घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको संकेत

नेपाल राष्ट्र बैंकले घरकर्जामा कडाई गर्ने शंकेत देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्दै आइरहेको घरकर्जामा कडाई गर्ने शंकेत देखाएको हो ।

367B408218B985F-icon.png
656views
53A08F79288F30D-NRB.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरकर्जामा कडाई गर्ने शंकेत देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्दै आइरहेको घरकर्जामा कडाई गर्ने शंकेत देखाएको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्तिगत आवधिक कर्जा, शेयर धितो कर्जा र रियलस्टेट कर्जासम्बन्धि विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न सकिने बताएका हुन् । 

कोभीड महामारीले लगानीका अन्य क्षेत्र खुम्चिएपछि सरकारले अनप्रडक्टिभ क्षेत्र भनेर परिभाषित गरेको शेयर र घरजग्गामा बढी लगानी ओइरिएको हुनसक्ने अनुमानमा राष्ट्र बैंकले कडाई गर्न थालेको हो ।  

‘बैंक तथा वित्तीय संस्थाहरुले धेरै पैसा घरजग्गा र सेयर बजारमा लगानी गरेपछि राष्ट्र बैंकले त्यस्तो कर्जामा कडाई गर्ने तयारी गरेको हो’ राष्ट्र बैंक स्रोतले भन्यो । 

पछिल्लो समय शेयर बजारले हरेक दिन नयाँ रेकर्ड राख्दै किर्तिमानी कारोबार गर्दै आइरहेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार पनि पछिल्ला दिनमा उछालिन थालेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जा, शेयर कर्जा र घरकर्जामा कडाई गर्ने भनेपनि के कसरी कडाई गर्ने भनेर स्पष्ट पारेको छैन ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

A2BE24EA1303BB4-435712304_7531880606890040_4919092065027431720_n.jpg

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा

3E00679F98793C1-3242FDCEB10212E-house.jpg

घरजग्गा चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बरको ४ सुझाव