प्रिमियर स्टिलले थाल्यो बिलेट उत्पादन, दर्जन पुगे बिलेट उद्योग

प्रिमियरसहित सर्वोत्तम स्टिल, पशुपति आइरन, लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल (भैरहवा), जयअम्बे स्टिल (नेपालगञ्ज) अशोक स्टिल, नारायणी स्टिल, हाइटेक स्टिललगायतले देशभित्रै बिलेट उत्पादन गरिरहेका छन् ।

367B408218B985F-icon.png
5305views
3A335D562F086DA-primier-stell-morang-final.jpg

काठमाडौं । दुई ठूला व्यवसायीक घरानाको साझेदारीमा सञ्‍चालित मोरङको प्रिमियर स्टिल उद्योगले स्टिल बिलेट उत्पादन सुरु गरेको छ । प्रिमियर स्टिलमा शारडा ग्रुप र राठी ग्रुपको लगानी रहेको छ ।

प्लान्ट लगाउन सुरु गरेको १४ महिनामै उद्योगले आफ्नै फर्नेस प्लान्ट (मेल्टिङ युनिट)बाट बिलेट उत्पादन सुरु गरेको हो । ९ माघदेखि उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । फर्नेस प्लान्टबाट दैनिक बिलेट उत्पादन क्षमता पाँच सय मेट्रिकटन रहेको छ ।

बिलेट उद्योगमा करिव साढे दुई अर्ब लगानी रहेको छ । यसअघि रोलिङ मिल (डन्डी उत्पादन)मा डेढ अर्ब लगानी भएको थियो । उद्योगको रोलिङ मिल र फर्नेस प्लान्टमा गरी कुल चार अर्ब लगानी पुगेको छ ।

अब प्रिमियर स्टिलबाट बिलेट, टीएमटी छड र स्क्वायर रडको उत्पादन हुने बताइएको छ । २०७४ पुसदेखि व्यवसायिक उत्पादन सुरु गरेको प्रिमियर स्टिल उद्योगको दैनिक टीएमटी छड उत्पादन  क्षमता ८ सय मेट्रिक टन रहेको छ ।

एक दर्जन बिलेट उद्योग

प्रिमियर स्टिलसहित देशमा बिलेट उत्पादन गर्ने उद्योगको संख्या एक दर्जन पुगेको छ ।

सर्वोत्तम स्टिल, पशुपति आइरन, लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल (भैरहवा), जयअम्बे स्टिल (नेपालगञ्ज) अशोक स्टिल, नारायणी स्टिल, हाइटेक स्टिललगायत उद्योगले देशभित्रै बिलेट उत्पादन गरिरहेका छन् ।

यी उद्योगले कच्चा पदार्थ आइरन ओर, पिग आइरन, फलामको स्क्र्याप ल्याएर स्वदेशमै बिलेट उत्पादन गरिरहेका छन् । 

यी उद्योगमा करिव २४ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको नेपाल स्टिल बिलेट उत्पादक संघले जनाएको छ ।

सरकारले स्वदेशमै बिलेट उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरेपछि धमाधम बिलेट उत्पादन गर्ने उद्योगहरु खुल्न थालेका हुन् ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत देशभित्र बिलेट उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा भन्सार शून्य गरिदिएका थिए । यस्तै, स्वदेशमा उत्पादित बिलेट तथा फलामजन्य वस्तुमा अन्तःशुल्कसमेत खारेज गरिदिए ।

तर, आयातीत बिलेटमा भने अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा पुर्याए । बिलेट आयात ५ प्रतिशत भन्सारदर पनि यथावत् छ । प्रतिस्थापन विधेयक आउनुभन्दा अघिसम्म बिलेट र स्पन्ज आइरनमा समान ५ प्रतिशत भन्सार दर थियो । साथै, आयातीत र स्वदेशमा उत्पादित दुवै बिलेटमा समान एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्‍ने गर्थाे । सरकारले अहिले भन्सार स्रोतमै अन्तःशुल्क तिनुपर्ने व्यवस्था पनि गरेको छ ।

अझै लक्ष्मी स्टिलले बिलेट उद्योगको क्षमता विस्तार गर्दैछ । श्री स्टिलले भैरहवामा बिलेट उद्योग सञ्‍चालनमा ल्याउँदै छ भने जगदम्बा इन्टरप्राइजेज, समृद्धि मेटालिक्स, स्वस्तिक रोलिङ मिल, हुलास वायर र हिमाल स्टिलले पनि बिलेट उद्योग सञ्‍चालनमा ल्याउँदै छन् ।

मोरङ–सुनसरी औद्योगिक क्षेत्रमै तीनवटा फर्नेस प्लान्ट पुगेका छन् । हुलास वायरले केही महिनाभित्रै फर्नेस प्लान्ट सञ्‍चालनमा ल्याउँदैछ । अहिले त्यस क्षेत्रमा प्रिमियर स्टिल, पशुपति आइरन, स्वस्तिक रोलिङ मिलले फर्नेस प्लान्ट सञ्‍चालनमा ल्याइसकेका छन् ।

भैरहवामा लक्ष्मी स्टिल, अम्बे स्टिल, श्री स्टिललगायतले फर्नेस प्लान्ट लगाएर बिलेट उत्पादन गरिरहेका छन् ।  

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल