ठेट इटालियन स्वाद पस्कदै होटल मर्क्योर, नयाँ रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सञ्‍चालनमा

सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ

367B408218B985F-icon.png
476views
6F055544373C21B-1df6e17d-488e-4b51-83bb-9a259268eb0b.jpeg

काठमाडौँ । इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँच तारे 'होटल मर्क्योर काठमाडौँ'ले  इटालियन रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सुरु गरेको छ ।

सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ ।

रेस्टुरेन्टको वातावरण परम्परागत इटालियन आकर्षणलाई आधुनिक सौन्दर्यसँग संयोजन गर्दै पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरका लागि उपयुक्त बनाइएको होटलका महाप्रबन्धक विजय नन्मरन एसले बताए ।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको यो रेस्टुरेन्ट आउटलेट इटालियन खानाका पारखीहरूका लागि नयाँ र उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

व्यवसायी देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेको १०४ वटा कोठा भएको 'होटल मर्क्योर काठमाडौँ' युरोपियन हस्पिटालिटी ब्राण्ड मर्क्योरले व्यवस्थापन गरेको हो ।

रोमन यात्री देवता मर्क्युरीबाट प्रेरित मर्क्योर, आवास सुविधा मात्र नभई स्थानीय संस्कृति र अनुभवसहितको आतिथ्य सेवा हो। सन् १९७३ मा फ्रान्समा स्थापना भएको यो ब्रान्डले विश्वव्यापी मापदण्डलाई स्थानीय स्वादसँग मिसाएर उत्कृष्ट आतिथ्य सेव प्रदान गर्दै आएको छ ।

विश्वका ११० भन्दा बढी देशहरूमा ५,७०० भन्दा बढी संरचना भएको अकोर हस्पिटालिटी समूहको सदस्यका रूपमा, म्यक्युरले आतिथ्य क्षेत्रमा गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

अकोर हस्पिटालिटीको मर्क्योर ब्राण्डमा ६० भन्दा बढी देशहरूमा हजारभन्दा बढी होटल सञ्चालनमा छन् । पाहुनाहरूलाई ‘फिल लोकल एभ्रीव्हेर’ को अनुभव प्रदान गर्नु मर्क्योरको मुख्य बिषेशता हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार