शहरी विकास तथा भवन निर्माण विभागले घर तथा भवनको सेनेटरी कार्य गर्दा विभिन्न कुराहरुमा ध्यान दिन सुझाव दिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले घर तथा भवनको सेनेटरी कार्य गर्दा विभिन्न कुराहरुमा ध्यान दिन सुझाव दिएको छ ।
शौचालयको स्थान
१) प्रशस्त प्रकाश र दोहोरो हावा परिचालन हुने स्थान उपयुक्त हुन्छ ।
२) भवन नजिक रहेको ढल निकासको अवस्थितीलाई विचार गर्नुपर्छ ।
३) ढल निकास नभएको खण्डमा सेप्टि टंयाङ्की निर्माण गरेर ढल व्यवस्थापन गर्नुपर्छ ।
४) पानीको मुहान र वातावरणलाई प्रतिकुल असर नपर्ने गरी स्थान छनौट गर्नुपर्छ ।
शौचालयको साइज
१) शौचालयको न्यूनतम साइज १६ बर्गफिट हुनुपर्छ ।
२) शौचालयमा राखिने सेनेटरी सम्बन्धि सामाग्रीहरुको संख्या, प्रकार, अवस्थिती तथा त्यसको प्रयोग गर्न आवश्यक पर्ने खाली स्थानको आधारमा शौचालयको साइज निर्धारण गर्नुपर्छ ।
३) सेनेटरी फिक्स्चरहरु जस्तै प्यान, कमोड, बेसिन, धारा, युरिनल आदि भित्ताबाट कम्तिमा १.५ फिट टाढा हुनुपर्छ र एक आपसमा सेन्टर टु सेन्टर दुरी कम्तिमा २ फिट हुनुपर्छ ।
४) यसरी समान्य रुपमा नक्सा तयार गरी निर्माण कार्य सुरु गर्दा सेनेटरी निर्माण कार्य व्यवस्थित र प्रभावकारी हुन्छ ।

शौचालयमा प्रयोग हुने पानीको पाइको साइज निर्धारण गर्ने तरिका
१) पानीको पाइपको साइज निर्धारण गर्दा फिक्स्चर बमोजिमको युनिट निर्धारण गर्नुपर्छ । १ युनिट भनेको १० लिटर प्रतिमिनेट पानी प्रवाह गर्ने क्षमता हो । शौचालयमा राखिने फिक्स्चरहरु बमोजिम तलको तालिका प्रयोग गरी कुल युनिटको आकलन गर्न सकिन्छ ।
२) यसरी आकलन गरिएको युनिटको आधारमा निम्न बमोजिम पाइपको साइज निर्धारण गर्न सकिन्छ ।
पानीको पाइप लेइ गर्दा ध्यान दिनुपर्ने कुराहरु
१) पाइप लाइनको काम गर्दा सकभर छोटो बाटो प्रयोग गर्नुपर्छ ।
२) पाइप फिटिङ्सहरु जस्तै एंगल भल्ब, विव कक, मिक्स्चर, धारा–टुटी आदि प्रयोग गर्नुअघि सोको वासर ठिक छ-छैन हेर्न जरुरी हुन्छ । पानीको चुहावट रोक्न यो महत्वपूर्ण हुन्छ ।
३) गेट भल्ब तथा चेक भल्ब आदि नन–मार्केट अर्थात् गैरफलाम जन्य सामाग्री प्रयोग गर्दा खिया लाग्ने समस्याबाट जोगिन सकिन्छ । गेटभल्बको ह्वील घुमाउँदा, ह्वील तल वा माथि हुन्छ र पानीको बहाव नियन्त्रण हुन्छ । यसरी ह्वील तल वा माथि हुन्छ÷हुँदैन चेकजाँच गरेर मात्र गेट भल्ब प्रयोग गर्नुपर्छ ।
४) चेक भल्बमा पानी एकै दिशाबाट मात्र बग्ने अवस्था गरिएको हुन्छ । यसले विपरित दिशामा पानीको ब्याक फ्लो हुनबाट रोक्छ । जस्ले गर्दा जडान भएका पम्प तथा अन्य उपकरणलाई क्षति हुनबाट बचाउछ । फुट भल्ब पनि ब्याक फ्लो रोक्न प्रयोग गरिन्छ । चेकभल्ब साधारणतया पम्पको पानी फाल्ने पोइन्टमा राखिन्छ भने फुट भल्ब पम्पको पानी तान्ने प्वाइन्टमा प्रयोग गरन्छ ।
५) पाइप तथा फिटिङ फिट गर्नुअघि फुटेको, चर्केको वा बिग्रेको छ/छैन भनेर चेक गर्नुपर्छ ।
वेष्ट पाइप, स्वाइल पाइप र भेन्ट पाइप लेइ गर्दा ध्यान दिनुपर्ने कुराहरु
१) बाथरुममा नुहाएको, हात धोएको तथा किचनको फोहोर पानी निकास गर्ने बेस्ट पाइपको साइज कम्तिमा ३ इन्च र शौचालयको दिशा निकास गर्ने सोइल पाइप कम्तिमा ४ इन्चको हुनुपर्छ । चुहावट नहुने गरी यस्ता पाइप बिच्छाउनुपर्छ ।
२) वेष्ट (फोहोर बग्ने) पाइप राख्दा सकभर ९० डिग्री बेन्डडको सट्टामा दुईवटा ४५ डिग्रीको बेन्ड प्रयोग गर्दा निकास बढी प्रभावकारी हुन्छ ।
३) वेष्ट (फोहोर बग्ने) पाइप र सोइल पाइपमा भेन्ट पाइपको मद्दतबाट भेन्टिलेसन प्रदान गर्नुपर्छ । भेन्टिलेसनले पाइपमा जम्मा भएको प्रदुषित ग्यासलाई पाइपबाट बाहिर निस्कासन गरी नकारात्मक दबाव, वाहवमा अवरोध जस्ता असर सिर्जना गर्न दिँदैन ।
४) भेन्ट पाइप खुला हावामा एक्स्पोज हुन्छ र त्यसको अन्तिम स्थानमा भेन्टकाउलले छेप्नुपर्छ ।
५) वेष्ट (फोहोर बग्ने) पाइप र सोइल पाइपको साइज भन्दा त्यसलाई भेन्टिलेट गर्ने भेन्टपाइप सानो हुनु हुँदैन ।
६) प्रायः घरबाट निष्कासन भएको फोहोर पानी सार्वजनिक ढलमा जोडिन्छ । फोहोर पानीको मात्र सिमित हुन्छ । त्यसले गर्दा पानीले बोकेको फोहोर सञ्चय भई पाइप ब्लक हुन सक्छ । त्यसो हुनबाट बचाउन छेउमा दिइएको तालिका अनुसार फोहोर पानीको पाइपको स्लोप मिलाउनु पर्छ ।
ओभरहेड वाटर टंयाङ्की राख्दा ध्यान दिनुपर्ने कुराहरु
१) ओभरहेड वाटर ट्यांक र पानीको अभाव हुने ठाउँ, घरेलु प्रयोजन, शौचालयमा फ्लसिन आदि प्रयोजनका लागि पानी सञ्चित गर्न आवश्यक पर्छ ।
२) ओभरहेड वाटर ट्यांकीको स्टान्ड फिट गर्दा पानीको भार थेग्न सक्ने गरी बलियो हुने गरी आवश्यक संरचना बनाउनुपर्छ ।
३) माइल्ड स्टिल सिट्सबाट बनेको पानी टंयाङ्की लाई खिया लाग्नबाट बचाउन भित्र बाहिर दुबैतिर रङ लगाउनु पर्छ ।
४) ओभरहेड वाटर ट्यांकीको क्षमता चयन गर्दा तल दिइएको तालिका बमोजिम दैनिक पानीको आवश्यकता निर्धारण गर्न सकिन्छ । सोही बमोजिम ओभरहेड ट्यांकको साइज यकिन गर्न सकिन्छ ।
५) उदाहरणको लागि यदि एउटा आवासीय भवनको परिवारमा चारजना सदस्य छन भने न्यूनतम रुपमा ४×३६० = १४४० लिटर वा बजारमा उपलब्ध निकटतम मिल्दो साइजको ओभरहेड वाटर टंकी राख्न सकिन्छ ।
अन्डरग्राउन्ड वाटर टंयाङ्की बनाउन ध्यान दिनुपर्ने कुराहरु
१) अन्डरग्राउन्ड वाटर टंयाङ्की निर्माण गर्दा सेप्टी टंयाङ्कि, सोकपीटबाट कम्तिमा १६ फिट ५ इन्च दुरी कायम गर्नुपर्छ ।
२) अन्डरग्राउन्ड वाटर टंयाङ्की सकेसम्म पानी जम्ने ठाउँमा बनाउन हुँदैन ।
३) अन्डरग्राउन्ड वाटर टंयाङ्कीकाे क्षमता सामान्य अवासीय भवनमा १२ देखि २४ घण्टाको औषत दैनिक माग पूर्ति गर्ने क्षमताको हुनुपर्छ ।
४) अन्डरग्राउन्ड वाटर टंयाङ्कीको स्ल्याबमाथि आउन सक्ने सम्भावित भार बहन गर्न सक्ने गरी स्ल्याब निर्माण गर्नुपर्छ ।
५) अन्डरग्राउन्ड वाटर टंयाङ्की बनाउँदा पानी नचुहिने गरी बनाउनुपर्छ । टंयाङ्कीमा पानी भरी हुँदा बाहिर पानी चुहिने हुनु हुँदैन भने टंयाङ्की खाली हुँदा बाहिरबाट पानी सिपेज भइ रसाएर भित्र छिर्ने पनि हुनु हुँदैन ।
६) वाटर पम्प जडान गर्दा सकभर अन्डरग्राउन्ड वाटर टंयाङ्की नजिक जडान गर्नुपर्छ । पम्प समय समयमा मर्मत गर्नुपर्ने हुन्छ । त्यसको लागि पम्पको पानी तान्ने र पानी फ्याक्ने स्थान चित्रमा देखाइ बमोजिम युनियन राख्नुपर्छ । यसरी युनियन प्रयोग गर्दा पम्प निकालेर मर्मत वा फेर्ने आदि काम सजिलै गर्न सकिन्छ ।
सेफ्टी टंयाङ्की बनाउँदा ध्यान दिनुपर्ने कुराहरु
१) सामन्यतया प्यान र कमोडबाट जाने फोहोर (मलमुत्र) को पाइप सेफ्टिक टंयाङ्कीमा निकास गर्नुपर्छ ।
२) सेफ्टिक टंयाङ्कीका लागि स्थान छनोट गर्दा पानीको मुहान र वातावरणलाई असर नपर्ने गरी छनोट गर्नुपर्छ ।
३) सेफ्टिक टंयाङ्की तथा पाइप लाइनहरु ब्लक वा जाम हुन नदिन तथा सफा गर्न सहजताको लागि ठाउ ठाउँमा मंगल बनाउनु पर्छ । मंगलको सामान्य नक्सा यस प्रकार छ ।
४) प्रयोगकर्ताको संख्याको आधारमा सेफ्टिक टंयाङ्कीको साइज निर्धारण गरिन्छ । यसको लागि तलको नकसा र तालिका प्रयोग गर्न सकिन्छ ।
५) उदाहरणको लागि यदि आवासिय भवनको परिवारमा १० जना सदस्य छन् भने न्यूनतम रुपमा सेफ्टि टंयाङ्कीको लम्बाई ११ फिट २ इन्च, चौडाइ ४ फिट ११ इन्च र उचाई ५ फिट ५ इन्च हुनुपर्छ ।
सोकपीट बनाउँदा ध्यान दिनुपर्ने कुराहरु
१) बाथरुममा नुहाएको, हात धोएको तथा किचनको फोहोर पानी वेष्ट पाइपमार्फत सोकपीटमा व्यवस्थापन गर्नुपर्छ ।
२) साधारणतया सोकपीट बनाउँदा गोलो आकारको बनाइन्छ । पानीको मुहान र वातावरणलाई असर नपर्ने गरी सोकपीट निर्माणको स्थान छनोट गर्नुपर्छ ।
३) सोकपीट र खानेपानीको मुहान जस्तै कुवा, इनार आदि सकेसम्म टाढा हुनुपर्छ ।
४) प्रयोगकर्ताको संख्याको आधारमा सोकपीट साइज निर्धारण गरन्छ । त्यसको लागि तलाको नक्सा र तालिका प्रयोग गर्न सकिन्छ ।
उदाहरणको लागि एउटा आवासीय भवनको परिवारमा १० जना सदस्य छन् भने न्यूनतम रुपमा सोकपीटको व्यास ४ फिट ९ इन्छ र उचाइ ६ फिट हुनुपर्छ ।
वाटर सिल
सामान्यता शौचालयमा प्रयोग हुने फिक्स्चरहरु विशेष गरी प्यान, बेसिन, ट्रयाप आदिमा पानी भएको हुनुपर्छ । जसले गर्दा किरा फट्यांग्रा तथा दुर्गन्ध आदिबाट बच्न सकिन्छ । प्यान वा कमोडमा पी वा एस ट्रयाप, बेसिनमा बोटल ट्रयाप, भुइँमा फ्लोर ट्रयाप र बार्षत्को पानीका लागि नाली ट्रयाप प्रयोग गर्नुपर्छ ।
ध्यान दिनुपर्ने अन्य महत्वपूर्ण कुराहरु
१) नेपाल गुणस्तर चिन्ह प्राप्त वा आइएसओ प्रमाणित गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गर्नुपर्छ ।
२) सेनेटरी सम्बन्धि काम गर्दा दक्ष कालिगढ प्रयोग गर्नुपर्छ ।
३) सेनेटरी सम्बन्धि काम गर्दा प्राविधिको पनि सल्लाह लिनुपर्छ ।
४) नियमित मर्मत सम्भारमा ध्यान दिनुपर्छ । पानीको चुहावट हुनबाट सतर्क हुनुपर्छ ।
५) स्वच्छ, सफा र गुणस्तरीय पानी प्रयोग गर्नुपर्छ । पानीको स्वच्छतामा कुनै पनि सन्देह भएमा नजिकैको प्रयोगशालामा गइ गुणस्तर परिक्षण गर्नुपर्छ ।