घरमा बलियो पिलर कसरी बनाउने ? यी हुन् जान्‍नै पर्ने टिप्सहरु

स्ट्रक्चरल इञ्जिनियरहरुका अनुसार, पिलरको दुरीका आधारमा पिलरको साइज निर्धारण गरिन्छ । पिलरको साइज जति दुरीमा भयो त्यति मोटाइको पिलर बनाउनुपर्ने हुन्छ ।

367B408218B985F-icon.png
9625views
306AC176ADE35C2-piller.jpg

काठमाडौं । जग नै बलियो नभए घर बलियो हुँदैन । घर बलियो बनाउन जग मात्र बलियो भएर पनि पुग्दैन । पिलर र बिमहरु पनि बलियो हुनुपर्छ । पिलर र बिममा पुरै घर अडिएको हुन्छ ।

यदि पिलर कमजोर भयो भने सामान्य भूकम्प आउँदा पनि घर ढल्न सक्छ । ०७२ को भूकम्पमा धेरै घरहरु ढल्नुको कारण जग र पिलर कमजोर हुनु रहेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल बताउँछन् ।

घरको आयु बढाउन पनि बलियो बिम र पिलरको धेरै नै भूमि हुन्छ । सरकारले पनि भूकम्पपछि पिलरको नयाँ मापदण्ड बनाएको छ । जगमा पनि डबल टाइबिम अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ ।

स्ट्रक्चरल इञ्‍जिनियरहरुका अनुसार, पिलरको दुरीका आधारमा पिलरको साइज निर्धारण गरिन्छ । पिलरको साइज जति दुरीमा भयो त्यति मोटाइको पिलर बनाउनुपर्ने हुन्छ । पिलरको साइज अनुसार रड पनि मोटा मोटा राख्नुपर्छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले भूकम्पपछि पिलरको साइज १२×१२ इञ्‍चको भन्दा सानो बनाउन नपाइने व्यवस्था गरेको छ । पिलरको चौडाइ बिमको भन्दा कम्तिमा पनि ३ इञ्‍च ठूलो हुनुपर्छ । 

भवनको भार पिलर हुँदै जगसम्म पुग्‍ने र भूकम्पीय भार समेत पिलरमा पर्न जाने हुँदा पिलरहरु मजबूत हुनु आवश्यक हुन्छ । पिलर कमजोर भएका घरहरु भूकमप आउँदा सजिलै ढल्छ ।

बिममा सम्पूर्ण छडहरु पिलरभित्रबाट राख्नुपर्छ । पिलर र बिमका डन्डीहरु गाँस्दा कम्तिमा छडको मोटाइको ६० गुण खप्टिने गरी गाँस्‍नुपर्छ । 

भवनको भार पिलर हुँदै जगसम्म पुग्‍ने र भूकम्पीय भार समेत पिलरले लिने हुँदा पिलरहरु मजबुत हुनु आवश्यक छ । तीन तलासम्मको घरहरुमा यदि पिलरहरु बीचको दुरी एकापट्टी १०'०"(३ मिटर) र अर्कोतिर १४'९" (४.५ मिटर) सम्म मात्र भएमा पिलरको साइज कम्तिमा १२"×१२"हुनुपर्छ । 

तीन तलाको भवनका लागि भुइँ तलामा बाहिरी लाइन (फेस), कुना (कर्नर) र मध्यभाग (सेन्टर)मा परेका सबै पिलरहरुमा कम्तिमा ४ वटा ५ लाख (१६ मि.मि.) र ४ वटा ४ लाख (१२ मि.मि.) गरी ८ वटा र पहिलो तथा दोस्रो तलाका लागि कम्तिमा ८ वटा ४ लाइन (१२ मि.मि.)को ठाडो डण्डीहरु राख्नुपर्छ ।

पिलरमा राखिने रिङहरु कम्तिमा ८ मिलिमिटरको हुनुपर्छ र बिमको तल र माथि २'०" उचाइसम्म ४–४ इन्चको फरकमा हुनुपर्छ भने बाँकी मध्य भागमा ६–६ इन्चको फरकमा राख्नुपर्छ । तर, टाइबिम मुनि सबै रिङहरु ४–४ इन्चको फरकमा राख्नुपर्छ । रिङ हुक चित्रमा देखाएजस्तै ३" लामो भित्रतिर १३५ डिग्रिमा मोड्नुपर्छ । माथि चित्र नम्बर २ घ मा हेर्न सक्नुहुन्छ ।

पिलरको ढलान १ः१.५ः३ (१ सिमेन्टः १.५ बालुवाः ३ रोडा)को अनुपातमा कंक्रिट राखी भाइब्रेट प्रयोग गर्नुपर्छ । पिलरमा १.५"(४० मि.मि.)को कंक्रिट कभर (फिलरको फर्मा र ठाडो डण्डीको बिचको दुरी) राख्नुपर्छ ।

पिलरमा ढलान गरिसकेपछि २४ घण्टापछि मात्र फर्माहरु सुरक्षित तवरले खोलिनुपर्छ । ढलान गरेको २४ घण्टादेखि लगातार ७ दिनसम्म पिलरमा जुटको बोराले बेरेर पानी हाली क्युरिङ गर्नुपर्छ । पिलर ढलान गर्दा पिलरको माथिल्लो सतहमा पुरानो र नयाँ ढलानबीच कोल्ड ज्वइन हुन नदिन र जोडाइ बलियो पार्न ४"×४"×४" का शेयर कि राख्नुपर्छ । तल चित्रमा हेर्न सक्नुहुन्छ ।

पिलरमा डन्डी गाँस्‍ने तरीका

पिलरको डन्डी गाँस्‍नु परेमा सबै डन्डीहरु एकै लेवलमा नजोडी (बढीमा आधा संख्या डन्डीहरु मात्र) १'–०" देखि १'–६" सम्म तलमाथि हुने गरी जोड्नुपर्छ । (चित्र नं. ३ क मा हेर्नुहोस) डन्डीहरुको गँसाइ बिमको माथिल्लो भागबाट २–० माथिबाट सुरु गर्नुपर्छ वा बिमको तल्लो भागबाट २–० मुनिसम्म लग्‍न सकिन्छ । (चित्र नं. ३ क हेर्नुहोस)

डन्डी गाँस्दा डन्डीको व्यासको ६० गुणा लामो (१ः१.५ः३ कंक्रिट र टिएमटी स्टिलका लागि) हुने गरी एकै ठाडो लाइनमा पर्ने गरी खप्ट्याउनु पर्छ । पिलरमा डन्डी गाँसिएको भागहरुमा रिङ्गहरु बढीमा ६–६ इन्चको दुरीमा राख्नुपर्छ ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल