अंग्रेजी नयाँ बर्षदेखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका बिजुली बस सञ्‍चालन हुने

उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए । 

367B408218B985F-icon.png
4548views
591EC410205C3B8-sajha-bus-3.jpg

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्‍चालन हुने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ल्याएको ‘होप अन होप अफ’ सिटी बस सञ्‍चालन गर्न लागिएको हो । उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए । 

पहिलो चरणमा साझा यातायातका पाँचवटा विजुली बस हरेक आधा–आधा घण्टामा पाटन, काठमाडौं दरबार स्क्वायर, पशुपति, बौद्ध र  स्वयम्भु पुग्‍ने छ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना पनि रहेको बताइएको छ । 

पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभरी ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेछन् । करिव ३० किलोमिटर लामो  यात्रा गर्न तीन घण्टा लाग्‍ने छ । आगामी अंग्रेजी नयाँ बर्षदेखि होप अन होप अफ’ सिटी बस सञ्‍चालन गरिने मन्त्री श्रेष्ठले बताए । 

मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्‍चालन गर्नेबारे सरोकारवालाहरूसँग छलफल समेत गरेका छन् । छलफलमा साझा यातायातका संचालक,  व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । 

मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्‍न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएका हुन् ।

पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्‍नु परेको गुनासो आउने गरेको छ । काठमाडौंका विश्‍व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्‍चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 

होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्‍चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए ।
 

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट

5A9AA47CF47005C-Dorje-final.jpg

३० फोटोमा हेर्नुहोस् ‘दोर्जे रिसोर्ट’, जहाँ बस्‍न दिनकै ५० हजारभन्दा धेरै खर्चिनु पर्छ

DBEB48B1DB7848F-bagmati-pradesh2022-12-17-09-44-59.jpeg

बागमती प्रदेशका उदीयमान शहरहरुलाई मौलिका पहिचानसहित व्यवस्थित बनाउने घोषणा