डेढ अर्बमा युपिभिसी, आल्मुनियम र फलामजन्य सामाग्री उत्पादन गर्ने उद्योग खुल्दै

367B408218B985F-icon.png
8812views
9A948FD3EFF5B9F-H95b92abc787344409f5bde8bb35c2ff7i.png

काठमाडौं । औद्योगिक नगरी पर्साको विरगञ्‍जमा निर्माणजन्य सामाग्री, घरेलु र औद्योगिक प्रयोजनका समाग्रीहरु उत्पादन गर्ने उद्योग सञ्‍चालनमा आउने भएको छ ।

वीरगञ्ज महानगरको वार्ड ३२ मा उद्योग खोल्ने गरेर २० पुसमा दुबाल इन्डष्ट्रिज प्रालि उद्योग विभागमा दर्ता भएको छ । 

आल्मुनियम, युपिभिसी, फलाम, रबरजन्य निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव छ । जसमध्ये एक अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी र ४० करोड रुपैयाँ चालु पुँजी रहेको छ ।

यस उद्योगबाट आल्मुनियम प्रोफाइल, भाँडाहरु, च्यानलहरु, भ¥याङ तथा अन्य उत्पादन (निर्माण सामाग्री, घरेलु उत्पादन र औद्योगिक उत्पादन) वार्षिक २४ हजार मेट्रिकटन उत्पादन हुनेछ । 

यस्तै, आल्मुनियम सिट एन्ड सर्कल १२ हजार मेट्रिकटन, युपिभिसी प्रोफाइल ६ हजार मेट्रिकटन, ढोका तथा झ्यालका हार्डवेयर सामान २ सय मेट्रिकटन, ग्यासकेट र रबर एक हजार मेट्रिकटन, आल्मुनियम कम्पोजिट प्यानल (एसीपी) ५ हजार मेट्रिकटन उत्पादन हुने बताइएको छ ।

उद्योगले स्टिेनलेस स्टिल पाइप ५ हजार मेट्रिकटन, सिलिकन तथा अन्य टाँस्ने सामाग्री ३ हजार मेट्रिकटन उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

शतप्रतिशत स्वदेशी लगानी रहने यो उद्योग सञ्‍चालनमा आउँदा एक सय ५६ जनाले रोजगारी पाउने छन् । उद्योग सञ्‍चालनका लागि तीन हजार केभीए क्षमताको बिजुली आवश्यक पर्ने बताइएको छ ।

पछिल्लो समय बारा–पर्सा क्षेत्रमा टायल उत्पादन पनि सुरु भएको छ । विदेशबाट आयात गरिने टायल स्वदेशमै उत्पादन सुरु हुन थालेपछि अरु थुप्रै टायल उद्योगहरु दर्ता भएका छन् । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल