घर बनाउँदा खर्च जोगाउन चाहनुहुन्छ ? यी हुन् उपयूक्त उपायहरु

व्यक्तिगत रुपमा काम गर्ने मान्छेले दिने मूल्य र एउटा आधिकारिक कम्पनीले दिने मूल्य पनि फरक हुन्छ । एउटा व्यक्तिले घर बनाउँने जिम्मा लिदा उसको खर्च धेरै हुँदैन र त्यो मान्छेको क्षमता पनि धेरै हुँदैन

E9E57558037EF2A-construction-2.jpg

हामीले जहिल्यै आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्नुपर्छ । चाहे त्यो आवास निर्माणमा होस् वा खानपिन वा घुमफिरमा । हाम्रो खर्च कहिले न्यूनतम आवश्यकता पुरा गर्नमा खर्च हुन्छ भने कहिले मनोरञ्जन वा विलासिता पुरा गर्न खर्च हुन्छ ।

आवास मान्छेको पहिलो आवश्यकता हो । आर्थिक अवस्था कमजोर हुनेले कम पैसामा आफ्नो आवश्यकता पुरा गर्ने खालको घर बनाउँछ भने आर्थिक अवस्था राम्रो हुनेले सुविधा सम्पन्न घर बनाउँछ ।

हालका लागि हामी घरलाई आवश्यकताको रुपमा लिऔं र त्यसको लागत कसरी घटाउँने भन्ने बारे चर्चा गरौ ।

पहिला म एउटा उपभोक्ताको रुपमा कुरा गर्छु । एक उपभोक्ताले जहिले पनि कमसेकम लगानीमा उच्च गुणस्तर र राम्रो सामान चाहन्छ । तर वास्तविकतामा त्यस्तो हुँदैन । तपाईहरुले पनि किनमेल गर्दा धैरे याद गर्नुभएको होला, एउटा राम्रो गुणस्तरको जुत्ता किन्‍न जादा बजारमा ४/५ हजार पर्छ, तर हामी सामान हेर्न जाँदा एउटा जुत्ता त हो कति नै पर्छ र भन्‍ने सोचले गएका हुन्छौ । उस्तै परे २/३ हजारमा आइहाल्छ भन्‍ने सोचेको जुत्ताको मूल्य ८ हजार हुन्छ । यस्तो हुनुको कारण त्यो जुत्ताको गुणस्तर होला, उत्पादन लागत होला, बजारमा सामान ल्याउँदाको ढुवानी, व्यापारीको मार्जिन सबै गरेर होला तर पनि मूल्य कति पर्छ भन्‍ने हामीले अनुमान गर्न सकेका हुन्‍नौ ।

घर बनाउने काममा पनि ठिक त्यस्तै हुन्छ । आफन्त छर छिमेकहरुले बनाएको घर कति लागतमा बनाउनु भयो भन्‍ने बुझेर हामी आफ्नो घर पनि त्यति नै लागतमा बन्छ भन्‍ने सोच्छौ । तर घरको लागत त्यसरी निर्धारण हुँदैन । कस्ता सामाग्री कति परिमाणमा लाग्छ र त्यो सामानको मूल्य कति पर्छ भन्‍ने आधारमा घरको लागत निकालिन्छ । त्यस्तै फरक कम्पनीले दिने रेट पनि फरक हुन्छ । व्यक्तिगत रुपमा काम गर्ने मान्छेले दिने मूल्य र एउटा आधिकारिक कम्पनीले दिने मूल्य पनि फरक हुन्छ । एउटा व्यक्तिले घर बनाउँने जिम्मा लिदा उसको खर्च धेरै हुँदैन र त्यो मान्छेको क्षमता पनि धेरै हुँदैन । उ सँग प्राविधिक जनशक्ति र उपकरण हुदैन, अफिस हुदैन, स्टाफ हुदैनन् र उसले सरकारलाई कर पनि तिर्दैन । तर त्यसको सट्टा कुनै कम्पनीले काम गर्दा कम्पनीसँग प्राविधिक जनशक्ति, उपकरणहरु सबै हुन्छ र हजुरको निर्माणको काम सही तरिकाले गर्न सक्छन् । त्यस्तै एउटा कम्पनीले अफिस भाडा, स्टाफ खर्च गर्नुका साथै हजुरको घरको निर्माण पछिको सुविधा पनि दिन्छन् । तर त्यसको बदलामा मूल्य भने थोरै बढी हुन सक्छ । यस्तोमा गुणस्तर नखस्किने गरी घरको मूल्य कसरी घटाउने होला त ?

घर बनाउँदा खर्च जोगाउने केहि उपायहरु छन्, जसलाई हजुरहरुले घरको नक्शा बनाउँने बेला देखि अनुशरण गर्नु भयो भने पक्कै पनि फाइदाजनक हुन्छ ।

१) उचित परामर्श सहित अनुभवी आर्किटेक्ट बाट नक्शा बनाउने

हाम्रोमा घरको नक्सालाइ त्यति ठुलो कुरा मान्दैनौँ । कागजमा कोर्ने त हो के नै हुन्छ र जस्तो लाग्छ। तर घरको नक्सा बनाउने भनेको कागजमा कोर्ने भन्दा फरक प्रकृतीको मेहेनत गनुपर्ने हुन्छ । सबै मापदण्डहरु पुरा गरेर घर प्रयोगकर्तालाई सहज हुने गरि घर भित्रको आवतजावत सजिलो हुने गरि घर प्रयोग गर्नेलाई सहज हुने गरि विचार गरेर नक्सा बनाउनु पर्ने हुन्छ । साथैँ घरको नक्सा बनाउने काम खर्चालु हुने गरि बनाउनु पर्ने हुन्छ । घर बनाउने काम खर्च लाग्‍ने गरि नै नक्सा बनाउनु भयो भने लागत कम पर्छ । कम खर्च लाग्‍ने गरि नक्सा बनाउनको लागि अनुभवी आर्किटेक र इन्जिनियरबाट परामर्श लिन जरुरी हुन्छ। ३०/४० हजारमा नक्सा बनाउने ठाउँ खोज्दै जाँदा हजुरको नक्सा बनाउने इन्जिनियरहरुले आर्थिक पाटोमा ध्यान दिन सक्दैनन् र छिटो काम सकाएर पैसा लिने उदेश्य मात्र हुन्छ र त्यसरी बनाको नक्सा अनुसार घर बन्दा आवश्यकता भन्दा ४/५ लाख सम्मै बढि खर्च हुन्छ र हजुरलाइ पत्तो नै हुदैन बढि खर्च भएको। त्यसैले नक्साकरण गर्दा हुने खर्चलाई बढि नदेख्नु होला ।

उदाहरणको लागि तलको नक्सा हेर्नुहोला

यसमा अब्सन १ भन्दा अब्सन २ बमोजिम घर बनाउँदा करिब ४ लाख महँगो पर्न जान्छ ।

२) महँगो निर्माण सामाग्री प्रयोग नगर्ने

प्राविधिक रुपमा सिमेन्ट डन्डी जुन  ब्रान्डको प्रयोग गर्दा पनि केहि फरक पर्दैन । त्यो सिमेन्ट डन्डी उत्पादकको सामान क्‍वालिटि टेस्ट पास छन् र नेपाल सरकारबाट एन एस् चिन्ह प्राप्त हुनु पर्यो। यसरी क्‍वालिटि टेस्टमा पास भएको जुनसुकै कम्पनिको सामान प्रयोग गर्दा पनि घरलाइ केहि असर गदैन । त्यसैले सस्तो विकल्प हुदाहुदै महँगो सामाग्री प्रयोग गर्दा घरको लागत माथि जान्छ । 

त्यसको लागि घरको नक्सा तयार भएपछि बजेट प्लानिङ गर्नुपर्छ।

३) निर्माण सुपरिवेक्षण गराउने

घर बनाउन एउटा ठेकेदार खोजेर बनाउने जिम्मा दिने चलन हाम्रो समाजमा बढि छ तर त्यस्तो निर्माणको सुपरिवेक्षण गराउने चलन छैन । यो सबै भन्दा ठुलो भुल हो एउटा उदाहरण दिन्छु ।
मेरो एकजना आफन्तको घरको काम हेर्दिनु भनेर मलाई बोलाउनु भयो। हात्तीपाइला जगको ढलानको तयारी हुदैँ रहेछ । जमिनमुनिको काम भएर ठेकेदारले जगको वरिपरि खासै प्लाइको फर्मा लगाएको देखिएन र मैले प्रश्‍न गर्दा ठेकेदारले माटो छ त्यसैले कक्रीट रोकिहाल्छ नि भन्‍ने जवाफ  दिए । मैले घर धनिलाई फर्मा नलगाई काम नगर्ने निर्देशन दिए र त्यहाँ बाट निस्किए । पछि घरको घर धनिलाई ठेकेदारले यो इन्जिनियरहरु धेरै जान्‍ने पल्टिन्छन् त्यस्तो गर्नु पदैन भनेर सम्झाउनु भएको र फर्मा नलगाई ढलान गर्नु भएछ । मेलै पछि जानकारी माग्दा त्यो ढलानमा करिब १३०-१३२ बोरा सिमेन्ट प्रयोग भएछ जबकी त्यसको स्टमेट जम्मा ९८ बोरा को थियो । त्यो भनेको त्यसबेलाको मुल्य अनुसार करिब ३०००० बढि हो । त्यसमा लागेको बालुवा र गिट्टीको अलग भयो । त्यसैले खर्च कम गर्न राम्रोसँग घर निर्माणको निरिक्षण र सुपरिवेक्षण गराउनु पर्छ।

४) खर्चको बारे पहिलै सल्लाह गर्ने

घर बनाउन कसलाई कति पैसा दिनु पर्ने हो र कति बेला दिनुपर्ने हो पहिले नै सल्लाह गरेर टुङ्गाउनु पर्छ र त्यो पैसामा कति सम्मको काम हुने हो र कुन कुन कामको लागि थप पैसा लाग्‍ने हो पहिलेनै तय गर्नु पर्छ । यसो  गर्दा पछि ठगिने सम्भावना हुदैन ।

५) धेरै विलासी सामान प्रयोग नगर्ने

एक पल्ट बनाउने त हो नि भनेर धेरैले घर बनाउदा महँगो र विलासी सामान प्रयोग गर्नुहुन्छ । यसो गर्दा थोरै थारै गर्दै घरको लागत लाखौँले फरक पर्न जान्छ ।

घर कसैको लागि आवश्यकता हो कसैको लागि लक्जरि । आफ्नो क्षमता र आवश्यकता अनुसार सबैले खर्च गर्ने हो । यदि हजुरहरु लाई पनि घर निर्माण समबन्धी  परामर्श चाहिन्छ भने अजिरा बिल्डर्स मा सम्पर्क गर्नुहोला ।

-:Cover Image Source: Google

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

CB025F79598F172-heritage hills.JPG

लेलेमा ५१ रोपनीको कोलोनी, २८ बंग्लो र १०२ घडेरीको बुकिङ खुला

B2E8E17CCB96B86-50D69181035CB0B-budhanilkantha-heritage-hot.jpg

अब बुढानिलकण्ठमा पनि पाँचतारे होटेल, असोजदेखी 'होलिडे इन' सञ्‍चालनमा आउँदै

AB2FFF62950493A-dusit-final.jpg

काठमाडौं र धुलिखेलमा खुले प्रख्यात थाई कम्पनी ‘दुसित’का दुईवटा हाई एन्ड लक्जरी होटेल