घरजग्गा चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बरको ४ सुझाव

घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाहका सम्बन्धमा पनि लचकता अपनाउन चेम्बरको सुझाव छ

367B408218B985F-icon.png
1519views
3E00679F98793C1-3242FDCEB10212E-house.jpg

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर आगामी वर्षको बजेटमा अग्राधिकार दिएर सम्बोधन गरिनुपर्ने सुझावहरु पेश गरेको छ । जसमध्ये चारवटा सुझाव घरजग्गा कारोबार चलायमान बनाउन सरकार र राष्ट्र बैंकले चाल्नुपर्ने कदमबारे रहेका छन् ।  

चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री पुनलाई घरजग्गा तथा शेयर धितो राखेर प्रवाह हुने कर्जाका लागि हाल कायम १२५ प्रतिशतको जोखिम भारलाई कम गरेर सय प्रतिशत कायम गरिनुपर्ने सुझाव दिएको छ ।

घरजग्गा क्षेत्रमा बैंकको ऋण प्रवाहका सम्बन्धमा पनि लचकता अपनाउन चेम्बरको सुझाव छ । विभिन्न बैंकबाट घरजग्गा कारोबारका लागि ऋण प्रवाह गर्दा देशैभर धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा दिनुपर्ने माग चेम्बरको छ । अहिले उपत्यकामा ४० प्रतिशत र बाहिर ५० प्रतिशत कर्जा दिने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको छ ।

चेम्बरले विदेशीलाई अपार्टमेन्ट बिक्री गन दिने बजेटको व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन माग गरेको छ । विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्थाका लागि आव ०६८/६९ तथा ०७२/७३ को बजेटमा उल्लेख भएको र गएको आव ०७९/८० को बजेट वक्तव्यमा पनि १०० भन्दा बढी युनिट रहने अपापर्टमेन्ट विदेशीले खरिद गर्न पाउने नीति लिइएको थियो । तर, कार्यान्वयन हुन सकिरहेको छैन । 

घरजग्गा र गाडी कर्जालाई इएमआई भुक्तानी गर्न २०० प्रतिशत आयस्रोत हुनुपर्ने व्यवस्थालाई संशोधन गरेर १०० प्रतिशत कामय गर्न पनि माग गरिएको छ । यसले बजार चालयमान गर्न अनुकुल वातावरण सिर्जना हुने र राजश्वमा पनि सकरात्मक योगदान पुग्ने चेम्बरको ठम्याई छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने