घर बनाउँदा कसरी गर्ने बलियो ढलान ? पढ्नुहोस् विज्ञ इन्जीनियरका सुझाव

यदि तपाईं पिल्लरवाला सिमेन्टेड बलियो घर बनाउँदै हुनुहुन्छ भने ठाउँ ठाउँमा ढलान गर्नुपर्ने हुन्छ । तपाईंको आधुनिक घरको छत, तलाहरु, भर्याङ, भुइँ लगायत ढलान नगरी बलियो घर तयार हुँदैन ।

367B408218B985F-icon.png
4431views
BAB9AF41F6FEFD1-dh2.jpeg

बलियो घर बनाउनका लागि हामीले ढलान गर्दा विशेष ध्यान पुराउनु पर्छ। जसरी हाम्रो शरीरलाई  हड्डी र मासुले थामेको हुन्छ त्यसैगरी घरलाई छड (डण्डी ) र कंक्रीटले थामेको हुन्छ।  यदि तपाईं पिल्लरवाला सिमेन्टेड बलियो घर बनाउँदै हुनुहुन्छ भने ठाउँ ठाउँमा ढलान गर्नुपर्ने हुन्छ । तपाईंको आधुनिक घरको छत, तलाहरु, भर्याङ, भुइँ लगायत ढलान नगरी बलियो घर तयार हुँदैन ।

घरको ढलान, पिल्लर वा बिम बनाउँदा सिमेन्ट, डन्डी, गिट्टी, बालुवा र पानीको मिश्रण मिल्नुपर्छ । तपाईंले ढलान गर्ने मिश्रण राम्रो बनाएर पुग्दैन्, ढलान गर्दा  प्राविधिक रूपमा डन्डीहरु राख्दा पनि विशेष ध्यान दिनुपर्छ ।

ढलान गर्दा ध्यान दिनुपर्ने कुराहरु:

१) स्टेयरकेस (भर्याङ)

भर्याङ भनेको घरको आकर्षण बढाउने महत्वपूर्ण संरचना  हो । यसको फर्मवर्क (ढलान गर्नुअघि फर्मा ठोक्ने काम) गर्दा हरेक सिंडीको उचाइ र लम्बाइ नक्सा बमोजिम हुनुपर्छ । 

भर्याङ भूकम्प आउँदा सबैभन्दा बढी संवेदनशील  हुन्छ । त्यसैले यसको डन्डी राख्दा एकदम ध्यान दिनुपर्छ ।

२) फर्मवर्क (फर्मा ठोक्ने काम)

स्ल्याबको डन्डी हाल्नुअघि फर्मवर्कहरु सबै लेभलमा छ कि छैन ख्याल गर्नुपर्छ । पानीको लेवल पाइपले सजिलै नाप्‍न सकिन्छ । अटो लेवल प्रयोग गरेर लेवल लेको झन राम्रो मानिन्छ । 
फर्मवर्क लेवलमा नहुँदा स्ल्याव तलमाथि हुने, डिजाइन बमोजिम मोटाइ नहुने, निर्माण सामग्रीहरु बढी खपत हुनेजस्ता समस्याहरु आउँछन् ।

३) प्रप्स (टेका)

स्ल्याबको फर्मवर्कलाई अडाउन जुन भर्टिकल सपोर्ट दिइन्छ त्यो भरसक फलामका टेकाहरु प्रयोग गर्नुपर्छ । यसको स्पेसिङ १ मिटर वा त्योभन्दा कम रेडियसमा राख्नुपर्छ। बाँसको टेका भरसक लगाउनु हुँदैन । 

४) आर्किटेक्‍चर डिजाइन

स्ल्याबको फर्मवर्क गर्दा यसमा एकदम ध्यान दिनुपर्छ । आर्किटेक्टलाई डिजाइनको लागि भनेर स्ल्याबको विभिन्‍न ठाउँमा प्रोजेक्सनहरु दिइएको हुन्छ । यो डिजाइन बमोजिम राख्नुपर्छ । नत्र हाम्रो घरको थ्रिडी डिजाइन र निर्माण भएको घरको संरचना एउटै आउँदैन ।

५) स्ट्रक्‍चरल डिजाइन

बिम, स्लाब मा डन्डीहरु स्ट्रक्चर डिजाइनरलाई गराएको जस्तै हुनुपर्छ । बिमको डन्डीहरु ल्यापिङ (डन्डीहरू गाँस्ने काम) गर्दा टप बारलाई मध्य भागमा र बटम बारलाई बीमको साइड भागतिर राख्नुपर्छ । कंक्रिट (गिट्टी, बालुवा र सिमेन्टको ) को मिश्रण तयार पार्दा पनि स्ट्रक्चर डिजाइन अनुसार गर्नुपर्छ । मेसिनमा गिट्टी, बालुवा र सिमेन्टको मिश्रण बनाउँदा डोकोबाट भन्दा क्युब बक्स प्रयोग गरेको राम्रो मानिन्छ । पानीको मात्रामा पनि निकै ध्यान दिनुपर्छ । पानी बढी पनि हाल्नु हुँदैन र कम पनि हाल्नु हुँदैन।  

६) पाइप फिटिङ

घरमा पाइप फिटिङ गर्दा सकभर एनएस स्टान्डर्ड २० एमएमको पाइप प्रयोग गर्नुपर्छ । नर्मल पाइप फुट्न सक्छ । 

७) सुपरभिजन

 इन्जिनियरले तयार पारेका डिजाइनहरु ठेकेदारलाई विस्तृतमा ब्रिफ गरिदिनुपर्छ र, १/२ दिनअगाडी इन्जीनियरलाई बोलाएर सबै चेकजाँच गरेर मात्रै ढलान गर्नुपर्छ ।

Photo Source: KSM Service

केएसएम सर्भिसेज प्रालिलाई ९८५१२०६००१ मा सम्पर्क गर्न सकिन्छ, साथै  www.ksmnepal.com मा क्लिक गरी सोझै कम्पनीमा सम्पर्क गर्न  पनि सकिन्छ।। 

 

यो पनि पढ्नुहोस: 
घर निर्माणमा पिल्लर र बिम कस्तो बनाउने ?

कसरी बनाउने भूकम्प धान्ने बलियो घर ?
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82F6BCCA9CE099F-Falame-Dandi_20181123030827.jpg

घर बनाउँदा कस्तो छड रोज्ने ?

3D6D560A44B938E-Column-and-Sidewalk-Concrete-Work.jpg

थाहा पाउनुहोस्, सुरक्षित पिलर सिस्टम र असुरक्षित पिलर सिस्टम

5A8415852DC6C71-480556308_1202819154737528_5276985776561634442_n.jpg

बन्दीपुरमा १७ तलाको होटेल जेठदेखि सञ्चालन हुने, सवा ६ अर्ब लगानी