राष्ट्र बैंकको राहत स्किम : कोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ऋ.णीलाई राहत दिन ब्याजदर २ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोना प्रभावित ऋणीहरुमा परेको असर न्यूनीकरण गर्नका लागि ब्याजदर घटाउन निर्देशन दिएको हो ।

367B408218B985F-icon.png
397views
7D85FAEA54E0899-NRB.jpg

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ऋ.णीलाई राहत दिन ब्याजदर २ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोना प्रभावित ऋणीहरुमा परेको असर न्यूनीकरण गर्नका लागि ब्याजदर घटाउन निर्देशन दिएको हो ।

अब ऋणीलाई ब्याज २ प्रतिशत सस्तो पर्ने भएको छ । यदि तपाईंले चैतसम्म १२ प्रतिशत ब्याज तिर्नुहुन्थ्यो भने अब बैंकले १० प्रतिशत ब्याजलाई आधार बनाएर किस्ता असुल गर्नेछ । राष्ट्र बैंकले गत चैत मसान्तसम्म कायम ब्याजदरमा दुई प्रतिशतले कम गरी चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो सुविधा सबै ऋणीले पाउँदैन् । 

खाद्यन्न प्रशोधन उद्योग तथा बिक्री वितरण व्यवसाय, ग्यास उद्योग तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, साबुन तथा केमिकल उद्योग, औषधि उद्योग तथा बिक्री वितरण व्यवसायसँग सम्बन्धित, टेलिभिजन सेवा प्रदायक, सञ्चालनमा रहेका जलविद्युत परियोजना, सुर्ती तथा मदिराजन्य उद्योगले यो सुविधा पाउने छैनन् । 

राष्ट्र बैंकका अनुसार प्रभावित उद्योग व्यवसायले बैंकको अधार दरभन्दा कम ब्याजदरमा पनि ऋण पाउनेछन् । असार मसान्तपछि आधार दरका आधारमा ब्याज निर्धारण गर्न स्वतन्त्र हुनेछन् । 

ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ । र, सकुर्लर अनुसार कुनै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ ।

यसैगरि, १५ लाख रुपैयाँसम्म ऋण लिने साना ऋणीहरुका लागि राष्ट्र बैंकहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउने छ । र, बैंकहरुले त्यस्तो कर्जामा ५ प्रतिशतभन्दा बढी ब्याजदर असुल गर्न पाउने छैनन ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर ३ प्रतिशतमा झारेको छ । सीआरआर घटाउँदा बैंकिङ प्रणालीमा अर्बौं रकम लगानी योग्य पुँजी थपिने भएको छ । 

कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा बैंकले ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ । 

यहाँ हेर्नुहोस्, राष्ट्र बैंकको परिपत्र
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

C7123372B4C68B8-EF399BB436CD18C-nbl-1703250362.jpeg

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट ऋण लिएर घरघडेरी जोड्ने बढे, १० महिनामा सवा ४१ अर्ब आवासीय कर्जा प्रवाह

4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’