बुढानिलकण्ठमा बन्दैछ ‘आकृति कोलोनी’, २८ घरको पूर्वाधार निर्माण सकियो

करिव १५ रोपनी क्षेत्रफलमा बनिरहेको कोलोनी आगामी असार मसान्तसम्म सम्पन्न गरिसक्ने सिडी इन्नोभेटिभको लक्ष्य छ । 

367B408218B985F-icon.png
3541views
65AD6599E964908-Akarti-Colony-final.jpg

काठमाडौं । सिडी इन्‍नाेभेटिभ डिजाइन एन्ड कन्ष्ट्रक्सन प्रालिले काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिरहेको आकृति कोलोनी (हेपाली हाइट)को काम ७० प्रतिशत सम्पन्‍न भएको छ ।

करिव १५ रोपनी क्षेत्रफलमा बनिरहेको कोलोनी आगामी असार मसान्तसम्म सम्पन्‍न गरिसक्ने दीपक कुँवर नेतृत्वको कम्पनीको सिडी इन्‍नाेभेटिभको लक्ष्य छ । 

एक अर्ब ६ करोड ७८ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको कोलोनीमा ६ देखि १२ आनासम्म बनेका सुविधा सम्पन्‍न २८ वटा आवासीय घरहरु हुनेछन् ।

कुल लगानीमध्ये ६५ करोड ४७ लाख रुपैयाँ (६१ प्रतिशत) बैंकको ऋण र बाँकी ४१ करोड ३१ लाख रुपैयाँ (३९ प्रतिशत) संस्थापकको स्वपुँजी लगानी हुने बताइएको छ ।

गत साउनमा बैंक र कोलोनी विकासकर्ता सीडी इन्‍नाेभेटिभबीच परियोजनामा ऋण लगानी सम्झौता भइसकेको छ । हालसम्म कोलोनीको ७० प्रतिशत वित्तीय प्रगति भइसकेको सीडीले जानकारी दिएको छ ।

भौतिक संरचना निर्माण सम्पन्‍न भइसकेको कोलोनीमा अहिले इलेक्ट्रिक स्यानेटरी र काठलगायत फिनिसिङको काम भइरहेको छ । कोलोनीको अहिलेसम्म बुकिङ खुला गरिएको छैन । कोलोनीका घरको मूल्य पनि अझै सार्वजनिक गरिएको छैन । 

बैंकको ऋण तथा संस्थापकहरुको इक्विटी लगानीबाट कोलोनी निर्माण भइरहेको छ । कम्पनीले ६५ करोड ४७ लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । 

यो परियोजना बुढानिलकण्ठ नगरपालिका–७ को हेपाली हाइटमा रहेको छ । कोलोनी मुख्य सडकबाट १.५ किलोमिटर दूरीमा छ । 

कोलोनीका घरमा न्यूनतम ५० प्रतिशत पार्किङ र बँगैचाको व्यवस्था हुनेछ । कोलोनीबाट कलेज, स्कुल, हस्पिटल, सपिङ मल, खुद्रा पसल, बैँक तथा रोजगारीको क्षेत्रमा जान सहज रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष कुँवर ल्होत्से बहुउद्देशीय प्रालि र लेससी बिल्डर्सका संस्थापक हुन् । रियलस्टेट परियोजना विकासका लागि सन् २०१५ मा सिडी इन्‍नाेभेटिभ कम्पनी स्थापना गरिएको हो ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल