घरमा शौचालयदेखि सेफ्टी ट्यांकी सम्म बनाउँदा ध्यान दिनुपर्ने कुराहरु

शहरी विकास तथा भवन निर्माण विभागले घर तथा भवनको सेनेटरी कार्य गर्दा विभिन्‍न कुराहरुमा ध्यान दिन सुझाव दिएको छ । 

367B408218B985F-icon.png
2737views
0858E144F489CF1-759E81D27C89847-toilet-final.jpg

शहरी विकास तथा भवन निर्माण विभागले घर तथा भवनको सेनेटरी कार्य गर्दा विभिन्‍न कुराहरुमा ध्यान दिन सुझाव दिएको छ । 

शौचालयको स्थान

१) प्रशस्त प्रकाश र दोहोरो हावा परिचालन हुने स्थान उपयुक्त हुन्छ ।

२) भवन नजिक रहेको ढल निकासको अवस्थितीलाई विचार गर्नुपर्छ ।

३) ढल निकास नभएको खण्डमा सेप्टि टंयाङ्की निर्माण गरेर ढल व्यवस्थापन गर्नुपर्छ ।

४) पानीको मुहान र वातावरणलाई प्रतिकुल असर नपर्ने गरी स्थान छनौट गर्नुपर्छ ।

शौचालयको साइज

१) शौचालयको न्यूनतम साइज १६ बर्गफिट हुनुपर्छ ।

२) शौचालयमा राखिने सेनेटरी सम्बन्धि सामाग्रीहरुको संख्या, प्रकार, अवस्थिती तथा त्यसको प्रयोग गर्न आवश्यक पर्ने खाली स्थानको आधारमा शौचालयको साइज निर्धारण गर्नुपर्छ ।

३) सेनेटरी फिक्स्चरहरु जस्तै प्यान, कमोड, बेसिन, धारा, युरिनल आदि भित्ताबाट कम्तिमा १.५ फिट टाढा हुनुपर्छ र एक आपसमा सेन्टर टु सेन्टर दुरी कम्तिमा २ फिट हुनुपर्छ ।

४) यसरी समान्य रुपमा नक्सा तयार गरी निर्माण कार्य सुरु गर्दा सेनेटरी निर्माण कार्य व्यवस्थित र प्रभावकारी हुन्छ ।

शौचालयमा प्रयोग हुने पानीको पाइको साइज निर्धारण गर्ने तरिका

१) पानीको पाइपको साइज निर्धारण गर्दा फिक्स्चर बमोजिमको युनिट निर्धारण गर्नुपर्छ । १ युनिट भनेको १० लिटर प्रतिमिनेट पानी प्रवाह गर्ने क्षमता हो । शौचालयमा राखिने फिक्स्चरहरु बमोजिम तलको तालिका प्रयोग गरी कुल युनिटको आकलन गर्न सकिन्छ ।

२) यसरी आकलन गरिएको युनिटको आधारमा निम्न बमोजिम पाइपको साइज निर्धारण गर्न सकिन्छ ।

पानीको पाइप लेइ गर्दा ध्यान दिनुपर्ने कुराहरु

१) पाइप लाइनको काम गर्दा सकभर छोटो बाटो प्रयोग गर्नुपर्छ ।

२) पाइप फिटिङ्सहरु जस्तै एंगल भल्ब, विव कक, मिक्स्चर, धारा–टुटी आदि प्रयोग गर्नुअघि सोको वासर ठिक छ-छैन हेर्न जरुरी हुन्छ । पानीको चुहावट रोक्न यो महत्वपूर्ण हुन्छ ।

३) गेट भल्ब तथा चेक भल्ब आदि नन–मार्केट अर्थात् गैरफलाम जन्य सामाग्री प्रयोग गर्दा खिया लाग्‍ने समस्याबाट जोगिन सकिन्छ । गेटभल्बको ह्वील घुमाउँदा, ह्वील तल वा माथि हुन्छ र पानीको बहाव नियन्त्रण हुन्छ । यसरी ह्वील तल वा माथि हुन्छ÷हुँदैन चेकजाँच गरेर मात्र गेट भल्ब प्रयोग गर्नुपर्छ ।

४) चेक भल्बमा पानी एकै दिशाबाट मात्र बग्‍ने अवस्था गरिएको हुन्छ । यसले विपरित दिशामा पानीको ब्याक फ्लो हुनबाट रोक्छ । जस्ले गर्दा जडान भएका पम्प तथा अन्य उपकरणलाई क्षति हुनबाट बचाउछ । फुट भल्ब पनि ब्याक फ्लो रोक्न प्रयोग गरिन्छ । चेकभल्ब साधारणतया पम्पको पानी फाल्ने पोइन्टमा राखिन्छ भने फुट भल्ब पम्पको पानी तान्‍ने प्वाइन्टमा प्रयोग गरन्छ ।

५) पाइप तथा फिटिङ फिट गर्नुअघि फुटेको, चर्केको वा बिग्रेको छ/छैन भनेर चेक गर्नुपर्छ । 

वेष्ट पाइप, स्वाइल पाइप र भेन्ट पाइप लेइ गर्दा ध्यान दिनुपर्ने कुराहरु 

१) बाथरुममा नुहाएको, हात धोएको तथा किचनको फोहोर पानी निकास गर्ने बेस्ट पाइपको साइज कम्तिमा ३ इन्च र शौचालयको दिशा निकास गर्ने सोइल पाइप कम्तिमा ४ इन्चको हुनुपर्छ । चुहावट नहुने गरी यस्ता पाइप बिच्छाउनुपर्छ ।

२) वेष्ट (फोहोर बग्‍ने) पाइप राख्दा सकभर ९० डिग्री बेन्डडको सट्टामा दुईवटा ४५ डिग्रीको बेन्ड प्रयोग गर्दा निकास बढी प्रभावकारी हुन्छ ।

३) वेष्ट (फोहोर बग्‍ने) पाइप र सोइल पाइपमा भेन्ट पाइपको मद्दतबाट भेन्टिलेसन प्रदान गर्नुपर्छ । भेन्टिलेसनले पाइपमा जम्मा भएको प्रदुषित ग्यासलाई पाइपबाट बाहिर निस्कासन गरी नकारात्मक दबाव, वाहवमा अवरोध जस्ता असर सिर्जना गर्न दिँदैन ।

४) भेन्ट पाइप खुला हावामा एक्स्पोज हुन्छ र त्यसको अन्तिम स्थानमा भेन्टकाउलले छेप्नुपर्छ ।

५) वेष्ट (फोहोर बग्‍ने) पाइप र सोइल पाइपको साइज भन्दा त्यसलाई भेन्टिलेट गर्ने भेन्टपाइप सानो हुनु हुँदैन ।

६) प्रायः घरबाट निष्कासन भएको फोहोर पानी सार्वजनिक ढलमा जोडिन्छ । फोहोर पानीको मात्र सिमित हुन्छ । त्यसले गर्दा पानीले बोकेको फोहोर सञ्‍चय भई पाइप ब्लक हुन सक्छ । त्यसो हुनबाट बचाउन छेउमा दिइएको तालिका अनुसार फोहोर पानीको पाइपको स्लोप मिलाउनु पर्छ ।

ओभरहेड वाटर टंयाङ्की राख्दा ध्यान दिनुपर्ने कुराहरु

१) ओभरहेड वाटर ट्यांक र पानीको अभाव हुने ठाउँ, घरेलु प्रयोजन, शौचालयमा फ्लसिन आदि प्रयोजनका लागि पानी सञ्‍चित गर्न आवश्यक पर्छ ।

२) ओभरहेड वाटर ट्यांकीको स्टान्ड फिट गर्दा पानीको भार थेग्न सक्ने गरी बलियो हुने गरी आवश्यक संरचना बनाउनुपर्छ ।

३) माइल्ड स्टिल सिट्सबाट बनेको पानी टंयाङ्की लाई खिया लाग्‍नबाट बचाउन भित्र बाहिर दुबैतिर रङ लगाउनु पर्छ ।

४) ओभरहेड वाटर ट्यांकीको क्षमता चयन गर्दा तल दिइएको तालिका बमोजिम दैनिक पानीको आवश्यकता निर्धारण गर्न सकिन्छ । सोही बमोजिम ओभरहेड ट्यांकको साइज यकिन गर्न सकिन्छ ।

५) उदाहरणको लागि यदि एउटा आवासीय भवनको परिवारमा चारजना सदस्य छन भने न्यूनतम रुपमा ४×३६० = १४४० लिटर वा बजारमा उपलब्ध निकटतम मिल्दो साइजको ओभरहेड वाटर टंकी राख्‍न सकिन्छ ।

अन्डरग्राउन्ड वाटर टंयाङ्की बनाउन ध्यान दिनुपर्ने कुराहरु

१) अन्डरग्राउन्ड वाटर टंयाङ्की निर्माण गर्दा सेप्टी टंयाङ्कि, सोकपीटबाट कम्तिमा १६ फिट ५ इन्च दुरी कायम गर्नुपर्छ ।

२) अन्डरग्राउन्ड वाटर टंयाङ्की सकेसम्म पानी जम्ने ठाउँमा बनाउन हुँदैन ।

३) अन्डरग्राउन्ड वाटर टंयाङ्कीकाे क्षमता सामान्य अवासीय भवनमा १२ देखि २४ घण्टाको औषत दैनिक माग पूर्ति गर्ने क्षमताको हुनुपर्छ ।

४) अन्डरग्राउन्ड वाटर  टंयाङ्कीको स्ल्याबमाथि आउन सक्ने सम्भावित भार बहन गर्न सक्ने गरी स्ल्याब निर्माण गर्नुपर्छ ।

५) अन्डरग्राउन्ड वाटर टंयाङ्की  बनाउँदा पानी नचुहिने गरी बनाउनुपर्छ । टंयाङ्कीमा पानी भरी हुँदा बाहिर पानी चुहिने हुनु हुँदैन भने टंयाङ्की खाली हुँदा बाहिरबाट पानी सिपेज भइ रसाएर भित्र छिर्ने पनि हुनु हुँदैन ।

६) वाटर पम्प जडान गर्दा सकभर अन्डरग्राउन्ड वाटर टंयाङ्की नजिक जडान गर्नुपर्छ । पम्प समय समयमा मर्मत गर्नुपर्ने हुन्छ । त्यसको लागि पम्पको पानी तान्‍ने र पानी फ्याक्ने स्थान चित्रमा देखाइ बमोजिम युनियन राख्नुपर्छ । यसरी युनियन प्रयोग गर्दा पम्प निकालेर मर्मत वा फेर्ने आदि काम सजिलै गर्न सकिन्छ ।

सेफ्टी टंयाङ्की बनाउँदा ध्यान दिनुपर्ने कुराहरु

१) सामन्यतया प्यान र कमोडबाट जाने फोहोर (मलमुत्र) को पाइप सेफ्टिक टंयाङ्कीमा निकास गर्नुपर्छ ।

२) सेफ्टिक टंयाङ्कीका लागि स्थान छनोट गर्दा पानीको मुहान र वातावरणलाई असर नपर्ने गरी छनोट गर्नुपर्छ ।

३) सेफ्टिक टंयाङ्की तथा पाइप लाइनहरु ब्लक वा जाम हुन नदिन तथा सफा गर्न सहजताको लागि ठाउ ठाउँमा मंगल बनाउनु पर्छ । मंगलको सामान्य नक्सा यस प्रकार छ ।

४) प्रयोगकर्ताको संख्याको आधारमा सेफ्टिक टंयाङ्कीको साइज निर्धारण गरिन्छ । यसको लागि तलको नकसा र तालिका प्रयोग गर्न सकिन्छ ।

५) उदाहरणको लागि यदि आवासिय भवनको परिवारमा १० जना सदस्य छन् भने न्यूनतम रुपमा सेफ्टि टंयाङ्कीको  लम्बाई ११ फिट २ इन्च, चौडाइ ४ फिट ११ इन्च र उचाई ५ फिट ५ इन्च हुनुपर्छ । 

सोकपीट बनाउँदा ध्यान दिनुपर्ने कुराहरु

१) बाथरुममा नुहाएको, हात धोएको तथा किचनको फोहोर पानी वेष्ट पाइपमार्फत सोकपीटमा व्यवस्थापन गर्नुपर्छ ।

२) साधारणतया सोकपीट बनाउँदा गोलो आकारको बनाइन्छ । पानीको मुहान र वातावरणलाई असर नपर्ने गरी सोकपीट निर्माणको स्थान छनोट गर्नुपर्छ ।

३) सोकपीट र खानेपानीको मुहान जस्तै कुवा, इनार आदि सकेसम्म टाढा हुनुपर्छ ।

४) प्रयोगकर्ताको संख्याको आधारमा सोकपीट साइज निर्धारण गरन्छ । त्यसको लागि तलाको नक्सा र तालिका प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागि एउटा आवासीय भवनको परिवारमा १० जना सदस्य छन् भने न्यूनतम रुपमा सोकपीटको व्यास ४ फिट ९ इन्छ र उचाइ ६ फिट हुनुपर्छ । 

वाटर सिल 

सामान्यता शौचालयमा प्रयोग हुने फिक्स्चरहरु विशेष गरी प्यान, बेसिन, ट्रयाप आदिमा पानी भएको हुनुपर्छ । जसले गर्दा किरा फट्यांग्रा तथा दुर्गन्ध आदिबाट बच्‍न सकिन्छ । प्यान वा कमोडमा पी वा एस ट्रयाप, बेसिनमा बोटल ट्रयाप, भुइँमा फ्लोर ट्रयाप र बार्षत्को पानीका लागि नाली ट्रयाप प्रयोग गर्नुपर्छ ।

ध्यान दिनुपर्ने अन्य महत्वपूर्ण कुराहरु

१) नेपाल गुणस्तर चिन्ह प्राप्त वा आइएसओ प्रमाणित गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गर्नुपर्छ ।

२) सेनेटरी सम्बन्धि काम गर्दा दक्ष कालिगढ प्रयोग गर्नुपर्छ ।

३) सेनेटरी सम्बन्धि काम गर्दा प्राविधिको पनि सल्लाह लिनुपर्छ ।

४) नियमित मर्मत सम्भारमा ध्यान दिनुपर्छ । पानीको चुहावट हुनबाट सतर्क हुनुपर्छ ।

५) स्वच्छ, सफा र गुणस्तरीय पानी प्रयोग गर्नुपर्छ । पानीको स्वच्छतामा कुनै पनि सन्देह भएमा नजिकैको प्रयोगशालामा गइ गुणस्तर परिक्षण गर्नुपर्छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल