नगरकोट र लुम्बिनीमा बृहत् परियोजना : अपार्टमेन्ट, मल्टिप्लेक्सदेखि सपिङ मलसम्म एकैठाउँमा

रियलस्टेट, पूर्वाधार तथा जलविद्युतमा लगानी गरिरहेको व्यावसायिक घराना सीई ग्रुपले नगरकोट र लुम्बिनीमा बृहत् परियोजना बनाउने भएको छ । भक्तपुरको नगरकोटमा बनाइने परियोजना ‘हब नगरकोट’ र लुम्बिनीमा बनाउने परियोजना ‘हब लुम्बिनी’ भनेर चिनिनेछन् । 

367B408218B985F-icon.png
571views
792B9FC325F2BEC-final.jpg

रियलस्टेट, पूर्वाधार तथा जलविद्युतमा लगानी गरिरहेको व्यावसायिक घराना सीई ग्रुपले नगरकोट र लुम्बिनीमा बृहत् परियोजना बनाउने भएको छ ।

भक्तपुरको नगरकोटमा बनाइने परियोजना ‘हब नगरकोट’ र लुम्बिनीमा बनाउने परियोजना ‘हब लुम्बिनी’ भनेर चिनिनेछन् । 

सीईले विभिन्न साझेदारसँग मिलेर पर्यटकीय गन्तव्यमा बृहत् परियोजना निर्माण गर्न लागेको अध्यक्ष विजय राजभण्डारी बताउँछन् । सीईसँग साझेदारी गरेर एस होटल समूहले दुवै परियोजनाभित्र होटल सञ्चालन गर्नेछ । दुवै परियोजनामा एस समूहका अध्यक्ष योगेन्द्र शाक्य सबैभन्दा ठूलो स्ट्रेटेजिक पार्टनर हुनेछन् । 

प्रमुख पर्यटकीय गन्तव्यका रूपमा बनाइने हबमा होटल मात्रै होइन, अपार्टमेन्ट, सपिङ कम्पलेक्स, मुभि थिएटर, रेस्टुरेन्ट, मनोरञ्जन पार्क, स्विमिङ पुल, हेल्थ क्लबलगायत हुनेछन् । 

एस समूहका अध्यक्ष शाक्य भन्छन्, ‘यो हामीले अगाडि बढाइरहेको महत्वाकांक्षी परियोजना हो ।’

दुवै परियोजनामा निकै ठूलो लगानी हुनेछ । तर, लगानीका लागि विभिन्न इच्छुक साझेदार खोजी गरिने राजभण्डारी बताउँछन् ।

हब नगरकोट

भक्तपुरको नगरकोटमा बनाइने ‘हब नगरकोट’ ललितपुरको पुरानो शहर ‘पाटन स्ट्रिट’को थिममा हुनेछ । हब नगरकोट छिर्दा झट्ट पाटनको गल्लीतिर छिरेको महसुस हुने राजभण्डारी बताउँछन् ।

पाटनको हेरिटेज इतिहासलाई नगरकोटमा जीबन्त रूपमा उतारिने छ,’ उनी भन्छन्, ‘हामी सम्पदाको प्रवद्र्धन गर्न खोजेका हौँ ।’

पहिलो चरणमा २४ रोपनी क्षेत्रफलमा हब नगरकोट बन्दै छ । त्यहाँ अपार्टमेन्ट होइन कि घर किन्न पाइनेछ । एस होटल समूहको क्लब हिमालय रिसोर्टको ठ्याक्कै तलपट्टि हब नगरकोट बन्नेछ । ‘जग्गा किन्ने काम भइसकेको छ,’ राजभण्डारी भन्छन्, ‘परियोजना भित्रका संरचना निर्माणका लागि साझेदारको खोजी भइरहेको छ ।’

नगरकोटको परियोजनाभित्र पनि होटलमा एस समूहको लगानी रहने अध्यक्ष शाक्य बताउँछन् । ‘नगरकोटमा गएर सनराइज मात्र कति पटक हेर्ने ?,’ शाक्य भन्छन्, ‘होटलमा बसेर मात्र फर्किन कोही जाँदैनन् । मान्छेलाई नगरकोटमा अडिने वातावरण चाहिन्छ । नगरकोट पुग्ने आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन हब नगरकोट परियोजना ल्याएका हौँ ।’

यो परियोजना निर्माणमा पनि कोभिड–१९ महामारी बाधक बनेको छ । वातावरण सहज हुनेबित्तिकै निर्माण कार्य सुरु गरिहाल्ने राजभण्डारी बताउँछन् । ्

हब नगरकोटभित्र आवासीय घर, पसल, मुभी थिएटर, होटल, रेस्टुरेन्ट, स्विमिङ पुल, मनोरञ्जन पार्कलगायत सुविधा हुनेछन् । राजभण्डारी भन्छन्, ‘पाहुनाले नगरकोट बस्दा क्वालिटी टाइम बिताउन सक्ने वातावरण तयार गरिनेछ ।’ 

शहरभन्दा बाहिर सुविधा सम्पन्न परियोजनाभित्र घर किनेर पनि बस्न पाइनेछ । त्यहाँ कतिवटा घर बन्छन्, अझै फाइनल भइसकेको छैन ।

