घरकर्जा लिँदा अनिवार्य चाहिने पर्सनल ग्यारेन्टी के हो, किन चाहिन्छ ?

ऋण लिने व्यक्तिमाथि भवितव्य आइलागेमा, काम गर्न नसकेमा, रोजगारी वा व्यापार गुमाएको खण्डमा वा असक्त भएर ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएमा त्यो ऋणको जिम्मा लिने व्यक्ति बैंकले खोज्‍ने गर्छन् ।

367B408218B985F-icon.png
1061views
7F589FB0B1602E9-Loan-g.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा घरजग्गा कर्जा लिन जाँदा व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) बस्‍ने परिवारको सदस्य पनि सँगै लैजानुपर्ने हुन्छ । बैंकहरुले व्यक्तिगत जमानी नराखी एउटै व्यक्तिलाई विश्‍वास गरेर ऋण दिँदैनन् ।

‘यदि भोलि ऋण लिएको व्यक्तिले समयमा साँवा तथा ब्याज नबुझाए मैले तिर्नेछु’ भनेर व्यक्तिगत जमानी बस्‍नुपर्ने एनएमबि बैंककी रिलेसनसीप म्यानेजर श्रद्धा अमात्यले बताइन् । ऋण लिने व्यक्तिमाथि भवितव्य आइलागेमा, काम गर्न नसकेमा, रोजगारी वा व्यापार गुमाएको खण्डमा वा असक्त भएर ऋण तिर्न नसक्ने अवस्था सिर्जना भएमा त्यो ऋणको जिम्मा लिने व्यक्ति बैंकले खोज्‍ने गर्छन् ।

अमात्यका अनुसार व्यक्तिगत जमानी बस्‍ने व्यक्ति एकाकर घरपरिवारको सदस्य हुनुपर्छ । अरु बाहिरी मान्छे बस्‍न पाइँदैन । बैंकले ऋणको प्रकृति हेरिकन कुनै कुनै ऋणमा बाहिरको मान्छे पनि जमानीकर्ता राख्‍न सक्छन् । राष्‍ट्र बैंकले श्रीमान–श्रीमती, बुवा–आमा, सासु–ससुरा, नछुट्टिएको दाजु–भाई, भाउजू–बुहारीलाई एकै घरपरिवारका सदस्य मानेको छ । यी व्यक्तिको सम्बन्ध स्पष्‍ट हुने गरि खुलेमा बैंकले व्यक्तिगत जमानी राख्छन् । 

‘जमानीकर्ताको दायित्व केही गरि ऋणीले साँवा र ब्याज नतिरे बैंकको ऋणको जिम्मा लिनुपर्ने हुन्छ, उसले जमानी बस्दै ऋणीले नतिरे आफुले ब्यहोर्ने सहमती गरेर कागजपत्रमा ल्याप्चे लगाइसकेको हुन्छ’ उनले भनिन्, ‘ऋण लिँदा एक जना जमानी बस्‍नैपर्छ ।’

बैंकले ऋणको सुरक्षाका लागि व्यक्तिगत जमानीकर्ता राख्‍ने गरेका हुन् । यसो हुँदा जमानी बस्ने व्यक्तिले ऋणीलाई बैंकको ऋण तिर्नका लागि घचघचाई रहन्छ । समाजमा मेरो इज्जत र प्रतिष्‍ठा छ, तैंले ऋण तिरिनस् भने मेरो इज्जत मेटिन्छ भन्दै घचघचाउन सक्छ । उनी भन्छिन्, ‘जमानीकर्ता एउटा ब्याकअप जस्तो हो, ऋणीले समयमा ऋण नतिरे जमानीकर्ताबाट असुली गरिन्छ ।’

व्यक्तिगत जमानीकर्ताको आम्दानी हुनैपर्छ भन्‍ने छैन । तर, उसको पनि आम्दानी भएमा बैंकलाई झन राम्रो हुन्छ । यदि ऋण लिने व्यक्तिको आम्दानीले भ्याउँदैन भने ऋणीले जमानीकर्ता वा एकाघर परिवारभित्रका सदस्यहरुको आम्दानीलाई पनि देखाउन सक्छ ।

जमानीकर्ताका जोखिम

अमात्यका अनुसार, व्यक्तिगत जमानी बस्‍ने व्यक्तिको पनि ऋण लिने व्यक्तिकै बराबर जिम्मेवारी हुन्छ । उ पनि ऋणी बराबर हो । भोलि केही गरि ऋणीले समयमा ऋण नतिरेको खण्डमा जमानीकर्ताको ऋण तिर्नुपर्ने दायित्व हुन्छ । 

‘जमानीकर्ताले कागजपत्र गर्दा नै भोलि ऋणीले समयमा ऋण नतिरेमा मैले तिर्नेछु वा त्यो ऋणको जिम्मेवारी मैले लिनेछु भनेर ल्याप्चे लगाएको हुन्छ’ उनले भनिन्, ‘जमानी बसेपछि भोलि केही समस्या आउँदा जमानीकर्ताले ऋण तिर्नुपर्छ ।’

व्यक्तिगत जमानीकर्ता उक्त ऋणप्रति सम्पूर्ण ‘रेस्पोन्सिवल’ हुनुपर्छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो