सवा अर्बमा तयार हुँदैछ शिवपुरीमा ‘क्लासिक भ्यू रिसोर्ट’, जेठमा सफ्ट ओपनिङ

चार जना व्यवसायी र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको एक अर्ब २० करोड लगानी रहने रिसोर्टको काम करिव ७० प्रतिशत सम्पन्न भइसकेको छ ।

367B408218B985F-icon.png
747views
289E0ECB7BC4467-431273412_1122360788920941_7571002848275921342_n.jpg

काठमाडौं । काठमाडौं उत्तरी भेग शिवपुरीको काखमा अवस्थित बुढानिलकण्ठ क्षेत्रमा लक्जरी होटेल तथा रिसोर्टमा लगानी ओइरिएको छ । 

हालैमात्र दुईवटा पाँचतारे होटेल ‘लेमन ट्री’ र ‘होलीडे इन’ सञ्‍चालनमा आएको बुढानिलकण्ठ क्षेत्रमै ०८१ जेठदेखि अर्को लक्जरी रिसोर्ट सञ्‍चालनमा आउने भएको छ । 

अहिले शिवपुरी राष्ट्रिय निकुञ्‍जको छेवैमा धमाधम क्लासिक भ्यू रिसोर्ट निर्माण भइरहेको छ । चार जना व्यवसायी र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको एक अर्ब २० करोड लगानी रहने रिसोर्टको काम करिव ७० प्रतिशत सम्पन्‍न भइसकेको छ । 

निर्माणाधिन रिसोर्टमा फण्डले १५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको छ । ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवद्र्धन गरिएको यस फण्डले लक्जरी रिसोर्टमा लगानी गरेको हो ।

शिवपुरी वन क्षेत्र र काठमाडौं शहरको मनमोहक दृश्यावलोकन गर्न पाइने बुढानिलकण्ठ हाईटमा निर्माण भइरहेको क्लासिक भ्यू रिसोर्ट लक्जरी पर्यावरणमैत्री रिसोर्ट हुनेछ । रिसोर्टमा २५ वटा भिल्ला र ४५ वटा कोठा गरी कुल ६५ वटा कोठाहरु रहने बताइएको छ ।

रिसोर्टलाई जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने गरी निर्माणको काम भइरहेको छ । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरुलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्चस्तरको पर्यावरणमैत्री रिसोर्ट हुने दाबी गरिएको छ । 

फण्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरु अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ । यस लगानीबाट एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरणमैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।

ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्दधन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण भएको बताए ।

‘रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्‍ने हाम्रो विश्‍वास छ,’ उनले भने ‘हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्‍वस्त छौं ।’

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

B16CFA528F92576-Trishuli Villa.png

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

8313B0B02773444-download.jpeg

कस्तो बनेको छ मुस्ताङमा देशकै महंगो रिसोर्ट ?

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी