११ महिनामा १४% ले बढ्यो घरजग्गा कारोबार, तर राजश्‍व घट्यो

०७९ वैशाखदेखि फागुनसम्म चार लाख १८ हजार घरजग्गा कारोबार भएकोमा ०८० को सोही अवधिमा चार लाख ७७ हजार घरजग्गा कारोबार भएका छन् ।

367B408218B985F-icon.png
749views
B16C398B6DE6E5C-nnn.jpg

काठमाडौं । यस वर्ष घरजग्गा कारोबारमा बढोत्तरी देखिएको छ । ०८० वैशाखदेखि फागुनसम्म ११ महिनामा गत वर्षको सोही अवधिको तुलनामा घरजग्गाको लिखत पारित १४ प्रतिशतले बढेको हो ।

यस वर्ष देशभर चार लाख ७६ हजार ९७७ घरजग्गाको लिखत पारित भएको छ । गत वर्षको यसै अवधिमा चार लाख १८ हजार ४९८ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्था विभागको तथ्यांक छ ।

अर्थात्, यस वर्ष ५८ हजार ४७९ घरजग्गाका बढी किनबेच भएका छन् । घरजग्गा कारोबारमा भएको बढोत्तरीले लामो समयदेखि मन्दीमा फसेको घरजग्गा कारोबार क्रमिक रुपमा सुधार हुँदै जाने शंकेत देखिएको छ ।

घरजग्गा कारोबार बढे पनि राजश्‍व संकलन भने घटेको छ । गत वर्षको ११ महिनामा ४० अर्ब ६५ करोड रुपैयाँ मालपोत राजश्‍व उठेकोमा यस वर्षको सोही अवधिमा ३६ अर्ब ३८ करोड रुपैयाँमात्र राजश्‍व उठेको विभागको तथ्यांक छ ।

मलपोत कार्यालयले प्रवाह गर्ने सेवाहरुमध्ये सबैभन्दा बढी राजश्‍व उठ्ने रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्क लगायतबाट हो । घरजग्गा कारोबार बढ्दा बढ्दै पनि राजश्‍व चार अर्बभन्दा बढीले घट्नुमा दुईवटा कारण देखिन्छन् । 

पहिलो कारण मन्दीले घरजग्गा कारोबार सुस्त छ । घरजग्गा खरिद गर्ने ग्राहक भेटिन छाडेपछि ठूला घरजग्गको मूल्य पनि घटिरहेको छ । अझ कमर्सियल प्रोपर्टीमा मन्दीको ठूलो असर छ । कमर्सियल र ठूला प्रोपर्टीको मूल्य घट्दा मालपोतमा थैली रकम घटेकोले राजश्‍व संकलन पनि कम भयो ।

तर, थैली रकमकै कारण राजश्‍व उठ्तीमा यति ठूलो गिरावट नआउने मालपोत कार्यालयकै अधिकृत बताउँछन् । शहरी क्षेत्रमा घरजग्गा कारोबारमा गिरावट आएपछि राजश्‍व पनि घटेको उनीहरुको ठम्याई छ । महंगा पोपर्टी बिक्रीबाट रजिष्ट्रेसन शुल्क र पुँजीगत लाभकर बढी उठ्ने हो । यस्ता प्रोपर्टी शहरी क्षेत्रमा हुन्छन् । 

पछिल्लो समय मन्दीले शहरी क्षेत्रहरुमा घरजग्गा कारोबार बढ्न नसकेको र तराई भेगमा बढी कारोबार भइरहेको हुनाले समग्रमा घरजग्गा कारोबारको संख्या बढे पनि राजश्‍व उठ्ती घटेको मालपोत अधिकारी बताउँछन् ।  

देशमै सबैभन्दा महंगा प्रोपर्टी किनबेच गराउने काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयमा घरजग्गाको लिखत पारित घटेको छ । गत वर्षको ११ महिनामा २२ सय ८६ घरजग्गाको लिखत पारित भएकोमा यस वर्षको साृही अवधिमा २१ सय २४ मात्र घरजग्गा किनबेच भएका छन् ।

चालू वर्षको वैशाखमा ४२ हजार ४६१, जेठमा ५५ हजार ६९, असारमा ४८ हजार ७७१, साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१ घरजग्गाको लिखत पारित भएको छ ।

यस्तै, कार्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१, पुसमा ४६ हजार ३०, माघमा ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

80861E67EF7BAD6-1709616394-YJWs4.jpg

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र