यस्तो बन्दैछ गौशालामा तीन तारे होटलसहितको भव्य ‘ट्रेड टावर’

तीन तारे होटलसहितको यस परियोजना बिल्ड, वन, अप्रेसन एन्ड ट्रान्सफर (बुट) मोडलमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । 

367B408218B985F-icon.png
603views
BEEE53FD202885B-111-final.jpg

काठमाडौं । ट्रेड टावर लिमिटेडले काठमाडौंको गौशालामा तारे होटलसहितको अर्को बहुउद्देस्‍य बिजनेश टावर निर्माण सुरु गरेको छ । पशुपतिनाथको दक्षिणतर्फ रिङरोडमा जोडिएको करीव ४ रोपनी जग्गा ३६ वर्षका लागि भाडामा लिएर ट्रेड टावर गौशाला निर्माण थालनी भएको हो ।

तीन तारे होटलसहितको यस परियोजना बिल्ड, वन, अप्रेसन एन्ड ट्रान्सफर (बुट) मोडलमा सञ्‍चालन गर्ने कम्पनीले जनाएको छ । 

ट्रेड टावरले २४ जेठ २०७९ मा उद्योग विभागबाट लगानीको स्वकृति लिई उद्योग दर्ता गरिसकेको छ । यस्तै, यस परियोजना निर्माणका लागि १७ पुस २०७८ मा भूमि पुजा सम्पन्‍न भएको थियो ।

६ तला अग्लो बहुउद्देस्य टावरमा ९६ बेडसहितको होटल सञ्‍चालनमा आउनेछ, जसमा ४४ करोड ८८ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव उद्योग विभागमा गरिएको छ । कुल पुँजीमध्ये ४० करोड ५१ लाख स्थिर पुँजी र ४ करोड रुपैयाँ चालु पुँजी हुनेछ ।

होटल र बिजनेश टावरमा गरी १८५ सिट क्षमताका विभिन्‍न रेष्टुरेन्ट पनि हुनेछन् ।  शतप्रतिशत नेपाली लगानी रहने ट्रेड टावर सञ्‍चालनमा आउँदा ६३ जनाले रोजगारी पाउने उद्योग विभागमा प्रतिवद्धता जनाएको छ ।

यो भवनको निर्माण कार्य अढाई वर्षभित्र सक्ने गरी निर्माण थालनी गरिएको थियो । अब दुई बर्षभित्र ट्रेड टावर गौशालाको निर्माण सम्पन्न गरेर सन् २०२४ भित्र व्यवसायिक सञ्‍चालनमा ल्याउने बताइएको छ । 

बेसमेन्ट पार्किङसहितको भवनमा भुइँ तल्ला र पहिलो तल्लामा करीव एक सय पसल कबल हुनेछन् । दोस्रो तल्लामा कर्पोरेट अफिस, बैंक, इन्स्योरेन्स लगायतका अफिस रहने बताइएको छ ।

यस्तै, तेस्रो तल्लामा एयरलाइन्स , कार्गो लगायतका कार्यालय रहनेछन् भने चौथो र पाँचौं तलामा पशुपतिनाथ देखिने गरी तीन तारे होटल सञ्‍चालनमा ल्याइने छ । पशुपति दर्शन र एयरपोर्ट आउने पर्यटकका लागि आवश्यक पिक अप एन्ड ड्रपसहितको होटल सञ्‍चालन गर्न लागिएको हो ।

त्यसभन्दा माथिको तलामा रेष्टुरेन्ट, मिटिङ हल, पार्टी प्यालेस लगायत सञ्‍चालनमा आउने बताइएको छ ।

ट्रेड टावर लिमिटेड कम्पनी, २०६७ सालमा स्थापना भई सञ्‍चालनमा रहेको छ । यस कम्पनीले लिजिङ एन्ड फाइनान्सिङ, होटेल, हाइड्रोपावर, घरजग्गा, अपार्टमेन्ट लगायत पूर्वाधारका परियोजना विकास तथा लगानी गर्ने गर्छ ।

यो कम्पनीले थापाथलीमा नेपाल खाद्य संस्थानको जग्गा भाडामा लिएर नेपालकै सबैभ्न्दा ठूलो सिंगल बिल्डिङ कम्पलेक्स निर्माण गरी १३ वर्षदेखि सञ्‍चालन गरिरहेको छ ।

यस्तै, ललितपुर भैंसेपाटीमा रेडिययो टावरसँगै जोडिएको १९० अपार्टमेन्ट निर्माण गरिसकेको छ । यस्तै, दरबारमार्गमा रहेको तीन तारे होटल ल्यान्डमार्क काठमाडौं यसै समूहको सहभागितामा निर्माण भई सञ्‍चालनमा छ ।

थापाथलीमा रहेको ट्रेड टावरमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघको मुख्यालय, विभिन्न कर्पोरेट हाउसका मुख्यालय, एनआइसी एशिया बैंकको मुख्यालय, ब्रिटिस कलेज, अन्य अफिसहरु, रेष्टुरेन्ट लगायत रहेका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल