रसिया–युक्रेन युद्धले बढायो निर्माण सामाग्रीको भाउ, एक तला घरको लागत कति बढ्यो ?

दुई देशबीचको युद्धले अमेरिकी डलर, पेट्रोलियम पदार्थ, सुनचाँदी, फलाम, खाने तेल, खाद्यवस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

367B408218B985F-icon.png
249views
B633B2768F1DB7D-1.jpg

रसियाले युक्रेनमाथि आक्रमण गर्न थालेसँगै पुरै विश्‍वबजार नै महंगी र अनिश्‍चितताको चपेटामा पर्न थालेको छ । युरोपका दुई देशबीचको युद्धको बाछिटाहरु दक्षिण एशियाली मुलकका नेपाली उपभोक्तासम्म आइपुगेको छ । 

दुई देशबीचको युद्धले अमेरिकी डलर, पेट्रोलियम पदार्थ, सुनचाँदी, फलाम, खाने तेल, खाद्यवस्तुको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।

निर्माण सामाग्रीको बजार पनि महंगिएको छ । यही बेला डन्डीको मूल्य अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । अहिले बजारमा डन्डी प्रतिकिलो १३०–३५ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । यही रफ्तारमा मूल्य बढिरहे डन्डीको भाउ किलोकै १४५–१५० रुपैयाँ हाराहारी पुग्‍ने अम्बे ग्रुपका अध्यक्ष हरि न्यौपाने बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा बिलेटको मूल्यसँगै कोइला र फर्नेस आयलको पनि मूल्य बढ्दा डन्डी र सिमेन्टको मूल्य वृद्धिमा दबाब सिर्जना भइरहेको नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् ।

डलरको मूल्य पनि अहिले उच्च बिन्दूमा पुगेको छ जसले गर्दा तेस्रो मुलुकबाट आयात गरिने सम्पूर्ण निर्माण सामाग्रीको मूल्य बढेको छ ।

एक तले घरको लागत ६ लाख बढ्यो 

बजारमा निर्माण सामाग्रीको मूल्य र ज्याला बढेपछि घर बनाउने लागत पनि करीव ६ लाख रुपैयाँले बढेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेज प्रालिका प्रोजेक्ट म्यानेजर रमेश फुयाँल बताउँछन् । अहिले फलामे डन्डीको मूल्य बढेर इतिहासकै उच्च बिन्दूमा पुगेको छ ।

एक तला घर बनाउन दुई बर्षअघि र अहिलेको लागत अनुमान

निर्माण सामाग्री

२ बर्षअघिको भाउ

अहिलेको भाउ

सिमेन्ट

२.७० लाख

३ लाख

डन्डी

५ लाख

७.५० लाख

इँटा

१.८० लाख

२.५० लाख

बालुवा

१.६८ लाख

२ लाख

गिट्टी

२.१० लाख

२ लाख

झ्यालढोका

२.८३ लाख

३ लाख

बाथरुम

६० हजार

६० हजार

भान्छा

१.५० लाख

२ लाख

रंगरोगन

१.८० लाख

२ लाख

ठेकेदारको ज्याला

५ लाख

६ लाख

रेलिङ

८० हजार

१.५० लाख

बिजुली

२.५० लाख

२.५० लाख

प्लम्बिङ एन्ड सेनेटरी

१.५० लाख

२.५० लाख

ट्यांकी, पम्प, अन्य

१.६५ लाख

१.५० लाख

कम्पाउन्ड गेट

८० हजार

१.५० लाख

कुल लागत (औषतमा)

३२ लाख

३८ लाख

कोइला र फर्नेस आयलको मूल्य बढेपछि सिमेन्टको मूल्य पनि बढ्न थालेको छ । ‘सिमेन्टको मूल्य २५ प्रतिशतसम्म बढ्नुपर्ने थियो, तर अहिले निर्माण क्षेत्र सुस्ताउँदा सिमेन्टको माग कम भएपछि त्यति मूल्य बढ्न सकेको छैन’ नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले बताए ।

हामीले निर्माण सामाग्रीहरुको मूल्य बढेपछि पछिल्लो दुई बर्षमा काठमाडौं उपत्यकामा एउटा मध्यम खालको एक तले घर बनाउने खर्च (लागत) कति बढ्यो ? भनेर विस्तृतमा जानकारी गराउँदै छौं । 

चार आनाको घडेरीमा एक तलाको चारकोठे घर बनाउन कति लगानी लाग्छ ? ‘दुई बर्षअघि मध्यमस्तरको घर बनाउँदा प्रतिस्क्वायर फिट ३२ सय रुपैयाँ हाराहारी लागत पर्न आउँथ्यो । अर्थात्, आठ-नौं सय स्क्वायर फिटरको घर बनाउँदा करिब ३०–३२ लाख रुपैयाँ लाग्थ्यो’ फुयाँलले भने, ‘निर्माण सामाग्रीदेखि ज्यालासम्म वृद्धि हुँदा सोही प्रकारको घर बनाउँदा ३७–३८ लाखसम्म लाग्छ ।’

केमा कति खर्च ?

डन्डीः ७–७.५० लाखसम्म 

निर्माणमा नभई नहुने सामाग्री हो डन्डी । तर, पछिल्लो समय डन्डीको मूल्य बढेर इतिहासकै उच्च बिन्दूमा पुगेको छ । बजारमा ब्रान्ड हेरिकन डन्डी प्रतिकिलो १२५ देखि १३५ रुपैयाँसम्म बिक्री भइरहेको छ । जबकी, कोभिडअघि डन्डीको भाउ ८० देखि ९५ रुपैयाँ हाराहारी रहेको थियो । 

पञ्‍चकन्या, हिमाल र हामा स्टिल अरु ब्रान्डको तुलनामा ८–१० रुपैयाँसम्म महंगो पर्छ । लक्ष्मी, सर्वोत्तम, जगदम्बा लगायत डन्डी अलि सस्तो पर्छ । 

एक तलाको घर बनाउन करीव ६ टनजति डन्डी चाहिन्छ । एक तलाको घर बनाउन ७ देखि साढे ७ लाख रुपैयाँसम्म डन्डीमै खर्च गर्नुपर्ने इञ्‍जिनियर फुयाँल बताउँछन् । 

सिमेन्टः ३ लाख

एक तले घर ठड्याउँदा २२० देखि २४० बोरा ओपीसी र करीव ८० बोरा पीपीसी सिमेन्ट लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी र गारो लगाउन तथा प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ ।

अहिलेको बजार मूल्य अनुसार एक तले घर बनाउन ओपीसी र पीपीसी गरी ३ लाख रुपैयाँको सिमेन्ट लाग्‍ने फुयाँलले बताए । दुई बर्षअघि एक तले घर बनाउन सिमेन्टमा २ लाख ८० हजार रुपैयाँ खर्च लाग्थ्यो ।

इँट्टाः २ देखि २.५० लाखसम्म 

बजारमा धेरै प्रकारको इँटा पाइन्छ । मूल्यमा पनि धेरै अन्तर हुने गर्छ । एक तलाको घरमा वाल र कम्पाउन्ड लगाउन करिव ११-१२ हजार इँटा चाहिन्छ । मध्यम खालको इँटा प्रयोग गर्दा पनि करिव २ लाख रुपैयाँ खर्च लाग्‍ने फुयाँल बताउँछन् । 

यदि तपाईंले राम्रो गुणस्तरको इँटा प्रयोग गर्नुभयो भने साढे दुई लाख रुपैयाँसम्म इँटामै खर्च हुन सक्छ ।

बालुवाः २ लाख

दुई बर्षअघिको तुलनामा बालुवाको मूल्य पनि बढेको छ । माटो नमिसिएको सफा बालुवा प्रयोग गर्दा कम्तिमा दुई लाख रुपैयाँ बालुवामै खर्च हुन्छ । दुई बर्षअघि बालुवामा १ लाख ७० हजार रुपैयाँ हाराहारी खर्च लाग्थ्यो । फुयाँल भन्छन्, ‘एक तलाको घर बनाउन ठूलो गाडीको ६ टिपजति बालुवा चाहिन्छ ।’

गिट्टीः २ लाख 

एक तले घर बनाउन करिव ७ टिपर गिट्टी चाहिन्छ । एक टिपर गिट्टीको मूल्य ३० हजार हाराहारी पर्छ । ७ टिपर गिट्टी किन्‍न २ लाख रुपैयाँ लाग्छ । तपाईंले गिट्टी छनोट गर्दा चिल्लो नभएर खस्‍राे कोण–कोण निस्किएको छान्‍नुपर्छ । 

झ्याल–ढोकाः ३ लाख

घर बनाएपछि झ्याल–ढोका त राख्‍नैपर्याे । अहिले काठको मूल्य प्रतिस्क्वायर फिट ८ सय रुपैयाँ हाराहारी छ । एउटा झ्याल ६ फिट बाई ५ फिटको बनाउनुपर्छ । यो भनेको एउटा झ्याल तयार पार्दा करिब २५ हजार रुपैयाँ पर्छ । एउटा घरमा झन्डै ७ वटासम्म झ्याल राख्नुपर्ने हुन्छ । 

एक तलाको घरमा चारवटा कोठा र एउटा शाैचालयमा गरी कुल ६ वटा ढोका चाहिन्छन् । एउटा ढोका ३ फिट चौडाइ र ७ फिट उचाइको हुन्छ । फुयाल भन्छन्, ‘एउटा ढोकाको मूल्य करिब १८ हजारजति पर्छ ।’ 

झ्याल र ढोकामा मात्रै तीन लाख रुपैयाँ खर्च लाग्छ । तर, तपाइँले काठको सट्टामा आल्मुनियम, युपिभिसी लगायत प्रयोग गर्नुभयो भने खर्च कम लाग्छ । 

बाथरुमः ६० हजार

अहिले पनि एउटा सामान्य बाथरुम तयार पार्न ६० हजार रुपैयाँ हाराहारी खर्च लाग्‍ने फुयाँल सुनाउँछन् । बाथरुममा राखिने टायल, धारा, क्याबिन, बाथटव, बेसिनलगायतले पनि लागत निर्धारण गरिदिन्छ । ‘एउटै बाथरुम बनाउन न्यूनतम ६० हजारदेखि ६ लाख रुपैयाँसम्म पनि खर्च गरिन्छ,’ उनी सुनाउँछन् । 

भान्छाः २ लाख 

दुई बर्षअघिको तुलनामा एउटा मध्यम खालको भान्छा तयार पार्न ५० हजार रुपैयाँ बढी खर्च लाग्‍ने फुयाँल बताउँछन् ।

नर्मल र्याक, ग्रेनाइट, धारा, टायल राखेर किचन बनाउन करिव दुई लाख रुपैयाँ खर्च लाग्छ । यदि चिम्‍नी, आधुनिक घर्रा, र्याकलगायत राखेर प्रिमियम ‘मोडुलर’ किचन बनाउन खोजे ३ लाख रुपैयाँ हाराहारी खर्च हुन्छ । 

रङरोगनः १ लाख ८० हजार

अहिले रंगरोगनको लागत पनि करीव २० हजारले बढेको छ । रंगको मूल्य र ज्याला बढेको हुँदा लागत बढेको फुयाँलको भनाई छ । अहिले एक तले घरमा रङरोगन गर्न दुई रुपैयाँ खर्च हुन्छ, जसमध्ये १ लाख १० हजारको रङ किन्‍नुपर्छ भने ९० हजार रङ लगाएको ज्याला तिर्नुपर्छ । 

ठेकेदारको ज्यालाः ६ लाख

दुई बर्षअघि एक तले घर बनाउन कन्स्ट्रक्सन कम्पनीले करीव पाँच लाख रुपैयाँ ज्याला लिने गर्थे, तर अहिले ६ लाख रुपैयाँ नलिइ काम गर्दैनन् । 

बिजुली जडानः २ लाख ५० हजार

अहिले पनि बिजुलीका सामानहरू र वायरिङसमेत गर्दा अढाई लाखजति खर्च हुने फुयाल अनुभव सुनाउँछन् ।

रेलिङः १ लाख ५० हजार

अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य बढेसँगै रेलिङको मूल्य पनि बढेको छ । अहिले घरमा रेलिङ राख्‍न डेढ लाख रुपैयाँसम्म पर्ने व्यवसायीको भनाई छ । 

प्लम्बिङ तथा सेनेटरीः २ लाख ५० हजार

घरमा सेफ्टी ट्यांकी, रिजर्भ पानी ट्यांकी, ट्वाइलेट–वाथरुम–किचनको पानी÷फोहोर निस्कासन, पाइप जडान लगायतमा साढे दुई लाख रुपैयाँ खर्च लाग्छ ।

ट्यांकी, पम्प आदिः १ लाख ५० हजार

घरमा ठाउँ–ठाउँमा ट्यांकी राख्‍नका लागि डेढ लाख रुपैयाँ खर्च हुन्छ ।

कम्पाउन्ड गेटः १ लाख ५० हजार 

वाल कम्पाउन्ड गरेर गेट राख्‍नका लागि अलि राम्रो खालको गेटको मूल्य डेढ लाख हाराहारी पर्ने हुने फुयाल बताउँछन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल