यी हुन् विश्वका गगनचुम्बी भवनहरु

पछिल्लो समय सम्पन्न राष्ट्रहरुबीच सबैभन्दा अग्लो गगनचुम्बी भवन बनाउने प्रतिस्पर्धा हुन थालेको छ । गगनचुम्बी भवन शक्ति र सम्पन्नताको प्रेष्टिजको विषय बन्न थालेको छ ।

367B408218B985F-icon.png
226views
B60A990B35DDD55-1440x625-17.jpg

आजको विश्वमा लगभग हरेक आधुनिक शहरको शहरी परिदृश्यमा अग्ला गगनचुम्बी भवनहरू देखिन्छन् । यी बहुउपयोगी भवनहरूले ठूला महानगरहरुको स्काइलाइनलाई सजाउनुका साथै शहरी सौन्दर्यीकरणमा पनि महत्वपूर्ण भूमिका खेल्छन् । 

यी भवनहरू घना जनसंख्या भएका महानगरीय क्षेत्रहरूमा आवासीय र व्यावसायिक स्थानहरूको बढ्दो मागलाई पूरा गर्न निर्माण गरिएका हुन्छन्, जहाँ जमिनको अभाव एक सामान्य समस्या बनेको छ । तर, पछिल्लो समय सम्पन्न राष्ट्रहरुबीच सबैभन्दा अग्लो गगनचुम्बी भवन बनाउने प्रतिस्पर्धा हुन थालेको छ । गगनचुम्बी भवन शक्ति र सम्पन्नताको प्रेष्टिजको विषय बन्न थालेको छ ।

निर्माण क्षेत्रमा उन्नत प्रविधिको प्रयोगले आधुनिक विश्वमा वास्तुकला र इन्जिनियरिङको दायरा पुनः परिभाषित गरेको छ । यस्तो प्रगति र उच्च–प्रविधि भवन निर्माण उपकरणहरूको सजिलो पहुँचले शहरमा सुपर र मेगा टलेष्ट गगनचुम्बी भवनहरू निर्माण गर्न व्यावहारिक रूपमा सम्भव बनाएको छ । 

आउनुहोस् यी आधुनिक वास्तुकला र इन्जिनियरिङका अद्भुत पक्षहरुबारे थप जानकारी प्राप्त गरौं ।

गगनचुम्बी भवन भनेको के हो ?

अग्लो भवनलाई गगनचुम्बी भवन भनिन्छ, जसको उचाई कम्तीमा १०० देखि १५० मिटर हुन्छ । यसमा स्व–आधारित संरचना हुनुपर्छ । साथै, भवनको कुल उचाईको आधाभन्दा बढी भागमा बस्नयोग्य तलाहरू हुनुपर्छ ।

त्यसैले हरेक अग्लो संरचनालाई गगनचुम्बी भवनको रूपमा वर्गीकृत गर्न सकिँदैन । उदाहरणका लागि टोरन्टोको सीएन टावर, जसको उचाई लगभग ५५३ मिटर छ, यसलाई गगनचुम्बी भवनको रूपमा लिइँदैन । किनभने, यस संरचनाको ५० प्रतिशतभन्दा कम उचाईमा मात्र बस्न योग्य तलाहरू छन् ।

सीएन टावरभन्दा १०० मिटर छोटो भएता पनि क्वालालम्पुरको पेट्रोनास ट्विन टावरहरूले गगनचुम्बी भवनको परिभाषालाई पूरा गर्छन्, किनभने दुवै भवनहरूको पूरा उचाईमा बस्न योग्य तलाहरू छन् ।

गगनचुम्बी भवन कति अग्लो हुन सक्छ ?

 

गगनचुम्बी भवनहरू तिनीहरूको उचाई र तलाहरूको संख्याको आधारमा अग्ला, सुपर अग्ला, र मेगा अग्ला भवनहरूमा वर्गीकृत गरिएका छन् । विश्वको सबैभन्दा अग्लो भवन दुबईस्थित बुर्ज खलिफाको संरचनात्मक इन्जिनियर विलियम बेकरका अनुसार माउन्ट एभरेस्टभन्दा अग्लो गगनचुम्बी भवन निर्माण गर्न पूर्ण रूपमा सम्भव छ, जुन पृथ्वीको सबैभन्दा अग्लो (८,८४८.८६ मि) चुचुरो हो । 

‘तपाईं हिमालभन्दा पनि अग्लो संरचना बनाउन सक्नुहुन्छ, जबसम्म तपाईंले अझ चौडा आधार (बेसमेन्ट) फैलाउँदै जानुहुन्छ,’ विलियम बेकरले एक अन्तर्राष्ट्रिय समाचार प्रकाशनलाई दिँदा भनेका थिए ।

उचाई बढ्दै जाँदा चुनौतीहरू पनि बढ्दै जान्छन् । सुपर अग्लो संरचना निर्माण गर्न सामान्य उचाईको भवन निर्माण गर्न जत्तिकै सजिलो हुँदैन । गगनचुम्बी भवनहरूको तल्लो तहमा टनका टनं स्टील र ठोस कंक्रिटले जडान गरिएका हुन्छन् । यसले संरचनालाई प्राकृतिक शक्तिहरू जस्तै प्रचण्ड हावा र भूकम्पजन्य गतिविधिहरूबाट सुरक्षित राख्छ ।

यस्तो छ इतिहास 

गगनचुम्बी भवनहरूको इतिहास १९औं शताब्दीको अन्त्यतिर फर्किन्छ, जब विश्वको पहिलो गगनचुम्बी भवन निर्माण भएको थियो । अमेरिकाको सिकागोमा सन् १८५५ मा होम इन्स्योरेन्स भवन निर्माण गरिएको थियो । मात्र ५५ मिटर उचाइमा रहेको यो भवन १० तल्ला अग्लो थियो । तर, यो त्यतिबेला विश्वको सबैभन्दा अग्लो भवन थियो ।

सन् १९३१ मा पूरा भएपछि अमेरिकाको न्यूयोर्कस्थित एम्पायर स्टेट भवन विश्वको पहिलो सबैभन्दा अग्लो भवनको रूपमा उभियो । यसले आजको विश्वमा गगनचुम्बी भवनको प्राविधिक परिभाषालाई पूरा गर्छ । १०२ तल्ला भएको यो भवनले धेरै वर्षसम्म विश्वको सबैभन्दा अग्लो गगनचुम्बी भवनको दर्जा प्राप्त गरेको थियो ।

विश्वका असाधारण गगनचुम्बी भवनहरू

आधुनिक विश्वका वैज्ञानिक प्रविधिहरूले मानवजातिको इन्जिनियरिङ र निर्माण क्षमताको सीमालाई निरन्तर धकेल्दै छन् । विश्वका केही सबैभन्दा उन्नत शहरहरूमा धेरै मेगा टलेस्ट भवनहरू निर्माण गरिँदै छन् । विगत केही दशकमा लगभग २० मेगा अग्ला गगनचुम्बी भवनमा आधारित परियोजनाहरू सफलतापूर्वक पूरा भएका छन् । र, अझै धेरै निर्माणाधिन छन् ।

अब, हामी केही सुपर र मेगा अग्ला भवनहरूबारे नजिकबाट हेरौं र विश्वभरका स्काइलाइनहरुलाई परिवर्तन गर्ने यी भवनहरूबारे थप जानकारी प्राप्त गरौं ।

बुर्ज खलिफा


स्थानः दुबई, संयुक्त अरब इमिरेट्स
उचाईः ८२८ मिटर (२,७१७ फिट)
तल्ला संख्याः १६३
पूरा भएको वर्षः सन् २०१०

रोचक तथ्यः यो भवन यति अग्लो छ कि तपाईंले अवलोकन डेकहरूबाट एकै साँझमा दुईपटक सूर्यास्त देख्न सक्नुहुन्छ ।

मर्डेका ११८


स्थानः क्वालालम्पुर, मलेशिया
उचाईः ६७९ मिटर (२,२२७ फिट)
तल्ला संख्याः ११८ + २ भूमिगत
पूरा भएको वर्षः सन् २०२३

रोचक तथ्यः यस भवनमा बहुआयामी हीरा आकारको उन्नयन छ । यसमा एक अद्वितीय स्पायर डिजाइन छ । क्वालालम्पुरको मर्देका ११८ तलाको छ, जुन विश्वको दोस्रो सबैभन्दा अग्लो भवन हो ।

संघाई टावर


स्थानः संघाई, चीन
उचाईः ६३२ मिटर (२,०७३ फिट)
तल्ला संख्याः १२८
पूरा भएको वर्षः सन् २०१५

रोचक तथ्यः यसलाई विश्वको सबैभन्दा अग्लो मुडिएको भवनको रूपमा चिनिन्छ किनभने यसको अनोखा वास्तुकला छ ।

अब्राज अल–बैट क्लक टावर


स्थानः मक्का, साउदी अरब
उचाईः ६०१ मिटर (१,९७१ फिट)
तल्ला संख्याः १२०
पूरा भएको वर्षः सन् २०१२

रोचक तथ्यः यो भवन मस्जिद–अल–हरामको तस्वीरहरूको लागि एक उत्तम पृष्ठभूमि हो । यो विश्वको सबैभन्दा अग्लो क्लक टावर भएको भवन पनि हो ।

पिङ आन अन्तर्राष्ट्रिय वित्त केन्द्रस्थानः सेन्जेन, चीन


उचाईः ५९९ मिटर (१,९६६ फिट)
तल्ला संख्याः ११५ + ५ भूमिगत
पूरा भएको वर्षः सन् २०१७

रोचक तथ्यः यो सुपर अग्लो भवन सेन्जेनको सबैभन्दा महत्वाकांक्षी व्यावसायिक जिल्लाको प्रतिष्ठित ल्याण्डमार्क हो । यसको टिकाउपन आठ मेगा–स्तम्भहरूबाट आएको छ ।

लोट्टे वर्ल्ड टावर


स्थानः सोल, दक्षिण कोरिया
उचाईः ५५५ मिटर (१,८१९ फिट)
तल्ला संख्याः १२३ + ६ भूमिगत
पूरा भएको वर्षः सन् २०१७

रोचक तथ्यः लोट्टे वर्ल्ड टावरको अनौठो अग्रभाग (फसाड) यस क्षेत्रका प्रसिद्ध ऐतिहासिक कलाहरूबाट प्रेरित छ । विशेषगरी पोर्सिलिन, सिरामिक र सुलेख (क्यालिग्राफी) मा आधारित छ । अग्ला भवनहरू डिजाइन गर्ने प्रतिष्ठित आर्किटेक्चरल फर्मद्वारा सावधानीपूर्वक सिर्जना गरिएको यस अद्वितीय डिजाइनले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि जितेको थियो ।

वन वर्ल्ड ट्रेड सेन्टर


स्थानः न्यूयोर्क सिटी, संयुक्त राज्य अमेरिका
उचाईः ५४१.३ मिटर (१,७७६ फिट)
तल्ला संख्याः १०४
पूरा भएको वर्षः सन् २०१४

रोचक तथ्यः यो पश्चिमी गोलार्धको सबैभन्दा अग्लो गगनचुम्बी भवन हो । आधुनिक विश्वको अमेरिकी प्रतीकको रूपमा चिनिएको वन वल्र्ड ट्रेड सेन्टर, न्युयोर्कमा ९÷११ घटनामा नष्ट भएको मूल वल्र्ड ट्रेड सेन्टरको स्थानमा निर्माण गरिएको छ ।

ताइपे १०१

स्थानः ताइपे, ताइवान
उचाईः ५०८ मिटर (१,७३२ फिट)
तल्ला संख्याः १०१
पूरा भएको वर्षः सन् २००४

रोचक तथ्यः नामले जनाएझैं, ताइपेइ १०१ मा १०१ तला छन् । यसलाई २००४ देखि २०१० सम्म विश्वको सबैभन्दा अग्लो भवनको आधिकारिक रूपमा मान्यता दिइएको थियो, जबसम्म दुबईको बुर्ज खलिफा निर्माण सम्पन्न भएको थिएन ।

पेट्रोनास टावरहरू (जुम्ल्याहा ट्विन टावरहरू)


स्थानः क्वालालम्पुर, मलेशिया
उचाईः ४५१.९ मिटर (१,४८३ फिट)
तल्ला संख्याः ८८
पूरा भएको वर्षः सन् १९९८

रोचक तथ्यः पेट्रोनास टावरहरू अझै पनि संसारकै अग्लो जुम्ल्याहा टावर हुन् । ताइपेइ १०१ ले कुल उचाइमा तिनीहरूलाई पार गरेपनि त्यो जुम्ल्याहा नभई एकल टावर हो ।

क्विक फ्याक्टः साउदी अरबमा निर्माणाधिन जेद्दा टावर पूरा भएपछि विश्वको सबैभन्दा अग्लो गगनचुम्बी भवन बन्ने अपेक्षा छ । यो १००० मिटर अग्लो हुनेछ र यसमा १६८ तल्ला हुनेछन् । यो परियोजनामा धेरै अनपेक्षित ढिलाइहरू भएका छन् । अहिले विश्वव्यापी महामारीको स्थितिका कारण पनि यस मेगा टलेस्ट टावरको भविष्य अनिश्चित छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

D5239C3842182F5-Nepali-cement-quality_202001191102431682231740.jpg

भारतीय अवरोधले सिमेन्ट निर्यातमा २१ प्रतिशत गिरावट

51060F213E500B6-Laxmi Steel and Sarbottam Cement.png

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले विद्यूत महशुल बक्यौता