यस्तो बन्दैछ काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा महानगरलाई सफा, सुन्दर, स्वस्थ, सुरक्षित, सांस्कृतिक र जीवन्त शहर बनाउने लक्ष्य लिएको छ । काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने बताए । रानीपोखरी छेवैमा रहेको दरबार हाईस्कुलको भवन पुनर्निर्माण सम्पन्न भइसकेको छ । 

367B408218B985F-icon.png
603views
13BCB7C59F8F091-9753135B478CF96-6DEB5316F208BBC-Kathmandu-2.gif

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा महानगरलाई सफा, सुन्दर, स्वस्थ, सुरक्षित, सांस्कृतिक र जीवन्त शहर बनाउने लक्ष्य लिएको छ ।

काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने बताए ।

रानीपोखरी छेवैमा रहेको दरबार हाईस्कुलको भवन पुनर्निर्माण सम्पन्न भइसकेको छ । धरहरा पुनर्निर्माणको कार्य तिब्र गतिमा अगाडि बढिरहेको छ  ।

हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण र सम्वद्र्धनका लागि बृहत गुरुयोजना तयार गरी कार्यान्वयन शुरु गरिसकेको नीति तथा कार्यक्रममा उल्लेख छ । 

काठमाडौं महानगरपालिकालाई मानवीयताको नगर घोषणा गरी मानव अधिकारको संरक्षण तथा संम्बद्र्धनका कार्यक्रमहरुलाई अघि बढाइएको छ । जसअन्तर्गत नेपाली सेना, मानवसेवा आश्रम, नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यलाई संस्थागत गरिएको उल्लेख छ । 

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण रहेका कमलपोखरी, शंखपार्क, कोटेश्वर महादेवस्थान, चेसपार्क संरक्षण र सम्वद्र्धन कार्य अघि बढाइएको छ । साथै, शोभाभगवती, ईन्द्रायणी, गहनापोखरी, म्हेपि, राजकृति महाबिहार, पलेस्वाँ पुखु, कंकेश्वरीको गुरुयोजना तयार भई कार्यान्वयन शुरु गरिएको छ ।

काठमाडौं महानगरभित्रका मूर्त अमूर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धन कार्यमा महानगरपालिका निरन्तर क्रियाशील रहेको मेयर शाक्यले बताए । ऐतिहासिक सोह्रखुट्टे पाटी पुनस्र्थापना गर्ने कार्य सम्पन्न हुने चरणमा रहेको छ । 

हाँडी गाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गरिनेछ । काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गरिनेछ । 

दक्षिण कोलिग्राम तथा कोलिग्रामको बुद्धकालिन सभ्यता अध्ययन अनुसन्धान गरी संरक्षण तथा सम्बद्र्धन गरिनेछ । दक्षिण कोलिग्राम क्षेत्रलाई खुल्ला संग्रहालयको रुपमा विकास गरिनेछ । 

काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र ९ःगचब०ि राखिनेछ । 

महानगरपालिकाभित्र उपयुक्त भवनलाई सिटी आर्टस् म्युजियममा रुपान्तरण गरी अध्ययन तथा पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्न पहल गरिनेछ । साथै नेवा साँस्कृतिक भवन तथा म्युजियम बनाउन अध्ययन गरिनेछ । 

सम्पदा पुनःनिर्माणका कार्यहरुलाई विशेष प्राथमिकताका साथ अगाडी बढाईनेछ । काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गरिनेछ । हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ । 

काठमाडौं उपत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिनेछ । 

त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गरिनेछ । साथै पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिनेछ । 

थापाथली पुलदेखि शंखमूलसम्मको नदी किनारालाई हरियाली तथा खुला क्षेत्रको रुपमा विकास गरिनेछ । 

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको बालाजु बाईसधारा उद्यानको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिनेछ । 

हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । 

ललितपुर महानगरपालिका तथा गोदावरी नगरपालिकाको सहकार्यमा “नयाँ ललितपत्तनम्” नामको ‘आर्ट एन्ड काफ्र्ट सिटी’ निर्माण प्रक्रिया शुरु गरिनेछ । 

मौलिक बस्तीमा सम्पदा भवनहरुको संरक्षण तथा निर्माणको लागि मापदण्ड तयार गरी सोको आधारमा अनुदान तथा छुट दिने नीति लिइनेछ । 

भद्रकाली मन्दिर र महाँकाल मन्दिर परिसरको विकास, मर्मत सम्भार तथा जीर्णोद्वार गरिनेछ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामहरुको खोजी गरी तिनको पुनस्र्थापना गरिनेछ । साथै आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था गरिनेछ । 

ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गरिनेछ । 

विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गरिनेछ । 

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजना अन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच बर्ष मुनिका बालबालिकाहरुलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाएको शाक्यले बताए । 

महानगर क्षेत्रभित्रका ९२ सामुदायिक विद्यालयका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलपूmलको विरुवाहरु रोप्ने, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) गर्ने, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै बिद्यालयहरुमा बालमैत्री चित्र र महावाणीहरु लेख्ने एवम् एउटै रङ्ग लगाउने लगायतका कार्यक्रम सञ्चालन गरिएको छ । 

काठमाडौं महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पूर्वाधार सडक, ढल, पेटी, खानेपानी, बिद्युत, टेलिफोन आदिको गुणस्तरियता कायम गर्न बिभिन्न निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गरिएकोे छ । 

कोटेश्वर तीनकुनेको जग्गामा बुद्धपार्क निर्माणको गुरुयोजना तयार भइसकेको छ । उक्त स्थानमा हाललाई अल्पकालीन रुपमा हरियालीको विकास गरिएको छ । 

२३ वडामा यें महानगरपालिका सहिद धर्मभक्त माथेमा पार्क निर्माण तथा पूर्णकदको सालिक प्रतिस्थापन, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न भइसकेको छ । वडा ४ मा टुँडालदेवी पार्क र टुसाल पार्क निर्माण भइसकेको छ । 

मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क, न्ह्योखा पार्क, शान्ति नमुना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, रानीबारी पोर्पा अजिमा पार्क, लगं पार्क लगायतका पार्कहरुको निर्माण कार्य शुरु भईसकेको मेयर शाक्यले जानकारी गराए । 

नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्लाका १० वटा नगरपालिकाहरु तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अगाडी बढेको छ । यस अन्तर्गत टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानीलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्कक्षेत्रभित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क रहेका छन् । 

विभिन्न स्थानमा रहेका अतिक्रमित सार्वजनिक जग्गाहरुको पहिचान गरी अतिक्रमण हटाउने र संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने कार्यलाई अभियानको रुपमा अगाडी बढाइएको छ । 

मेयर उज्यालो कार्यक्रम अन्तर्गत सार्वजनिक स्थल तथा सडकहरुमा स्वचालित सडक बत्ती जडान गरिएको छ । 

पैदल यात्रुलाई सहज रुपमा आवात–जावत गर्नका लागि मीनभवनस्थित बागमती नदीमा र धोबिखोला (कालोपुल) मा गरी २ वटा फुटब्रिज निर्माण सम्पन्न भएको छ । माईतिघर, जयवागेश्वरी तथा चावहिलमा आकाशे पुल निर्माण कार्य अगाडी बढेको छ । 

काठमाडौं महानगरभित्रको मुख्य–मुख्य सडकमा स्मार्ट सवारी पार्किङ्ग सञ्चालन गरिएको छ । 

भृकुटी मण्डपमा मेगाहलको डिजाइन सहितको अवधारणा–पत्र तयार भई सहमतिको लागि नेपाल सरकार समक्ष अनुरोध गरिएको छ । 

शुद्ध पिउने पानीको सुविधा दिन काठमाडांै उपत्यका खानेपानी ब्यवस्थापन बोर्डसँगको सहकार्यमा स्वयम्भू, शंखधर पार्क, बालाजु पार्क, शंख पार्क र मीनभवनमा वाटर एटीएम राख्ने सम्झौता गरी काम अगाडी बढिसकेको छ । 

काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्जमा नारायण गोपाल पेमला सुरमय गीतगङ्गा भवन निर्माण कार्य भईरहेको छ । 

माईतीघरदेखि तीनकुनेसम्मको फुटपाथमा दुबैतिर डेडिकेटेड साइकल लेन तथा फुटपाथ स्तरोन्नतिको विस्तृत डिजाइन भई निर्माण प्रक्रियामा रहेको छ । सिंहदरबार पश्चिम ढोकादेखि भद्रकालीसम्म दुबै साइडको फुटपाथ सौन्दर्यीकरण योजना अघि बढेको छ । 

काठमाडौं महानगरलाई धुलोमुक्त बनाउने अभियान अन्तर्गत थप २ वटा खरिद गरि ९ वटा बु्रमर सञ्चालनमा रहेका छन् । 

महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्न शहरी क्षेत्रको मुख्य–मुख्य मार्ग, चोक, गल्ली तथा वडा कार्यालयहरुमा सीसीटिभी क्यामेरा राख्ने कार्य सम्पन्न भएको मेयर शाक्यले जानकारी गराए । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F45519E163BCE2E-476958839_1341435693663267_1821604850385103110_n.jpg

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा