सामान्यतया आवासीय घरका लागि भवन संहिता कोड अनुसार स्ट्रक्चरल पार्टमा प्रयोग हुने कंक्रिटको ग्रेड न्यून्तम M२० हुनुपर्छ । त्यो भनेको सामन्यतया १ः१.५ः३ अनुपातमा सिमेन्ट, बालुवा र रोडा हाल्नुपर्छ । त्यसलाई व्यवहारिक रुपमा १ः२ः३ सम्म प्रयोग गर्दा फरक नपर्ने ढुंगानाको भनाइ छ । अर्थात १ भाग सिमेन्टमा २ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ।
घर बनाउँदा नभइ नहुने निर्माण सामाग्रीमा रोडा-गिट्टी पर्छ । सिमेन्ट, बालुवा र गिट्टीको कंक्रिट बनाएर पिलर, उठाउने, बिम बाँध्ने र ढलान गर्ने काम गरिन्छ । जति राम्रो सिमेन्ट, बालुवा र गिट्टी भयो त्यति नै राम्रो कंक्रिटको घोल बन्छ । त्यसैले निर्माण सुरु गर्नुअघि गुणस्तरीय सिमेन्ट, बालुवा र गिट्टी छनौट गर्नु जरुरी रहेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाँल बताउँछन् ।
हामी आज तपाईंहरुलाई रोडा-गिट्टीका बारेमा जानकारी गराउन गइरहेका छौं जसले तपाईंलाई राम्रो रोडा-गिट्टी छनोट गर्न सहजता होस् ।
रोडा-गिट्टी नदि र पहाडबाट उत्खनन गरिन्छ । नेपालमा पनि खोला, नदिनाला र खानीका ढुंगा फोडेर बढी गिट्टी निकाल्ने गरिन्छ । रोडालाई त्यसको आकार, प्रकृति र त्यसको प्राकृतिक गठनको आधारमा बर्गिकृत गरिएको हुन्छ ।
अजिरा बिल्डर्सका सञ्चालक एवं शिभिल इञ्जिनियर अनुप ढुंगानाका अनुसार, रोडाको आकार अनुसार गोलो आकारको रोडा, अनियमित अथवा आंशिक गोलो आकारको रोडा, कोण (चुच्चो) आकारको रोडा, सानो आकारको रोडामा वर्गीकरण गरिएको हुन्छ । निर्माण कार्यमा रोडाले महत्वपूर्ण भूमिका खेल्छ । कंक्रिट बनाउनका लागि रोडा-गिट्टी नभइ हुँदैन ।
सामान्यतया आवासीय घरका लागि भवन संहिता कोड अनुसार स्ट्रक्चरल पार्टमा प्रयोग हुने कंक्रिटको ग्रेड न्यून्तम M२० हुनुपर्छ । त्यो भनेको सामन्यतया १ः१.५ः३ अनुपातमा सिमेन्ट, बालुवा र रोडा हाल्नुपर्छ । त्यसलाई व्यवहारिक रुपमा १ः२ः३ सम्म प्रयोग गर्दा फरक नपर्ने ढुंगानाको भनाइ छ । अर्थात १ भाग सिमेन्टमा २ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ। प्राय नेपालभरी निर्माण कार्यमा थुन्चेको अधिक प्रयोग हुने गरेतापनि त्यसले सही अनुपातको मिश्रण बन्दैन। त्यही भएर सही अनुपातको मिश्रण निकाल्न बजारमा किन्न पाइने ब्याच बक्सको प्रयोग गर्नुपर्ने घरकर्मका सञ्चालक तथा सिभिल इञ्जिनियर सन्तोष पुडासैनीले बताए। ठूला-ठूला परियोजनामा भने अझै सही अनुपातको मिश्रण तयार पार्नको लागि तौलको आधारमा परिमाण तय गरिने पुडासैनी बताउँछन्।
ब्याच बक्स
यसरी हेर्दा १ः२ः३ रेसियोमा जम्मा ६ भागको ३ भाग (५० प्रतिशत) हिस्सा गिट्टीको हुन्छ’ उनले भने, ‘एम२५ कंक्रिटमा १ः१ः२ सिमेन्ट, बालुवा र गिट्टी प्रयोग हुन्छ । यसमा कंक्रिटको ४ भागको २ भाग गिट्टी प्रयोग गरिन्छ । यसमा पनि ५० प्रतिशत हिस्सा गिट्टीको भए पनि एम२० भन्दा M२५ बलियो कंक्रिट हो ।’
कंक्रिट ६ भागको बनाउने कि ४ भागको भन्ने कुरा हचुवामा निर्णय गर्ने होइन, हरेक घरको स्ट्रक्चरल एनलाइनसिसबाट कस्तो रिजल्ट आउँछ त्यसको आधारमा इन्जिनियरले एम२० अथवा एम२५ कति राख्ने भन्ने सल्लाह दिन्छन् । ६ भागको कंक्रिट बनाउनुपर्ने ठाउँमा कतिपय मान्छेले रोडा वा बालुवाको मात्रा बढाएर कंक्रिटलाई १ः३ः३ वा १ः२ः४ वा १ः३ः४ रेसियोमा बनाउने गर्छन जुन एकदमै गलत हो ।
यसरी ६ भागको कंक्रिट बनाउनुपर्ने ठाउँमा ७ वा ८ भागको बनाउँदा कंक्रिट कमजोर बन्न जाने ढुंगाना सुझाव दिन्छन् । र, त्यसको भूकम्प प्रतिरोधात्मक क्षमता पनि घट्न जाने, घर कमजोर बन्ने हुन्छ । त्यसो गर्नु हुँदैन । रोडा र बलुवा तोकिएको मात्रामा मात्र हाल्नुपर्छ ।
तपाईं हामीले रोडा-गिट्टीको गुणस्तर, ग्रेड र अन्य विशेषताको बारेमा बुझ्न भने एकदमै जरुरी हुन्छ ।
राम्रो रोडा-गिट्टीमा हुनुपर्ने गुणहरु
इञ्जिनियरहरुका अनुसार, राम्रो-गिट्टीका केही विशेषताहरु हुन्छन् । ती विशेषताहरु पहिचान गरेर रोडा किन्न सकेमा राम्रो गुणस्तरको पर्ने रमेश फुयाँल बताउँछन् ।
रोडामा धर्सा भएको, लेप लगाइएको, धुला कणहरु भएको र अन्य हानिकारक पदार्थको मिश्रण हुन नहुने ढुंगानाको सुझाव छ । ‘घरको स्ट्रक्चरल पार्टस् (घरको भार बाहन गर्ने भाग), जस्तो कि फाउन्डेसन, पिलर, बीम र स्ल्याबमा प्रयोग गर्ने रोडा जहिले २५ एमएम भन्दा सानो साइजको प्रयोग गर्नुपर्छ’ उनले भने, ‘कसैकसैले ठुलो रोडा हाल्यो भने पो घर बलियो हुन्छ भनेर ठुल्ठुलो रोडा प्रयोग गर्ने गरेको पनि देखिन्छ, जुन गलत हो ।’
अझ कसैले त सानो रोडा हाल्दा कंक्रिटको मात्रा बढी जान्छ, सिमेन्ट बढी लाग्छ भनेर ठूलो गिट्टी-रोडा हाल्ने गरेको पाइन्छ । तर, वास्तवमा ठूलो रोडा राख्दा पिलर, बीममा डन्डीले कंक्रिट भित्रसम्म छिर्न दिदैन र पिलर, बीम खोक्रो बन्न जान्छ । जुन घरको लागि एकदमै खतरनाक संरचना बन्न जान्छ । सानो गिट्टी प्रयोग गर्दा डन्डीको बिचको ग्यापबाट सजिलै तल-भित्रसम्म कंक्रिट पुगेर घर बलियो बन्छ ।
रोडा एकैनासको सबै बराबर साइजको नभइ कुनै अलिकति ठूलो कुनै अलिकति सानो गरी मिलाएर राखेको राम्रो हुने ढुंगानाको भनाइ छ । माथि भनेजस्तै २५ डाउन गिटीमा ५ प्रतिशत जति गिट्टी २५ एमएम भन्दा अलिक ठूलो भएर पनि फरक पर्दैन । र, बाँकी गिट्टी कुनै १० एमएम, कुनै १५ वा २० एमएमको हुन सक्छ, केही गिट्टी लाम्चो खालको पनि हुनसक्छ, केही गिट्टी ५ एमएमको पनि हुनसक्छ । यसरी ५ एमएमसम्मको वा लाम्चो खालको रोडा-गिट्टीको मात्रा धेरै हुनु हुँदैन । हेर्दाखेरी सबै साइजको मिलेको देखिनुपर्छ । यस्तोलाई अंग्रेजीमा ‘वेल ग्रेडेड एग्रिगेट’ भनिन्छ ।
खोलाको गिट्टी प्रयोग गर्नु हुँदैन । तर, खोलाको ढुंगा कुटेर बनाइएको गिट्टी भने राम्रो हुन्छन् । प्रायः खोलाको गिट्टी गोलो हुन्छ तर घरमा प्रयोग गर्नका लागि चुच्चो परेको गिट्टी राम्रो मानिछ । त्यसैले जहिले पनि क्रसरबाट फुटालेको वा चुच्चो परेको गिट्टी किनेर प्रयोग गर्नुपर्ने ढुंगाना बताउँछन् ।