेरिया, फास्ट फूड रेस्टुरेन्ट, टेक(आउट) खाने ठाउँ, मोबाइल फुड कार्ट, बजार स्टलमा खाना तयारी, बार, कफी हाउस, चिया पसल आदिबाट रेस्टुरेन्ट र खाना सेवा गतिविधिहरू खाद्य सेवामा प्रमुख गतिविधिहरू रहेका छन् ।

कुनै पनि सरकारी संस्थामा  दर्ता नभएका घरपरिवारद्वारा सञ्चालित अधिकांश लज र चिया पसलहरू अनौपचारिक छन् । यस्तै, मोबाइल फुड कार्टहरू पनि अनौपचारिक रहेको अध्ययनले देखाएको छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान