नुन बेच्‍ने साल्ट ट्रेडिङले घर बनाएर बिक्री गर्दै, यस्तो हुनेछन् भूकम्प प्रतिरोधी घर

दशमध्ये चारवटा घर निर्माण सम्पन्‍न हुन लागेको र ६ वटा घर निर्माणाधीन रहेका छन् । ती घर काठमाडौंको दहचोकमा निर्माण भइरहेको बताइएको छ ।

367B408218B985F-icon.png
1080views
C1675B11C13498E-Home.jpg

काठमाडौं । सरकारी स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भूकम्प प्रतिरोधी घरहरु निर्माण गरेर बिक्री सुरु गरेको छ । दैनिक उपभोग्य वस्तुहरु बिक्री गर्दै आइरहेको कर्पोरेशनले आफ्नो लगानीका सहायक कम्पनीहरुमार्फत घर बनाएर बिक्री गर्न लागेको हो । 

उपभोक्ताले उपलब्ध गराउने जग्गामा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने साल्ट ट्रेडिङले जनाएको छ । भूकम्प प्रतिरोधी अमेरिकी प्रविधिमा तयार पारिने १० वटा घर पहिलो चरणमा बिक्री गरिने बताइएको छ । 

दशमध्ये चारवटा घर निर्माण सम्पन्‍न हुन लागेको र ६ वटा घर निर्माणाधीन रहेका छन् । ती घर काठमाडौंको दहचोकमा निर्माण भइरहेको बताइएको छ ।

कर्पोरेशनले अमेरिकाको पिनाकल बिल्डिङ सिष्टम टेक्नोलोजी (पीबीएसटी) र नेपालको नीजि क्षेत्रसँग सहकार्य गरेर फ्युचर वक्र्स विल्डिङ सोल्युसन प्रालि खडा गरेको छ, जसमा साल्ट ट्रेडिङको ७० प्रतिशत शेयर हिस्सा रहेको छ । यस्तै घर बिक्री तथा व्यवस्थापनका लागि उपहार हाउजिङ प्रालि खडा गरिएको छ ।

यहि कम्पनीमार्फत भूकम्प प्रतिरोधी नयाँ प्रविधिमा आधारित घर बनाउन सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङ ०७२ सालको भूकम्पपछि भूकम्प प्रतिरोधी घर बनाउने काममा प्रवेश गरेको हो । 

साल्ट ट्रेडिङले नुन, चिनी, तेल, खाद्यान्‍न, रासायनिक मल र ग्यास जस्ता वस्तुहरूको कारोबार मात्रै गर्छ, जसले बजारमा दैनिक उपभोग्य वस्तुहरुमा हुने अस्वभाविक मूल्य उतारचढावमा हस्तक्षेप गर्दै आएको छ । 

यसरी बन्दैछन् घरहरु 

कर्पोरेशनले अमेरिकाको पीबीएसटी प्रविधिबाट घरहरू निर्माण गरिरहेको छ । यो प्रविधिबाट बनाइएका घरहरू भूकम्प प्रतिरोधी हुने कर्पोरेशनको दाबी छ । 
साल्ट ट्रेडिङले कंक्रिट प्रविधिका घरहरु बनाउँदैन । यसले आधुनिक प्रविधिका स्टिल स्ट्रक्चर घर बनाउने गर्छ ।

अमेरिकी पीबीएसटी प्रविधिमा स्टील फ्रेम बनाएर हलुका कंक्रिट फम वा काठको समेत प्रयोग गरेर घर बनाउने गरिन्छ । त्यसका लागि कोल्ड फर्म स्टील वा लाइट गेज स्टील प्रयोग हुन्छ । 

यस्तो घरमा डीपीसीभन्दा माथि पानीको प्रयोग हुँदैन् । फाउन्डेसन तयार भएपछि रडको पिलर, लाइट गेज स्टिल फ्रेम, स्टिल स्ट्रक्चर, प्लाइउड, बोर्ड, प्रि–फेब्रिकेट, इन्टरलक टायल, जिप्सम बोर्ड, फाइवर सिमेन्ट बोर्ड, सेल्युलर लाइट वेट कंक्रिटजस्ता सामाग्री प्रयोग गरेर घरको संरचना बनाइन्छ ।

यस्तै, हलुका सामाग्रीकै झ्याल ढोका बनाउने पनि बताइएको छ । 

कतिमा तयार हुन्छ घर ? 

यसअघि कम्पनीले जग्गा उपलब्ध गराउने केही व्यक्तिका घरहरू बनाइदिएको थियो । अब आफैले घर बनाएर बिक्री गर्न लागेको हो । कम्पनीले अहिले दहचोकमा तीन चार आना जग्गामा अढाई तलाका घर बनाइरहेको छ ।

तीन आना क्षेत्रफलमा बनेको घरको मूल्य दुई करोड ३० लाख तोकिएको छ । यो जग्गासहित घरको मूल्य हो । 
 

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा