Unit Converter
EMI Calculator

६ महिनामा उठ्यो काठमाडौंमा साढे चार अर्ब राजश्‍व, घरबहाल करमात्रै सवा अर्ब

  

117D3407E4E371B-3BA4FBB46828451-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले चालु आर्थिक वर्षको पुस मसान्त (६ महिना)सम्म कुल चार अर्ब ५६ करोड ६३ लाख रुपैयाँ राजश्‍व संकलन गरेको छ ।

यो रकम वर्षभरी उठाउने भनिएको लक्षित राजश्‍वको ४३.८२ प्रतिशत हो । यस आर्थिक वर्षमा महानगरले १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजश्‍व संकलन गर्ने लक्ष्य राखेको छ ।

महानगरले ६ महिनामा उठाएको कुल राजश्‍वमा घरबहाल करको योगदान सबैभन्दा धेरै रहेको छ । यस अवधिमा घरबहाल करवापत एक अर्ब १८ करोड १५ लाख रुपैयाँ उठाएको छ ।

यस्तै, सम्पत्ती, बहाल तथा पट्टावापतको आयमा लाग्‍ने कर ७ करोड १८ लाख, सम्पत्ति कर ६५ करोड २० लाख, भूमिकर/मालपोत ८३ लाख, घरजग्गा रजिष्‍ट्रेशन दस्तुर ३८ करोड ७९  लाख रुपैयाँ उठेको छ ।

पार्किङ शुल्क ७५ लाख, नक्सापास दस्तुर ४१ करोड ४७ लाख, सिफारिस दस्तुर तीन करोड, व्यवसाय रजिष्‍ट्रेशन दस्तुर ३१ करोड ४२ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ ।

कुन शिर्षकबाट कति राजश्‍व उठ्यो ?

प्रकाशित: 9 days ago