झन घट्यो अपार्टमेन्ट किनबेच, १० महिनामा ३०२ युनिट किनबेच

पछिल्लो तीन महिनायता घरजग्गा किनबेच निरन्तर उकालो लागिरहँदा अपार्टमेन्ट किनबेच भने घटेको छ ।

367B408218B985F-icon.png
488views
9548CAFB69E5942-A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

काठमाडौं । नेपालमा अपार्टमेन्ट खरिद बिक्री निरासाजनक देखिएको छ । माघ महिनामा २५ युनिटमात्र अपार्टमेन्ट बिक्री भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । यो संख्या अघिल्लो महिना पुसको तुलनामा तीन युनिट कम हो ।

नेपालमा हाईराइज अपार्टमेन्ट किनबेच अत्यन्तै कम हुने गरेको छ । धेरैको रोजाई आफ्नै व्यक्तिगत घर हुने गरेको छ । त्यसो त हाईराइज अपार्टमेन्ट निर्माण नै कम हुँदा पनि किनबेच सुस्त देखिएको विभागका एक अधिकारीले बताए  ।

०८० मा वैशाखदेखि माघसम्म १० महिनामा ३०२ युनिट मात्र अपार्टमेन्ट किनबेच भएका छन् । जबकी यसै अवधिमा चार लाख २५ हजार ९७९ घरजग्गा किनबेच भएका छन् । 

पछिल्लो तीन महिनायता घरजग्गा किनबेच निरन्तर उकालो लागिरहँदा अपार्टमेन्ट किनबेच भने घटेको छ ।

चालू वर्षमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भदौमा भएका छन् । सो महिना ४५ युनिट अपार्टमेन्ट बिक्री भएका थिए । 

भूमि विभागका अनुसार, वैशाखमा ३०, जेठमा २९, असारमा ३३, साउनमा ३०, भदौमा ४५, अशोजमा ३८, कात्तिकमा २२, मंसिरमा २२, पुसमा २८ र जेठमा २५ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । 

माघ महिनामा लगनखेल मालपोतबाट नौ, डिल्ली बजारबाट ६, चावहिलबाट तीन, कलंकीबाट ४, टोखाबाट एक, पोखरामा दुई युनिट अपार्टमेन्ट किनबेच भएको भूमि विभागको तथ्यांक छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान