कति ब्याजदरमा पाइन्छ सञ्‍चय कोषको घर सापटी कर्जा ?

यदि तपाईं सञ्‍चय कोषको सञ्‍चयकर्ता हुनुहुन्छ र घर बनाउनका लागि होमलोनको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि कोषले दिने घर सापटी कर्जा सबैभन्दा उपयुक्त हुन सक्छ । सञ्‍चय कोषको कोषको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

367B408218B985F-icon.png
2303views
72A9113BE2AC69D-Karmachari sanchaya.jpg

के तपाईंलाई थाहा छ, कर्मचारी सञ्चय कोषले आफ्ना सञ्‍चयकर्ताहरुलाई  आवासको व्यवस्था गर्न घर सापटी कर्जा दिन्छ नि !

यदि तपाईं सञ्‍चय कोषको सञ्‍चयकर्ता हुनुहुन्छ र घर बनाउनका लागि होमलोनको खोजीमा हुनुहुन्छ भने तपाईंका लागि कोषले दिने घर सापटी कर्जा सबैभन्दा उपयुक्त हुन सक्छ । सञ्‍चय कोषको कोषको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको भन्दा तुलनात्मक रुपमा सस्तो पनि हुन्छ ।

कोषले ०७८ भदौ अन्तिमदेखि ६० औं बार्षिकोत्सव मनाउँदै सञ्‍चयकर्तालाई घरजग्गा खरिद कर्जा सेवा सुरुवात गरेको छ । आफ्ना सञ्‍चयकर्तालाई नयाँ घर निर्माण गर्न, घरको तला थप गर्न र घर खरिद गर्नका लागि कर्जा प्रवाह गर्ने सञ्‍चय कोषले जनाएको छ ।

कर्जाको ब्याजदर

कोषले घर सापटी र घर मर्मत सपाटी कर्जा ७.९० प्रतिशत ब्याजदर उपलब्ध गराइरहेको जनाएको छ । घर सापटी धितो मूल्यांकनमा नबढ्ने गरी बढीमा १ करोड रुपैयाँ लिन पाइन्छ । कोषका अनुसार १० बर्षभन्दा कम सेवा अवधि बाँकी भएका सञ्‍चयकर्ताको हकमा १२ बर्षको तलबमान र १० बर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्‍चयकर्ताको हकमा १५ बर्षको तलबमानलाई आधार बनाइन्छ ।

घर सापटी लिन चाहिने योग्यता

एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्ष सेवा बाँकी रहेका सञ्‍चयकर्ताले घर सापटी लिन पाउँछन् ।  ग्रेस अवधिसहित अधिकतम २० बर्षसम्मका लागि घर सापटी लिन सकिन्छ।

सापटी प्रवाह

सापटी प्रवाह कम्तीमा २ किस्ता र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा अधिकतम ४ किस्ताको व्यवस्था गरिएको छ । प्रथम किस्ता ५० प्रतिशतसम्म हुनेछ, तर घर खरिदको हकमा भने एकमुष्‍ठ सापटी प्रवाह गरिने कोषले जनाएको छ ।

घर निर्माणको सन्दर्भमा कोषले डिपीसीको कार्य सम्पन्‍न भएपछि मात्र घर सापटी कर्जा प्रवाह गर्नेछ । एउटै धितोमा खामेसम्म पती पत्‍नी दुबै जनाको तलबमानबाट सापटी लिन सकिने व्यवस्था छ । सञ्‍चय कोषले आफ्नो वित्तीय स्रोतबाट सञ्‍चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्‍चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ ।

यस्तै, मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्‍चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । कोषले विभिन्‍न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्बारा प्रवद्धित जलविद्युत आयोजनाहरु लगायतमा ऋण लगानी गरिरहेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमलाई अन्तर्राष्‍ट्रिय उडान गर्ने विमान खरिद गर्न पनि ऋण लगानी गरेको छ । कोषले अधिकांश शेयर स्वामित्व सञ्‍चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको जनाएको छ ।

Image: Facebook 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै