मंसिरमा रियल इस्टेट कर्जामा बढोत्तरी

मंसिर महिनामा घरजग्गा किनबेच, कित्ताकाट, राजश्व संकलनदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह पनि बढेको छ

367B408218B985F-icon.png
297views
249A7077D859949-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं  । लामो समयदेखि मन्दीमा फसेको घरजग्गा (रियल इस्टेट) कारोबारले मंसिरमा सुधारको शंकेत देखाएको छ  । 

मंसिर महिनामा घरजग्गा किनबेच, कित्ताकाट, राजश्व संकलनदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह पनि बढेको छ । खासगरि, मंसिरमा रियल इस्टेट शिर्षकमा कर्जा प्रवाह बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कार्तिक)मा रिलय इस्टेट शिर्षकमा ७० करोड रुपैयाँ कर्जा बढेकोमा मंसिरसम्म आइपुग्दा ९ अर्ब २१ करोड रुपैयाँले बढेको देखिन्छ । 

मतलब, मंसिरमा रियल इस्टेट शिर्षकमा कर्जाको माग बढेको देखिन्छ । घरजग्गा कारोबारमा सुस्तता आएपछि रियल इस्टेट शिर्षकमा प्रवाह हुने कर्जाको वृद्धि ऋणात्मक रहँदै आएको थियो । रियल इस्टेट शिर्षकमा प्रवाह हुने नयाँ कर्जाभन्दा पुरानो कर्जा असुली धेरै थियो ।

गत आर्थिक वर्ष ०८०/८१ को पहिलो पाँच महिना (साउन–मंसिर)सँग तुलना गर्दा पनि समिक्षा अवधिमा रियल इस्टेट कर्जामा बढोत्तरी देखिन्छ । गत वर्षको सोही अवधिमा रियल इस्टेट कर्जा पाँच अर्ब २१ करोडले खुम्चिएको (ऋणात्मक) थियो । 

मंसिरमा ४३ हजार ३७९ घरजग्गाको लिखत पारित भएको थियो । यो संख्या अघिल्लोमहिना कार्तिकको तुलनामा करिव १० हजारले बढी हो । यस्तै, मंसिरमा एक लाख एक हजार ७४१ कित्ताकाट भएका छन्, जबकी कार्तिकमा ७३ हजार ६८ कित्ताकाट भएका थिए । मंसिरमा राजश्व संकलन पनि बढेर तीन अर्ब ८७ करोड रुपैयाँ संकलन भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।

मंसिरसम्म अधिकत दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जाको वृद्धि सामान्य रहेको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्म पाँच महिनामा व्यक्तिगत आवासीय घरकर्जा ११ अर्ब १४ करोड रुपैयाँले बढेको छ ।

पाँच महिनामा रेसिडेन्सिय रिलय इस्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा बाहेक) र ल्यान्ड पर्चेज तथा प्लटिङ कर्जा खुम्चिएको छ । कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्स, निश्चित प्रपोजबीनाको कर्जा प्रवाह बढेको देखिन्छ ।

यो अवधिमा अन्य शिर्षक (शिर्षक नखुलाइएको)मा सबैभन्दा धेरै रियल इस्टेट कर्जा प्रवाह भएको देखिन्छ । पाँच महिनाको अवधिमा अन्य शिर्षकमा ६ अर्ब ३९ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रवाह भएकोछ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर