११ अर्ब लगानीमा बुढानिकलण्ठमा खुल्दै तीनवटा पाँचतारे होटेल

दुईवटा पाँचतारे ‘होटेल बुढानिलकण्ठ हेरिटेज’ र ‘होली डे इन’ यही वर्षभित्रै सञ्चालनमा आउने तयारीमा छन् ।

367B408218B985F-icon.png
850views
50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

काठमाडौं । शहरका एलिट वर्गको व्यवस्थित आवास क्षेत्रका रुपमा पहिचान बनाएको बुढानिलकण्ठमा प्रिमियम लक्जरी होटेलको पनि हब बन्‍ने भएको छ ।

बुढानिलकण्ठमा ११ अर्ब रुपैयाँ लगानीमा तीनवटा पाँचतारे लक्जरी होटेल खुल्न लागेका हुन् । दुईवटा पाँचतारे ‘होटेल बुढानिलकण्ठ हेरिटेज’ र ‘होली डे इन’ यही वर्षभित्रै सञ्‍चालनमा आउने तयारीमा छन् ।

यस्तै, नेपालको चुरोट बजारमा साम्राज्य खडा गरेको बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि बुढानिलकण्ठमा पाँचतारे होटेल बनाउँदैछ ।

यसअघि नै बुढानिलकण्ठमा दुई रोपनी जग्गामा ६० करोड लगानी गरेर पबेरा बुटिक रिसोर्ट सञ्‍चालनमा आइसकेको छ । यस्तै, सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले १५ रोपनी क्षेत्रफलमा ‘मेराकी रिट्रिट’ वेलनेस सेन्टर सञ्‍चालनमा ल्याएका छ । यो प्रिमियम लक्जरी वेलनेस रिजोर्ट हो ।

होटेल बुढानिलकण्ठ हेरिटेज

१ जनवरी २०२३ देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको बुढानीलकण्ठ हेरिटेज निर्माणको अन्तिम चरणमा छ । होटेलको ७० प्रतिशतभन्दा बढी काम सम्पन्‍न भइसकेको बताइएको छ । करिव १३ रोपनी जग्गामा बनिरहेको होटेलको भवन ९ तलाको हुनेछ । होटेलमा १०२ वातानुकुलित कोठाहरु हुनेछन् ।

यो होेटेल सञ्‍चालनमा आउँदा दुई अर्ब ४० करोड रुपैयाँ लगानी हुने अनुमान छ । होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ल्याउने तयारी छ । चक्रपथबाट करिब पाँच किलोमिटर दूरीमा रहेको होटेलमा सिए दीपक पाण्डे, सेयर व्यवसायी अम्बिकाप्रसाद पौडेल, सिए नवराज बुर्लाकोटीलगायत विभिन्‍न क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ ।

फरेष्ट इनले भित्र्याउँदै 'होली डे इन'

होटेल इष्टर्न नेपालका अध्यक्ष समेत रहेका दीपक खड्काले बुढानिलकण्ठमा पाँचतारे होटेल सञ्‍चालन गर्न लागेका हुन् । यसै बर्षभित्र सञ्‍चालनमा ल्याउने लक्ष्य राखिएको होटेल बहुराष्ट्रिय होटेल कम्पनी आइएचजी होटेल एन्ड रिसोर्ट कम्पनीको प्रख्यात चेन ब्रान्ड ‘होली डे इन’ले व्यवस्थापन गर्नेछ ।

यो होटेलमा खड्काले दुई अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछन् । २६ रोपनी क्षेत्रफलमा बनेको यस होटेलमा ११५ कोठाहरु रहने बताइएको छ । उनको लगानीमा झापाको मेचीनगरमा ‘होटेल इस्टर्न नेपाल’ सञ्‍चालनमा आउँदैछ । २५० कोठाको होटेलमा एक अर्ब ६९ करोड रुपैयाँ लगानी हुने उद्योग विभागले जनाएको छ ।

सूर्य नेपाल बनाउँदै पाँचतारे

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि बुढानीलकण्ठमा करिब ६ अर्ब लगानी गरेर पाँचतारे लक्जरी होटेल खोल्न लागेको छ । यो होटेलको आर्किटेक्चर डिजाइन समेत तयार भइसकेको छ ।

यस होटेलमा १९० कोठाहरु हुनेछन भने ४६५ सिट क्षमताको रेष्टुरेन्ट हुनेछ । होटेल सञ्‍चालनमा आउँदा ३०६ जनाले रोजगारी पाउनेछन् ।

सूर्य नेपालले १० असोज २०७८ मा बुढानिलकण्ठमा पाँचतारे होटल सञ्‍चालन गर्नका लागि उद्योग विभागमा ५ अर्ब ९९ करोवड रुपैयाँ लगानी स्वीकृत गरेको छ । यो लगानी पूर्ण रुपमा सूर्य नेपाल प्रालिको हुनेछ ।

सूर्य नेपालमा भारतको आइटिसी लिमिटेडको ५९ प्रतिशत र २ प्रतिशत बेलायती कम्पनी ब्रिटिस अमेरिका टोबाको (इन्भेष्टमेन्ट) लिमिटेड र बाँकी ३० प्रतिशत शेयर नेपाल व्यक्ति तथा संस्थानको रहेको छ ।

आइटिसीले प्रिमियम ब्रान्डमा पाँचतारे होटेल चेन सञ्‍चालन गर्दै आइरहेको छ । नेपालमा पनि आइटिसीकै कुनै प्रिमियम ब्रान्ड भित्र्याएर लक्जरी होटेल सञ्‍चालन गर्न लागिएको हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल