बढ्न थाल्यो रियल इस्टेट कर्जा

अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासीय कर्जा र त्यसभन्दा बढी रकमको कर्जालाई रियल इस्टेट कर्जामा गणना गर्ने व्यवस्था छ ।

367B408218B985F-icon.png
3086views
30B6C8A22BD5B63-55CD43B9068FC62-6E3438F86F19B8E-D57ABEC1ACBD281-NRBBBB.jpg

काठमाडौं । कमर्शियल रियल इस्टेटमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढ्न थालेको छ । घरजग्गा कारोबार बढ्न थालेसँगै कर्जा पनि बढ्न थालेको हो ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा गरी १३ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको छ । जसमध्ये ९ अर्ब २० करोड व्यक्तिगत आवासीय कर्जा र ४ अर्ब १५ करोड रियल इस्टेट कर्जा रहेको छ । 

मंसिर र पुस महिनामा बैंकको रियल इस्टेट कर्जा ऋणात्मक थियो । अर्थात् कर्जा प्रवाह भन्दा असुली धेरै देखिन्थ्यो । तर, माघ महिनामा चार अर्बभन्दा बढी रियल इस्टेट कर्जा रकम प्रवाह भएको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती’ मा उल्लेख छ । 

अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासीय कर्जा र त्यसभन्दा बढी रकमको कर्जालाई रियल इस्टेट कर्जामा गणना गर्ने व्यवस्था छ ।

पछिल्लो  समय बैंकमा तरलता बढ्दै जाँदा कर्जा पनि सामान्य बढेको देखिएको हो । तर, अर्थतन्त्रमा छाएको मन्दीसँगै चर्को व्याजका कारण अझै अपेक्षित रुपमा कर्जा बढ्न नसकेको तथ्यांकले देखाउँछ ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय ब्याज घटाउँदै जाने निर्णय गरेका छन् । यदि बैंकको ब्याज घटेमा कर्जा प्रवाह पनि बढ्न थाल्ने छ । 

सात महिनामा रियल इस्टेटतर्फ प्रवाह भएको कर्जामध्ये रेसिडेन्सियल रियल इस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक) दुई अर्ब ४६ करोड, कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्न एक अर्ब २४ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा तीन अर्ब ८५ करोड, जग्गा खरिद तथा प्लटिङ गर्न ९५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

तर, अन्य रियल इस्टेट (जग्गा खरिद तथा प्लटिङसमेत) शिर्षकमा कर्जा प्रवाह ऋणात्मक देखिएको छ ।

सुरुवातदेखि माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल  पाँच खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये तीन खर्ब ४७ अर्ब रुपैयाँ व्यक्तिगत आवासीय र दुई खर्ब ३२ अर्ब रियल इस्टेट कर्जा रहेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो