कोरोना प्रभाव : बैंकको घरजग्गा कर्जा घट्यो

बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा लगानी गरेको कुल कर्जा रकम घटेको छ । चालु आर्थिक माघ मसान्तसम्म बैंकको कुल लगानी ४ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ रहेकोमा फागुनमा घटेर ४ खर्ब १६ अर्ब ९९ करोडमा झरेको छ । यो अवधिमा एक अर्ब रुपैयाँ कर्जा रकम घटेको हो ।

367B408218B985F-icon.png
178views
4B58923149F0C0C-6BD24860FDBDA44-home-loan-photo.jpg

बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा लगानी गरेको कुल कर्जा रकम घटेको छ । चालु आर्थिक बर्षको माघ मसान्तसम्म बैंकको कुल लगानी ४ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ रहेकोमा फागुनमा घटेर ४ खर्ब १६ अर्ब ९९ करोडमा झरेको छ । यो अवधिमा एक अर्ब रुपैयाँ कर्जा रकम घटेको हो ।

लगानीमा रहेको कर्जाको मोटोर रकम असुली हुनुु र नयाँ लगानी उल्लेख्य नभएमा आउटस्टान्डिङ लोनको आकार घट्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । 

कोरोना भाइरसको महामारी विश्वभरी फैलिन थालेपछि माघदेखि नै बैंकको लगानीमा संकुचन आएको थियो । फागुन महिनामा कोरोनाको प्रभाव बढ्दै गयो, जसले गर्दा बैंकको ऋण प्रवाहमै संकुचन आयो । चैतको सुरुवातदेखि आंशिक लकडाउन र ११ गतेदेखि पूर्ण लकडाउन गरिएको हुनाले चैत र बैशाखमा कर्जा लगानी ठप्पप्राय छ ।

अहिले अत्यावश्यक बाहेकका क्षेत्रहरु ठप्प छन् । घरजग्गा क्षेत्र अत्यावश्यक क्षेत्रमा नपर्ने हुनाले कारोबार ठप्प छ ।

चालु आर्थिक वर्षको ८ महिना (फागुन मसान्तसम्म) बैंकको घरजग्गामा ३२ अर्ब ४ करोड लगानी भएको छ । जबकी ७ महिनामै घरजग्गामा ३३ अर्ब ३३ करोड लगानी प्रवाह भइसकेको थियो । 

फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा ४ खर्ब १६ अर्ब ९९ करोड रुपैयाँमध्ये व्यक्तिगत होमलोनर्फत २ खर्ब ५९ अर्ब १८ करोड र रियलस्टेटतर्फ १ खर्ब ५७ अर्ब ८१ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँ सम्मको घरकर्जालाई व्यक्तिगत आवासिय कर्जामा गणना गरेको छ । व्यक्तिगत र रियलस्टेट कर्जाका लागि सुविधा पनि फरक फरक छन् । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त