देशका मुख्य १५ शहरको घरजग्गा कारोबार सूचकः कहाँ बढ्यो, कहाँ घट्यो ?

३-४ बर्षअघि १० करोड राजश्‍व उठाउन नसक्ने प्रमुख शहरका मालपोत कार्यालयबाट अहिले झन्डै दुई अर्ब रुपैयाँसम्म राजश्‍व उठ्न थालेको छ । गत आर्थिक बर्षमा एक अर्बभन्दा बढी राजश्‍व उठाउने मालपोत कार्यालय दर्जन बढी छन् । 

367B408218B985F-icon.png
673views
B70C0FC5D954A99-nepal-homes-map_with-mukta_text_r1.jpg

केही बर्ष अघिसम्म घरजग्गा कारोबार र राजश्‍व असुलीमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरु अग्रणी थिए । कुल राजश्‍वमा उपत्यकाका मालपोत कार्यालयकै योगदान ठूलो रहन्थ्यो ।

तर, अहिले परिस्थिती बदलिएको छ । काठमाडौं उपत्यकालाई पछाडि पार्ने गरी मोफसलमा घरजग्गा खरिद बिक्री बढेको छ ।  उपत्यकाभित्र खाली जमिन सकिँदै गएपछि घरजग्गा कारोबारको हटस्पट मोफसलका शहरहरु बन्‍न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।

३-४ वर्ष अघि १० करोड राजश्‍व उठाउन नसक्ने प्रमुख शहरका मालपोत कार्यालयबाट अहिले झन्डै दुई अर्ब रुपैयाँसम्म राजश्‍व उठ्न थालेको छ । गत आर्थिक बर्षमा एक अर्बभन्दा बढी राजश्‍व उठाउने मालपोत कार्यालय दर्जन बढी छन् । 

मोफसलमै पहिलो बन्‍ने होडबाजी

काठमाडौं बाहिरको कुरा गर्ने हो भने एक समय पोखरा र चितवन घरजग्गा कारोबारमा अग्रणी थिए । तर, पछिल्लो समय पोखरा र चितवनलाई धनगढी र नेपालगञ्‍जले पनि जित्‍न थालेका छन् । राजश्‍व असुलीमा अझै पोखरा अग्रस्थानमा भए पनि कारोबार संख्यामा धनगढी र नेपालगञ्‍ज अगाडि पुगिसकेका छन् । अहिले सबैभन्दा बढी घरजग्गा कारोबार इटहरीमा हुन थालेको भूमि विभागको तथ्यांकले देखाउँछ । लुम्बिनी प्रदेशको राजधानी दाङतिर सरेपछि त्यहाँ पनि घरजग्गा किनबेच बढेको देखिन्छ । 

अहिले उपत्यका बाहिरका शहरमा पनि घरजग्गा कारोबार र राजश्‍व असुलीमा पहिलो बन्‍ने प्रतिस्पर्धा देखिन्छ । र, किनबेच बढेसँगै घरजग्गाको मूल्य पनि अचाक्ली बढ्न थालेको स्थानीय बताउँछन् । पोखरा, इटहरी, बुटवल, भैरहवा, चितवन लगायत शहरमा जग्गाको मूल्य उपत्यकाकै हाराहारी पुग्‍न थालिसकेको छ ।

केही बर्ष अघिसम्म पोखरा र चितवन सबैभन्दा बढी राजश्‍व उठाउने मालपोत कार्यालयमा थिए । उपत्यकापछि पर्यटकीय शहर पोखरा र कृषि तथा पर्यटनको केन्द्र चितवन घरजग्गाको कारोबार उच्च थियो । तर, अहिले झापा, मोरङ, सुनसरी, बारा, पर्सा, रुपन्देही, नेपालगञ्ज र धनगढी पनि घरजग्गा कारोबारको हटस्पट बनेपछि राजश्‍व संकलन पनि उच्च दरमा हुन थालेको छ । 

भूमि विभागको तथ्याङ्कले उपत्यका बाहिर घरजग्गा किनबेचमा इटहरी पहिलो र राजश्‍व असुलीमा पोखरा पहिलो देखिन्छन् । गत बर्ष सुनसरीको इटहरीमा मात्रै २७ हजार ९ सय ५५ घरजग्गा किनबेच भएको छ भने १ अर्ब १३ करोड रुपैयाँ राजश्‍व संकलन भएको छ । यो तथ्यांकमा सुनसरीकै धरान मालपोत कार्यालयको तथ्यांक समावेश छैन् । पछिल्लो समय धरानमा घरजग्गा किनबेच स्थिर रहेको छ । 

पोखरा मालपोत कार्यालयबाट १३ हजार ८९५ घरजग्गा किनबेच हुँदा २ अर्ब ११ करोड ४९ लाख रुपैयाँ राजशव संकलन भएको छ । झापाको दुईवटा मालपोत भद्रपुर र दमकबाट ३५ हजार घरजग्गा किनबेच भएका छन् भने १ अर्ब ३० करोड राजश्‍व असुली भएको देखिन्छ । 

मोरङको विराटनगर र बेलवारी गरी दुईवटा मालपोत कार्यालयबाट गत बर्ष ४० हजार घरजग्गा किनबेच र १ अर्ब ८२ करोड राजश्‍व संकलन भएको छ । चितवन जिल्लामा रहेका चारवटा मालपोत कार्यालयबाट गत बर्ष २२ हजार घरजग्गा किनबेच भएका छन भने २ अर्ब ३३ करोड राजश्‍व संकलन भएको छ । दुई/तीन बर्ष अघिसम्म उपत्यकाबाहिर सबैभन्दा बढी कारोबार हुनेमा दरिने सिंगो चितवनलाई अहिले सुनसरीको एउटै क्षेत्र इटहरीले जित्‍न थालेको छ ।

गत बर्ष रुपन्देहीका बुटवल र भैरहवा मालपोतमा ११ हजारमात्र घरजग्गा किनबेच भएका छन् भने १ अर्ब ७९ करोड राजश्‍व संकलन भएको छ । रुपन्देहीमा अघिल्लो बर्ष ०७६/७७ मा ३० हजार घरजग्गा किनबेच भएका थिए । गत बर्ष कारोबार ह्वात्तै घटेर एक तिहाई मात्र किनबेच भएको तथ्यांकले देखाउँछ । रुपन्देहीमा कारोबार संख्या ठूलो नभएपनि घरजग्गाको मूल्य उच्च हुनाले राजश्‍व असुली भने धेरै देखिन्छ । 

दाङ, नेपालगञ्ज र कैलालीमा उछाल 

कुनै समय घरजग्गा किनबेचमा खासै परिचित नभएको नेपालगञ्‍ज र कैलालीको धनगढीले बुटवल, पोखरा, चितवन, बारा, पर्सालाई जित्‍न थालेका छन् । काठमाडौं उपत्यका बाहिर घरजग्गा कारोबारको ट्रेन्ड बदलिँदो छ । परिचित हटस्पट शहरलाई नयाँ शहरले उछिन्‍न थालेका छन् ।

Image: Nepal Tourism Hub 

रुपन्देही, चितवन, बारा, पर्सा, पोखरालाई कारोबारमा दाङले पनि पछाडि पारेको छ । गत बर्षमात्रै दाङका घोराही, लमही र तुल्सिपुर मालपोतबाट २९ हजार घरजग्गा किनबेच भएका छन् जुन रुपन्देहीको तुलनामा तीन गुना बढी हो । 

पछिल्लो समय पाँच नम्बर प्रदेश राजधानी दाङमा तोकेपछि त्यहाँ घरजग्गाको कारोबारमा उछाल आएको स्थानीय घरजग्गा कारोबारी बताउँछन् । यतिसम्म कि, प्रदेश पाँच (लुम्बिनी)को राजधानी तोकिएको दाङको देउखुरीमा घरजग्गा मूल्य अस्वभाविक बढ्न थालेपछि स्थानीय प्रशासनले कारोबारमा रोक लगाएको छ । दाङमा तुल्सिपुर र घोराही गरी दुईवटा उप–महानगरपालिका रहेका छन् । 

विभागको तथ्यांकले पश्‍चिम नेपालको नेपालगञ्‍ज र धनगढी कारोबारका हिसाबले हटस्पट बन्‍न थालेका छन् । गत बर्ष नेपालगञ्‍जमा २० हजार ६ सय घरजग्गा किनेबच भएका छन् भने झन्डै एक अर्ब (९१ करोड ३४ लाख) रुपैयाँ राजश्‍व संकलन भएको छ ।

यस्तै, कैलालीको धनगढी र टिकापुर मालपोत कार्यालयबाट १६ हजार ३ सय घरजग्गा किनबेच हुँदा १ अर्ब १४ करोड रुपैयाँ राजश्‍व असुली भएको छ । यी क्षेत्रमा घरजग्ग किनबेच लगायत जग्गा प्रशासन सम्बन्धि कामहरु धेरै हुन थालेको राजश्‍व असुलीबाट प्रष्ट हुन्छ । अघिल्लो बर्षको तुलनामा नेपालगञ्‍ज र धनगढी–कैलाली मालपोतबाट दोब्बर राजश्‍व असुली भएको हो । 

नेपालगञ्‍ज र धनगढी किन उछाल आयो ? 

नेपालगञ्‍जमा आव ०७६-७७ मा २१ हजार १२० घरजग्गा किनबेच र ४८ करोड ५४ लाख रुपैयाँ राजश्‍व संकलन भएको देखिन्छ । तर, ०७७-७८ मा २० हजार ६ सय घरजग्गा किनबेच र ९१ करोड ३४ लाख राजश्‍व संकलन भएको छ । पश्‍चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्‍जमा तिब्र गतिमा बसाइ सराई  बढिरहेको छ । बाँकेको नेपालगञ्‍ज र कोहलपुरमा ठूलो शहर बसिसकेको छ । 

Image: OkDam

पछिल्लो समय बाँकेको कोहलपुरमा आवासिय र व्यवसायिक घरजग्गा किनबेच बढेको छ । पहाडी र हिमाली भेगबाट बसाइ सर्नेको आकर्षण नेपालगञ्‍जमा देखिएको छ । पछिल्लो समय नेपालगञ्‍ज पर्यटनको पनि हब बन्दै गइरहेको छ । नेपालगञ्‍ज र कोहलपुरमा दुईवटा पाँचतारे होटल सञ्‍चालनमा आइसकेका छन् । सरकारले कोहलपुर र नेपालगञ्‍जलाई समेटेर मेगा सिटी निर्माण गर्ने तयारी थालेको छ ।

त्यसो त शहरको आसपासमा अझै जग्गाको मूल्य बढि नसकेको र आवासिय तथा व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने ठहर गरी जग्गा किनेर राख्‍ने प्रवृत्ति बढेको बताइन्छ । नेपालगञ्‍ज–कोहलपुरको शहरी भेगमा जग्गाको मूल्य छोइनसक्नु छ । तर, शहरबाट २-४ किलोमिटर बाहिर जाने वित्तिकै १५-२० लाखमा भनेजस्तो घडेरी पाइने बताइन्छ । दुई बर्षअघिसम्म एक कट्ठा आउने पैसाले १० धुर जग्गा नआउने स्थानीय कारोबारी बताउँछन् ।

घरजग्गा कारोबारमा चम्किएको कैलाली जिल्लामा धनगढी र टिकापुरमा दुईवटा मालपोत कार्यालय छन् जहाँ गत बर्ष १६ हजार किनबेच र १ अर्ब १४ करोड राजश्‍व संकलन भयो ।
कैलाली जिल्लामा धनगढी, टिकापुर, अत्तरिया, सुखड र लम्की गरी पाँचवटा शहर रहेका छन् । यतिबेला सुदूरपश्‍चिम प्रदेश र कर्णाली प्रदेशका जनताको बसाइ सराइको गन्तव्य बनेको छ, कैलालीका शहर । 

यो क्षेत्रमा कारोबार बढ्दै गएपछि जग्गाको मूल्य पनि अचाक्ली बढ्न थालेको बताइन्छ । दुई-चार बर्षअघि लाख रुपैयाँ कट्ठा पर्ने जग्गाको मूल्य अहिले ८-१० लाख पुगको छ भने १० धुरको ८-१० लाख रुपैयाँ घडेरीको मूल्य तीन/चार गुनासम्म बढेको स्थानीय घरजग्गा व्यवसायी बताउँछन् । 

भैरहवा-बुटवलमा बढ्दो आकर्षण 

कुनै बेला देहातको रुपमा लिइने भैरहवा अहिले विकासे पूर्वाधार निर्माणले झकिझकाउ भएपछि समृद्ध शहरमा परिणत हुँदै गएको छ । अहिले भैरहवा उद्योग व्यवसाय सञ्‍चालन गर्नमात्र होइन, बसोबास गर्नका लागि पनि रोजाइमा पर्न थालेको छ । केही बर्षअघिसम्म पहाडी भेगबाट बसाइ सर्नेहरु बुटवल आसपासमै घडेरी किनेर बस्‍ने गर्थे । अहिले भैरहवासम्मै घरघडेरी बस्‍न थालेको देखिन्छ । बुटवल भैरहवा मुलुककै आधुनिक र सुविधा सम्पन्‍न शहरमा परिणत हुँदै गएपछि जग्गाको भाउ पनि छोइ नसक्नु बढेको छ ।

भैरहवा–बुटवल खण्डमा एउटै घडेरीको मूल्य करोडभन्दा बढी पर्न थालेको सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवाल बताउँछन् । बुटवलमा पाँच नम्बर प्रदेशको अस्थाइ राजधानी तोकिएको थियो । स्थाइ राजधानी पनि बुटवलमै रहने अपेक्षा विपरित दाङ सरेपछि घरजग्गाको किनबेच र भाउ पनि स्थिर बनेको घरजग्गा व्यवसायी बताउँछन् । 

तर, बुटवल भैरहवामा पूर्वाधार निर्माणले पाएको तिब्रता कारण प्रदेश राजधानी नहुँदैमा आकर्षण नघट्ने बताउँछन् स्थानीय । भैरहवा नाका, औद्योगिक शहर, लुम्बिनी, अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण, तारे होटलको बाढी, स्वास्थ्य र शिक्षामा अग्रणी हुँदा बुटवल भैरहवा आफैमा समृद्ध रहेको अग्रवाल बताउँछन् । 

अहिले भैरहवामा जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन नै प्रतिकट्ठा करोडभन्दा बढी रहेको छ । भैरहवादेखि बुटवल खण्डमा घडेरी पनि किन्‍न नसक्ने गरी मूल्य बढेको अग्रवालको भनाई छ । त्यसैले उद्योग खोल्ने व्यवसायीले भैरहवा–परासी खण्डमा जग्गा किनेर उद्योग स्थापना गरिरहेका छन् । 

अहिले बुटवल भैरहवामा हाउजिङ परियोजना निर्माण हुन थालेका छन् । तिलोत्तमा होम्स, बोधिहोम्स र हब लुम्बिनी आवास परियोजनाले पनि बुटवल भैरहवाको आकर्षण थप्‍ने विश्‍वास गरिएको छ ।

किनबेच बढेसँगै चितवनमा पनि मूल्य बढ्दो 

चितवनको भरतपुरमा जग्गाको सरकारी मूल्यांकन नै प्रतिकट्ठा २ करोड ८० लाख रुपैयाँसम्म तोकिएको छ । विगत १५ बर्षदेखि घरजग्गा कारोबारमा संलग्‍न तेज डेभलपर्सका सञ्‍चालक तेजप्रसाद पाठकका अनुसार अहिले चितवनको भरतपुर शहरमा भन्दा भित्रपट्टी जग्गाको किनबेच बढेको छ ।

अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एरियातिर विकास निर्माणले तिब्रता पाउँदा घरजग्गा कारोबार पनि बढेको उनले सुनाए । विपि कोइराला क्यान्सर अस्पताल, रामपुर क्याम्पस (जहाँ रंगशाला बन्दैछ), पश्चिम चितवनका मेघौलीसम्म घरजग्गा कारोबार उछालिएको छ ।

क्यान्सर अस्पतालतिर १० धुरकै ५०-६० लाख रुपैयाँसम्म पर्छ । भरतपुरको १० र ११ नम्बरमा १० धुरको एक करोड पर्न थालेको छ । गितानागर साइटमा १० धुरलाई २५-३० लाख रुपैयाँ पर्छ । भित्रपट्टी १० धुरको १५-२० लाखमै पाइन्छ । सौराहामा आवासिय भन्दा पनि होटल खोल्नका लागि जग्गा किनबेच हुन्छ । त्यो क्षेत्रमा बढी डुवान हुने र जंगली जनावरको पनि डर हुनाले आवासीय प्रयोजनका लागि जग्गा किनबेच अत्यन्तै कम हुने पाठकले बताए । 

बारामा फास्ट्रयाकले हल्लाले नै बढायो मूल्य 

संघीय राजधानी काठमाडौंलाई तराइसँग जोड्ने फास्ट ट्रयाक र निजगढ अन्तर्राष्‍ट्रिय विमानस्थल कहिले बन्‍ने हो यकिन छैन । तर, त्यही फास्ट ट्रयाक र विमानस्थलको हल्लाले बारा निजगढमा जग्गाको भाउ चुलीमा पुगेको स्थानीय घरजग्गा व्यवसायी राजन कुमार शाह बताउँछन् ।

शाहका अनुसार निजगढमा पछिल्लो ५ बर्षयता जग्गाको भाउ ७–८ गुणाले बढिसकेको छ । ‘०७१ सालसम्म महेन्द्र राजमार्ग आसपासमै कट्ठाको ४–५ लाखमै पाइन्थ्यो, तर अहिले निजगढको भित्रै पुग्दा पनि कट्ठाको ३० लाखभन्दा कम मूल्यमा पाउन कठिन हुन्छ ।’ उनी भन्छन् । 

निजगढमा अहिले जग्गा व्यवसायी र खरिदकर्ताको दैनिक भिड लाग्‍ने गर्छ । एउटै व्यक्ति र कम्पनीले ५० विघासम्मका प्लट किनेर राखेका छन् । बारा–पर्सा मुलुककै ठूलो र पुरानो औद्योगिक करिडोर हो । यहाँ ठूलाठूला उद्योगहरु सञ्‍चालनमा छन् । बीरगञ्‍ज, सिमरा, परवानीपुर लगायत ठाउँमा ठूला उद्योग सञ्‍चालन भइरहेको बताइन्छ । यो ठाउँमा उद्योग सञ्‍चालनका लागि व्यवसायीले ठूला ठूला प्लट किनेर राखेका छन् । 

इटहरीमा मूल्य चर्कियो 

Image: GM Nepal

पूर्वी नेपालको इटहरी विराटनगर–धरान र पूर्व–पश्‍चिम राजमार्गको केन्द्रमा पर्छ । पछिल्लो समय तिब्र गतिमा विकास भइरहेको शहरको नाम लिँदा इटहरी पहिलो नम्बरमा पर्न थालेको छ । पछिल्लो २५ बर्षमा इटहरी व्यसायिक शहरमात्र बनेन, पूर्वी नेपालको रोजाइको आवासिय सहर पनि बनेको छ । 

अहिले इटहरी क्षेत्रमा घरजग्गाको भाउ चर्किएको छ । इटहरी उपमहानगरभित्र जग्गाको सरकारी मूल्यांकन नै प्रतिकट्ठा १ करोड ३० लाख रुपैयाँसम्म रहेको छ । पूर्वी नेपालका पहाडी र हिमाली क्षेत्रका मानिसहरुको बसाइ सराइका लागि र व्यापार व्यवसाय गर्नका लागि इटहरी अगाडि देखिएको छ । हालैमात्र भाटभटेनीले सबैभन्दा ठूलो स्टोर सञ्‍चालनमा ल्याएको छ । भाटभटेनी परिसरमा रहको केएफसीको आउटलेटमा पहिलो दिन किर्तिमानी ग्राहक आएका थिए । केएफसीका अनुसार, पहिलो दिन ८ हजार भन्दा बढी ग्राहकले बिल तिरेका छन् । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

F3BEEF298868AC7-IMG_2722.jpeg

भूकम्पले चर्किएको मालपोत भवनबाट एक अर्ब राजस्व उठाउँछन् कर्मचारी

3BA72E05089C661-jagga.png

कोशी प्रदेश बन्यो रियल इस्टेटको हटस्पट, सवा अर्बमा एउटै प्लट बिक्री