साढे तीन गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा

बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको साउनदेखि माघसम्म सात महिनामा ३२ अर्ब ५२ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह गरेका छन् । जबकी, गत आवको सोही अवधिमा यस्तो कर्जा नौ अर्ब २० करोड रुपैयाँ प्रवाह भएको थियो ।

367B408218B985F-icon.png
639views
A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । घट्दो ब्याजदरसँगै कर्जा प्रवाह सहज हुन थालेपछि व्यक्तिगत आवासीय घरकर्जा पनि बढ्न थालेको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा यस्तो कर्जा साढे तीन गुनाले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको साउनदेखि माघसम्म सात महिनामा ३२ अर्ब ५२ करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह गरेका छन् । जबकी, गत आवको सोही अवधिमा नौ अर्ब २० करोड रुपैयाँमात्र व्यक्तिगत आवासीय घरकर्जा प्रवाह भएको देखिन्छ ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट, चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाई थियो । यो वर्ष बैंकमा फालाफाल तरलता थुप्रिँदा ब्याजदर घटेर सिंगल डिजिटमा झरेको छ भने घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा नीतिमा पनि लचकता लिइएको छ । यसैले पनि यस वर्ष घरकर्जा अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत आवासीय घरकर्जाको सिमा बढाएर अधिकतम दुई करोड पुर्याएको छ । यसअघि व्यक्तिगत आवासीय कर्जाको सिमा डेढ करोड रुपैयाँ रहेको थियो । यो नीतिले पनि फस्ट होम बायरलाई घरकर्जा लिन प्रोत्साहित गरेको राष्ट्र बैंकको अनुमान छ ।

पछिल्लो समय बैंकमा बढ्दो तरलतासँगै घट्दो ब्याजदर र कर्जा प्रवाहमा सहज नीतिका कारण पनि व्यक्तिगत आवासीय घरजग्गा शिर्षकको कर्जा बढ्दै गइरहेको छ । घरजग्गा कारोबार चलायमान बनाउन सरकारको लचक नीतिले पनि घरजग्गा खरिद बिक्री बढ्न थालेको छ । 

अहिले बैंकले फिक्स रेटमा सिंगल डिजिट ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालेका छन् ।

रियल इस्टेट कर्जा ऋणात्मक

व्यक्तिगत आवासीय घरकर्जा बढे पनि रियल इस्टेट शिर्षकमा प्रवाह हुने कर्जा भने घटेको छ । दुई करोड रुपैयाँभन्दा बढीको घरजग्गा कर्जा स्वतः रियल इस्टेट कर्जामा गणना हुने गर्छ । अर्थात्, कमर्सियल घरजग्गा र ठूलो प्रोपर्टी किनबेचमा कर्जा प्रवाह सुस्त रहेको तथ्यांकले देखाउँछ ।

पछिल्लो सात महिनामा रियल इस्टेट कर्जा ०.६ प्रतिशतले घटेको देखिन्छ । यो अवधिमा रियल इस्टेट शिर्षकमा प्रवाह हुने कर्जा एक अर्ब ४५ करोड रुपैयाँ ऋणात्मक छ । जबकी, गत वर्षको यसै अवधिमा चार अर्ब १५ करोड रुपैयाँ धनात्मक थियो । 

समिक्षा अवधिमा रियल इस्टेट शिर्षकमा प्रवाह भएको नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै भएपछि समग्रमा रियल इस्टेट कर्जा ऋणात्मक देखिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा आक्रमक ढंगले लागिरहेका छन् । 

रियल इस्टेट शिर्षकतर्फ सात महिनामा रेसिडेन्सियल रियल इस्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) कर्जा दुई अर्ब ४५ करोड, कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा २८ करोड र कमर्सियल जग्गा खरिद तथा प्लटिङमा तीन अर्ब ३७ करोड रुपैयाँ कर्जा थपिएको छ ।

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा

4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

सरकारी तथ्यांक नै भन्छ– निर्माण र रियल इस्टेट क्षेत्र अझै मन्दीमै (चार्टसहित)

B16C398B6DE6E5C-nnn.jpg

११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्‍व घट्यो