लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई आईएसओ प्रमाणपत्र

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ

367B408218B985F-icon.png
411views
FE51E3185502228-Laminar_8WyMJy5lf8.jpg

काठमाडौं । लेमिनार टायल्स्को उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएसओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ ।

नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केहि हप्तामै आईएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवत: पहिलो कम्पनी बन्न सफल भएको छ, लुम्बिनी सेरामिक्स ।

लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय ब्यवस्थापन प्रणालीको लागि आईएसओ ९००१:२०१५, वातावरणीय ब्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१:२०१५ र ब्यवसायिक स्वास्थ्य र सुरक्षा ब्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१:२०१८ गरी तीनवटा विधाहरुमा प्रमाणपत्र पाएको हो ।

बलियो र चुस्त ब्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तराष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरुलाई अंगिकार गरी नेपाललाई विश्वब्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उदेश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको हो ।

अन्तराष्ट्रिय मान्यता बोकेको आईएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।

‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्त्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ आईएसओ प्रमाणीकरणबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, ‘गुणस्तरीय बस्तुहरु उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरुलाई थप मजबुत बनाउँदै लैजाने छौं ।

उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरुलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरु कायम समेत गर्ने जानकारी दिए ।

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यि टायलहरु चारवटा आकार (१६x१६ इञ्च, २x२ फिट, २x४ फिट र ८ इञ्च x ४ फिट) मा उपलब्ध हुनेछन् ।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि