सीईले थापाथलीमा १० तले अपार्टमेन्ट बनाउँदै

सीई कन्स्ट्रक्सन प्रालिले काठमाडौंको केन्द्र थापाथलीमा १० तलाको अपार्टमेन्ट बनाउने भएको छ । करीव दुई रोपनी जग्गामा निर्माण गरिने अपार्टमेन्टमा सक्दो सेवा सुविधाहरु उपलब्ध गराउने सीईका अध्यक्ष बिजय राजभण्डारीले बताए ।

367B408218B985F-icon.png
556views
E536468952FDB08-CE-Construction-photo.jpg


काठमाडौं ।सीई कन्स्ट्रक्सन प्रालिले काठमाडौंको थापाथलीमा १० तलाको अपार्टमेन्ट बनाउने भएको छ । करीव दुई रोपनी जग्गामा निर्माण गरिने अपार्टमेन्टमा सक्दो सेवा सुविधाहरु उपलब्ध गराउने सीईका अध्यक्ष बिजय राजभण्डारीले बताए ।

१० तला अग्लो भवनमा ३४ देखि ४० वटासम्म फ्ल्याट हुनेछन् । एउटा फ्ल्याटको मूल्य २ करोडभन्दा बढी नै हुनेछ । फ्ल्याट आधुनिक सुविधा सम्पन्न हुनेछन् ।

अपार्टमेन्ट निर्माण सुरु नहुँदै बुकिङ भइसकेको अध्यक्ष राजभण्डारीले बताए । ‘प्राइम  लोकेसन भएकै कारणले होला सबै फ्ल्याट बुकिङ भइसकेका छन्’ उनी भन्छन्, ‘चाँडो भन्दा चाँडै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने छौं ।’

कम्पनीको तर्फबाट आवश्यक तयारी पुरा भइसकेको छ । तर सरकारी निकायबाट अझै निर्माणको स्वीकृति आइसकेको छैन । अहिले महानगरपालिका र नगरविकास दुबैबाट स्वीकृति लिनुपर्छ । स्वीकृति पाउने वित्तिकै भवन निर्माण सुरु गरिहाल्ने उनले जानकारी गराए ।
‘थोरै जग्गा हुनाले धेरै सुविधा उपलब्ध गराउन सम्भव छैन, फ्ल्याट सुविधा सम्पन्न नै हुनेछन’ राजभण्डारी भन्छन्, ‘अपार्टमेन्टमा जीम हल, ब्याडमिन्ट कोर्ट लगायत बेसिक सुविधा उपलब्ध गराइने छ ।’

रियलस्टेट, पूर्वाधार, जलविद्युतमा लगानी गरिरहेको सीई कन्स्ट्रक्सन रियल स्टेट व्यवसायको पायोनियर हो । सीईले हाइड्रोपावर, अपार्टमेन्ट कम्पलेक्स, हस्पिटल बिल्डिङ, होटल बिल्डिङ, अफिस एन्ड कमर्शियल बिल्डिङ, रेसिडेन्सियल कोलोनी, अपार्टमेन्ट लगायत निर्माण गरिरहेको छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

49564C59C32629B-api infra.jpg

अपि पावरले झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाउने

8F97D2706B023DD-FDFF9644199A226-4992F6F10FD0E18-60CA937AB9CD274-CC4CD68AB65C002-E22ED9EC050024D-Grande-Towers.jpg

असोजमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

AA2A8F797D33204-Apartment-Lalitpur.gif

मुलुककै ठूलो ठगी काण्डः बैंकले हडपे सम्पत्ति, सर्वसाधारण चौपट