यो परियोजनामा कति लगानी हुन्छ भनेर अझै यकिन भइसकेको छैन । सीईले विभिन्न स्ट्रेटेजी पार्टनर खोजेर परियोजना निर्माण गर्ने हो । होटलमा लगानी गर्न एस होटल समूहसँग साझेदारी भइसकेको छ ।

हब लुम्बिनी

लुम्बिनीमा सात बिगाहा क्षेत्रफलमा आठ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर बृहत् परियोजना निर्माण गर्न लागिएको हो । लगानी विभिन्न साझेदारबाट जुटाउने काम भइरहेको राजभण्डारी बताउँछन् । 

लुम्बिनी हबभित्र अपार्टमेन्ट, होटल, रेस्टुराँ, सम्मेलन केन्द्र, मल्टिप्लेक्स, मनोरञ्जन केन्द्र, हेल्थ क्लब, गेमिङ जोन, स्विमिङ पुललगायत सुविधा हुनेछन् ।

लुम्बिनीमा पहिलो चरणमा ३२ अपार्टमेन्ट निर्माण गर्ने लक्ष्य राखिएको छ । तर, सबै अपार्टमेन्ट निर्माण सुरु नहुँदै बिक्री भइसकेका छन् । कम्पनीले चैतदेखि अपार्टमेन्ट निर्माण सुरु गर्ने लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महामारीका कारण परियोजना निर्माणको काम पछाडि धकेलिएको राजभण्डारी बताउँछन् । उनी भन्छन्, ‘महामारी नियन्त्रणबाहिर गइरहेकोले परियोजना निर्माण अनिश्चित बनेको छ ।’

लुम्बिनी हब परियोजना निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अपार्टमेन्ट निर्माणका लागि ग्राहकबाटै लगानी जुटिसकेको छ ।

सरकारी प्रक्रियाका कारण निर्माण सुरु गर्न ढिलाइ भएको राजभण्डारी बताउँछन् । भन्छन्, ‘नयाँ व्यवस्थाअनुसार तीन तहको सरकारबाट स्वीकृति लिनुपर्ने भएकोले निर्माणमा अलिकति ढिलाइ भएको हो । महामारीका कारण झन् पछाडि धकेलिदियो ।’

लुम्बिनी घुम्न आउने पर्यटकको बसाइ लम्बाउने परियोजनाको मुख्य उद्देश्य हो । अहिले लुम्बिनी घुम्न आउने विदेशी पर्यटक एक रातभन्दा बढी बस्दैनन् । धेरैजसो पर्यटक त्यसै दिन फर्किन्छन् । यो परियोजना भैरहवा विमानस्थलबाट १३ किलोमिटर र लुम्बिनीबाट दुई किलोमिटर दूरीमा पर्छ ।

भैरहवा विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी आउने पर्यटक सीधै भैरहवा अवतरण गर्नेछन् । 

‘दुवै परियोजनामा होटल व्यवसायी योगेन्द्र शाक्यको अनुभव पनि लगानी हुनेछ,’ राजभण्डारी भन्छन्, ‘हामीसँग प्रोजेक्ट डेभलपको अनुभव छ । उहाँहरूसँग होटल चलाउने अनुभव छ ।’

परियोजनाभित्र हुने हरेक ‘कम्पोनेन्ट’मा छुट्टाछुट्टै लगानीकर्ताको लगानी हुनेछ । राजभण्डारी स्पष्ट पार्दै भन्छन्, ‘हब लुम्बिनीको अपार्टमेन्टमा हामीले पैसा लगानी गर्न परेन । सबै अपार्टमेन्ट बिक्री भइसकेका छन्, त्यही पैसा लगानी हुन्छ । होटलमा योगेन्द्र शाक्यको मात्र लगानी हुन्छ, होटलमा पनि सीईको लगानी हुँदैन । सपिङ मलमा अरू कोही लगानी गर्न आउन सक्छन् ।’

उनका अनुसार दुवै ठाउँको परियोजना निर्माणको मोडालिटी एउटै हो । सीईले अरू प्रोजेक्टमा पनि यही मोडल अपनाउँदै आइरहेको छ । जलविद्युत कम्पनीमा पनि सीईको लगानी कम हुन्छ । 

सीईले युनिक फाइनान्सियल मोडलका रूपमा लगानीकर्ता समेटेर पुँजी परिचालन गर्दै आइरहेको छ । ‘हामीले नेतृत्व लियौँ,’ उनी भन्छन्, ‘हामीलाई विश्वास गर्ने लगातीकर्ताले प्रोजेक्टमा लगानी गर्छन् ।’ 


 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

737BB67FC77C7C7-PM-final.jpg

प्रधानमन्त्री प्रचण्ड जग्गाको कित्ताकाट तत्कालै खुलाउन तयार, तर कहाँबाट किन अड्कियो ?

90678C9B7553DAC-Home-loan-document.jpg

घरकर्जा लिन जाँदा नभुली लैजानुस् यी कागजपत्र

34C735EF4D88A54-CA74C300722FBF8-Black-List-Final-Photo.jpg

धितो लिलामीमा बैंकहरु आक्रमक, २ हजार ऋणी कालोसूचिमा