सवा तीन अर्ब विदेशी लगानीमा बन्दै दुई बिजनेश कम्पलेक्स

दुईवटा बिजनेश कम्पलेक्समा कुल तीन अर्ब १४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

367B408218B985F-icon.png
5354views
29021041A91CAD9-Building.png

काठमाडौं । सञ्‍चालनमै रहेका बिजनेश कम्पलेक्स व्यापार नभएर धमाधम खाली भइरहँदा नयाँ थपिने क्रम पनि जारी छ । काठमाडौं उपत्यकामात्र नभएर मोफसलमा पनि धमाधम सुविधा सम्पन्‍न बिजनेश कम्पलेक्स निर्माण भइरहेको देखिन्छ ।

यही क्रममा गत आर्थिक वर्ष बिजनेश कम्पलेक्स बनाउने भनेर दुईवटा कम्पनी दर्ता भएका छन् । पुरै विदेशी लगानी रहने भनिएका दुईवटै कम्पलेक्स काठमाडौंमा निर्माण हुने उद्योग विभागले जनाएको छ । 

दुईवटा बिजनेश कम्पलेक्समा कुल तीन अर्ब १४ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

२४ जेठ ०८१ मा विदेशी लगानीको एस. एन्ड जे.जी. होल्डिङ्स नेपाल कम्पनी दर्ता भएको छ । यो कम्पनीले कमर्सियल भवन निर्माणमा तीन अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले एक लाख वर्गफिट क्षेत्रफलको बिजनेश कम्पलेक्स बनाउने बताएको छ ।

त्यसअघि ९ चैत ०८० मा नोर्चग तेसाङ कम्पनी दर्ता भएको छ । यो कम्पनीले बिजनेश कम्पलेक्स निर्माणमा १४ करोड विदेशी लगानी गर्ने प्रतिवद्धता जनाएको छ । यो बिजनेश कम्पलेक्सको कुल क्षेत्रफल २५  हजार वर्गफिट हुनेछ ।

पछिल्लो समयमा शहरी क्षेत्रमा कमर्सियल भवन निर्माणको लहर चलेको छ । दैनिक उपभोग्य सामाग्रीदेखि विभिन्‍न सेवा सुविधाहरु एउटै छानोमुनि उपलब्ध गराउने उद्देश्यले यस्ता भवन निर्माण भइरहेको देखिन्छ । पछिल्लो समय अफिसहरुलाई भाडामा दिन पनि धेरै कमर्सियल कम्पलेक्स बनिरहेको पनि देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

D5239C3842182F5-Nepali-cement-quality_202001191102431682231740.jpg

भारतीय अवरोधले सिमेन्ट निर्यातमा २१ प्रतिशत गिरावट

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?